
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ५ वैशाख । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन झापाको भद्रपुरस्थित मेची अस्पताललाई रोटरी क्लवले ६ थान उच्च गुणस्तरीय पीपीई सेट प्रदान गरेको छ । स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ उपचार सेवामा लाग्न सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लव अफ विर्तामोड र रोटरी क्लव अफ भद्रपुरले आज संयुक्त रुपमा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरलाई पीपीई सेट हस्तान्तरण गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ ले उपलब्ध गराएको पीपीई सेट, १० लिटर स्यानिटाइजर र ५ सय थान सर्जिकल मास्क प्रदान गरिएको रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराईले बताउनु भयो । सामाजिक दूरीलाई कायम राख्दै मेची अस्पताल पुग्नुभएका रोटरी क्लव अफ…
मोहम्मद सदरुलविराटनगर, ५ बैशाख । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जो’खिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरुले गरेका हुन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालक अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग विराटनगर जनपथ निवासी निर्मल श्रेष्ठको छ । उहाँले भन्नुभयो, “ भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा…
खोटाङ, ५ बैशाख । खोटाङ हलेसी तुवाचुङ–५ मयांखु स्थितमा गोरू काटिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानमा बस्नेहरु देश बाहदुर सार्की, हिरा सार्की, सुभाष सार्की, रबिन सार्की,अमृत सार्की, सिता सार्की र लिला बहादुर खड्का रहेका छन । हिजो साँझ ६ बजे स्थानीयले दिएको सुचना अनुसार खटिएको प्रहरीले सातै जनालालई गोरू काटिरहेको अवस्थामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
बिर्तामोड, ५ बैशाख । झापाको दमक–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा गाई काटिरहेको अवस्थामा बिहीबार बेलुका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडाँगी–२ शिविर हर्ट नम्बर २९५ सेक्टर नम्बर ‘ए’का २६ वर्षीय सुनिल गुरुङ र बेलडाँगी–२ हर्ट नम्बर २०८ सेक्टर नम्बर ‘ए ३’का ३२ वर्षीय खगिन्द्र दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिविरको एक घरमा गाई काटिरेहको छ भन्ने सूचनाको आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भद्रपुर, ५ बैशाख । झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । जिल्लाका पन्ध्र स्थानीय तहमध्ये गौरादह, शिवसतासी, मेचीनगर र कनकाई नगरपालिकाले बन्दाबन्दीको समयावधि बढेसँगै नगरभित्रका विपन्न समुदायलाई भोकमरी हुन नदिन तत्कालै दोस्रो चरणको राहत वितरणको तयारी गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लामा पहिलो चरणमा ३९ हजार ३६१ घरघुरीका एक लाख ६० हजार ४१३ व्यक्तिलाई सात लाख ३५ हजार ७४४ केजी चामल, ९२ हजार २०० केजी दाल, ५६ हजार १५९ केजी नुन, ३६ हजार २३८ लिटर तेल र २७ हजार ६८२ वटा साबुन वितरण गरिएको थियो । गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले…
बिर्तामोड, ५ वैशाख । झापाका नेपाल–भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा रहेका जिल्ला बाहिरका ३२ जना नागरिकलाई घर पठाउन थालिएको छ । झापा गाउँपालिकास्थित डिल्लीराज माविमा रहेका ७ जनालाई क्वारेन्टाइन अवधि पूरा भएपछि जिल्ला प्रशासनको समन्वयमा घरमा पठाइएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनुभयो । डिल्लीराज माविमा कैलालीका ३ र सुर्खेतका ४ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पछि घर पठाइएको हो । भारतका विभिन्न शहरमा रोजगारीपछि उनीहरु झापा गाउँपालिकाको लसुना नाका हुँदै नेपाल छिरेका थिए । त्यस्तै, भद्रपुरको चन्द्रगढीस्थित कलवलगुरी क्वारेन्टाइनमा रहेका २५ जनालाई घर पठाइएको छ । क्वारेन्टाइन अवधि पूरा भएसँगै गरिएको आरडीटीबाट रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरुलाई…
बिर्तामोड, ५ बैशाख । झापाका विभिन्न स्थानको क्वारेन्टाइनमा रहेका बाहिरी जिल्लाका ३२ जनासहित २१७ जना घर फर्केका छन् । क्वारेन्टाइन अवधि पूरा गरिसकेका र कोरोनाको संक्रमण भए÷नभएको पूर्ण जाँचपछि उनीहरुलाई घर फर्काइएको हो । झापाका १२ वटा स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा उनीहरु बस्दै आएका थिए । मेचीनगरबाट १०८ जना, कनकाईबाट ७, गौरीगञ्जबाट २, झापाबाट ७, दमकबाट २०, शिवसताक्षीबाट २, अर्जुनधाराबाट ६, गौरादहबाट १, कमल २, भद्रपुरबाट २८, बिर्तामोडबाट ५ जना र कचनकवलबाट २ जना घर फर्केको जनस्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । झापाका १५ वटा स्थानीय तहले ७५१ जना क्षमताको २७ वटा क्वारेन्टाइन बनाएका…
झापा, ५ बैशाख । खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको कुवेतको घोषणाले नेपाल मात्र होइन, अन्य मुुलुक पनि समस्यामा परेका हुन्।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमान र कुवेतमा यतिबेला करिब २० हजार संक्रमित रहेको तथ्यांक आइरहँदा उनीहरू आफ्ना नागरिकको सुरक्षाका लागि अनेक निर्णय लिन थालेका छन्। यस्तो निर्णयले कैयन् नेपालीले रोजगारी गुगाएका छन्। बिदामा रहेकाहरू घर फर्कन पाएका छैनन्। घुम्न पुगेकाहरू त्यहीँ…
काठमाडौं, ५ बैशाख । बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिँडेर बाहिर गए रु करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये एक जना सात महिनाकी गर्भवती रहिछन् । पृथ्वी राजमार्गको नागढुंगाभन्दा पर पिपलामोड पुग्दा हेटौंडा हिँडेको ट्रकले ‘नारायणघाटसम्म पुर्याइदिन्छु’ भनेपछि बिहीबार बिहान ट्रकमा बसेका मजदुरहरू (बायाँ) । तर धादिङको गल्छी पुगेको उक्त ट्रकलाई प्रहरीले ‘जहाँबाट ल्याएको हो त्यहीँ लगेर छाडिदिनू’ भनेपछि फर्केर पिपलामोडमै छाडिदिएपछि फेरि हिँडेर महादेवबेंसी पुगेका मजदुर । तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर सल्यान, कपुरकोटकी १७ वर्षीया गर्भवती कमला घर्ती आफ्नै रहर या साथीसंगतिको…
काठमाडौं, ५ बैशाख । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि स्वास्थ्यसेवा विभागले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। निर्णय भएको निकै दिन बितिसक्दा पनि कम्पनीलाई कालोसूचीमा राख्ने काम हुन सकेको छैन। यसबाट ओम्नीलाई जोगाउन चलखेल सुरु भएको संकेत मिलेको छ। औषधि उपकरण आयातका लागि वाणिज्य विभागबाट स्वीकृति नलिएको ओम्नी समूहलाई स्वास्थ्यसेवा विभागले करिब एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो। मेडिकल सामग्री खरिदमा करोडौं घोटाला गर्न खोजेको भन्दै व्यापक आलोचना भएपछि विभागले ठेक्का रद्द गरेर ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। तर अहिले ओम्नीलाई कालोसूचीमा राख्नबाट जोगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै उच्च…