
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अनिल वाग्लेबुद्धशान्ति, ३० चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड झापाले लक डाउनका कारण खाद्यान्य अभाव झेलिरहेका विपन्न नागरिकका लागि खाद्यान्य उपलब्ध गराउन स्थानीय तहले स्थापना गरेको राहत कोषमा सहयोग गरिरहेको छ । पूर्वका ६ जिल्ला कार्य क्षेत्र भएको सो सहकारी संस्थाले कार्य क्षेत्र भरीका ७० बटै स्थानीय तहमा आर्थिक सहयोग गर्ने सहारा नेपालका केन्द्रीय कार्यलयका प्रवन्धक तेजनाथ गौतमले जानकारी दिनुभयो । सो क्रममा सहाराले आज आइतबार झापाको बुद्धशान्ति गाउँपालिका लगायतका केही स्थानीय तहमा आर्थिक सहयोग गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिकामा सहाराले ६१ हजार रुपैँया सहयोग गरेको बुद्धशान्ति संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । कोरोना…
झापा, ३० चैत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्या’न गु’माएका छन् । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ । सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो…
सन्तोष शर्माबनियानी, ३० चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ । विभिन्न पेशा–व्यवसाय गर्नेहरुको अहिले फुर्सदिला भएका छन् । उनीहरुको साथी अहिले करेसाबारी बन्न थालेको छ । झापा क्षेत्र नं. १ का सांसद् राम कार्की (पार्थ) पनि करेसाबारी स्याहार्दै हुनुहुन्छ । करेसाबारीमा गोडमेल गर्दै गरेको फोटो पोस्ट गर्दै कोरोना भाइरसबाट बच्न घरमै बसेर लकडाउनको पालना गर्न र सामाजिक दूरी कायम गर्न उहाँले आग्रह गर्नुभएको छ । रासससँग कुरा गर्दै उहाँले व्यावसायिक रुपमा खेती गर्न नसकिए पनि आत्मनिर्भर (आफूलाई मात्र भए पनि खान पुग्ने) खेती हरेक नेपालीले गर्न आवश्यक…
पाँचथर, ३० चैत । पाँचथरको तुम्मेवा गाउँपालिका–५ हाङबुङमा निर्माणाधिन अवस्थामा रहेको पुलमा काम गर्दै आएका एक कामदारको ढुङगाले लागेर मृत्यु भएको छ । भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई उक्त स्थानमा काम गर्दै आएका २४ बर्षीय नजिबुल महोमदको ढुङगाले लागेर मृत्यु भएको हो । दिनभरको काम सकेर खोला नजिकै टेन्ट टाँगेर सुतिरहेको अबस्थामा आज बिहान करिव ३ बजेको समयमा भिर माथीबाट एक्कासी ढुङगा झरेर लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवि पाँचथरबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
द्रोण अधिकारीभद्रपुर, ३० चैत । झापामै पहिलो पटक भद्रपुरमा अनलाइन मार्फत भिडियो कन्फ्रेन्स शिक्षण सुरू गरिएको छ । शिक्षक र विद्यार्थी बीच दोहोरो सम्वाद हुने गरी भद्रपुर १० स्थित विभूति विद्या मन्दिरले इन्टरनेट कक्षा मार्फत भिडियो कन्फ्रेन्स शिक्षण सुरू गरेको हो । लकडाउनका कारण घरमै बस्न बाध्य विद्यार्थीको सिकाइ उपलब्धी कायम राख्न विद्यालयले इ क्लास सञ्चालन गरेपछि घरबाटै सिकाइ प्राप्त गरी सयौं विद्यार्थी लाभान्वित भएका छन् । इन्टरनेटको पहुँच तथा प्रविधिको ज्ञान हुने सवै विद्यार्थी सहभागी भएर सिक्न पाउने भिसी प्रविधिले लगडाउनको उपयोग सिकाइमा रूपान्तरण हुन सक्ने देखिएको छ । एक हजार व्यक्तिहरूले एकै पटक भाग लिन सक्ने यस प्रविधिको…
काठमाडौँ, ३० चैत । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले बताएको छ। भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । उनीहरुको शुक्रबार हेटौंडामा गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा पनि उनीहरुको नतिजा पोजिटिभ नै आएको संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुष्टि गरेको हो । १३ दिन अगाडी सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा…
झापा, ३० चैत । खोटाङ र संखुवासभाका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । हिजो बेलुका परेको चट्याङले उनीहरुको मृत्यु भएको हो । संखुवासभा पाँचखपन–२ की ५२ वर्षीया डम्बरकुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । त्यसैगरी हिजो बेलुका साढे ६ बजे बर्षासंगै आएको चट्याङले लागेर खोटाङ केपीलाशगढी–१ का १५ वर्षीय राजमणी राई र ३५ वर्षीया निर्मला बिकको मृत्यु भएको छ । आ–आफ्नै घरमा बसिरहेका दुबैजानालाई चट्याङले लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ…
झापा, ३० चैत । कोरोना भाइरसको महाविपत्तिका कारण जनताले लगातार असुरक्षा महसुस गरिरहेका छन् । सुरक्षाकर्मीको अभावमा सीमा नाकासमेत कडिकडाउ हुन सकेको छैन । तर जनताको सुरक्षा र सीमा नाकामा खटाउनु पर्ने सयौं सुरक्षाकर्मी अझै पनि कार्यविधिविपरीत भीआईपीको घर र आवासकै सुरक्षामा खटिइरहेका छन् । प्रायः सबै पूर्व प्रधानमन्त्री र मन्त्रीहरु कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मीहरु आफ्नो आवासमा राख्दै आइरहेको भएपनि फिर्ता गर्न सरकारले कुनै चासो राखेको छैन । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, ३० चैत । गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे । सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए। २४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्यो। दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे। तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन्। चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके। महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो। योगीलाई…
झापा, ३० चैत । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि जनही रु १५ लाखको बीमा गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै बैठकले अतिविपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि रु १६ करोड राहत वितरण स्थानीय तहमार्फत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार राहत वितरण गर्दा प्रतिपरिवार मासिक रु तीन हजारका दरले राहत सहयोग गरिने छ । त्यसैगरी प्रदेशभरिका नौ वटै अस्पतालमा रहेका अस्पताल विकास…