झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ फागुन । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापासँग भिड्न भएको छ । धनकुटा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले कनकाईसँग फाइनल भेट पक्का गरेको हो । फाइनल यात्रासँगै साविक विजेता ताप्लेजुङले कम्तिमा नगद ७५ हजार सुरक्षित गर्यो । ताप्लेजुङको जीतमा पहिलो र दोस्रो हाफमा गोल सम्भव भएको थियो । खेलको १५औँ मिनेटमा सुनकला राईले हेडरमार्फत गोल गर्दै ताप्लेजुङलाई अग्रता दिलाएकी थिइन् । सुनकलाको हेडरलाई क्लियर गर्ने क्रममा धनकुटाकी विनिता लिम्बूबाट हेड फ्लिक भएको थियो । रोमाञ्चक खेलमा ताप्लेजुङले खेलको…

Read More

झापा, २९ फागुन । पशुसेवा विभागले अन्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अन्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो । अन्डा उत्पादनको लागत मूल्य तथा बजारीकरणसम्बन्धी देशका सातवटै प्रदेशका साना, मध्यम र ठूला व्यावसायिक कुखुरा फार्मको अध्ययन गर्दा अन्डा उत्पादक किसानलाई प्रतिअन्डा झन्डै तीन रुपैयाँ नोक्सान भएको उल्लेख गरिएको छ । अध्ययन अनुसार अन्डाको ‘फार्म गेट’ मूल्य आठ रुपैयाँ ६७ पैसा थियो भने अन्डाको अन्डा उत्पादन लागत ११ रुपैयाँ ५३ पैसा थियो । अन्डाको फार्म गेट मूल्य र उत्पादन लागत मूल्यको विश्लेषण गर्दा प्रतिअन्डा किसानलाई…

Read More

झापा, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन् । उनका अनुसार बिहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ । ‘उहाँलाई अहिले संक्रमण जोखिम छ, त्यसैले हामीले हरेक दिन केही न केही परीक्षण गरी नै…

Read More

मोरङ, १९ फागुन । मोरङको ग्रामथान गाउँपालिका(२ खुनियाकट्टा बस्ने ४० बर्षीय हरेराम सरदारको पोखीमा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको गंगेबाबा मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक पोखरीमा डुबेर घाईते भएका सरदारको उपचारको क्रममा बुधवार दिउँसो २ बजे बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More

मोरङ, २९ फागुन । अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । यही फाल्गुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका(३ का २४ बर्षीय मुकेश कुमार महत्तोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए । घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो । मुकेश पक्राउ परेसंगै फिरोतीको रकम सहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी हिजो जिल्ला प्रहरी…

Read More

बिर्तामोड, २९ फागुन । झापा अर्जुनधारा नगरपालिकाकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छन् । अर्जुनधारा नगरपालिका–३ की संगीता राउत गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठीन नभएकी संगीताले घरबाट मन्दिर जान्छु भन्दै हिँडेको श्रीमान् रमबहादुर राउतले बताए । ‘घरबाट हिँडेको थाहा पाएपछि हामी पनि पछिपछि खोज्दै गयौँ’, उनले भने, ‘तर, बिर्तामोड आइपुगेपछि कहाँ गइन् पत्ता लागेको छैन ।’ किनमेलका लागि बजार गएको भन्दै हिँडेको छिमेकीको भनाइलाई उद्धृत गर्दै रमबहादुरले बताए । घरबाट हिँडेको अवस्थामा लगाएको कपडा । चार दिनदेखि संगीताको पत्ता नलागेपछि राउत परिवारले इलाका प्रहरी कार्यालय अनारमनीमा खोजीका लागि निवेदन दिएको छ । केही समययता मानसिक…

Read More

काठमाडौं, २८ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकी महिला समाजसेवी भागिरथा चापागाईं (शान्ता) काठमाडौंमा सम्मानित भएकी छन् । काष्ठमाण्डप रोटरी क्लबले शान्तासहित समाजिक कार्यमा सक्रिय काठमाडौंकी रिता राई र अनिता बज्राचार्यलाई सम्मान गरेको हो । तीनै जनालाई काठमाडौंको होटल ¥यासिनमा आयोजित समारोहका बीच कदर पत्र, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो । झापा कनकाई नगरपालिकाकी शान्ता बौद्धिक अपाङ्गता भएका बालबालिकाको हक, हित र अधिकार संरक्षणको लडाइँमा १५ वर्षदेखि क्रियाशिल छिन् । उनी सुस्त मनः स्थिति सरोकार समाज नेपालकी अध्यक्ष हुन् । कनकाई नगरपालिकामा अहिले संस्थाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई आश्रय दिइरहेको छ । राई अनाथ बालबालिका र बज्राचार्य…

Read More

बिर्तामोड, २८ फागुन । झापाको भद्रपुर नगरपालिकाबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ । भद्रपुर–८ केशवमार्गबाट गोप्य सुचनाको आधारमा सोही स्थानकाका ४८ वर्षीय सुरेश मुखियाको डेरा कोठाबाट लुपिजेसिक, फेनागन, डाईजोपाम गरी ३६ एम्पुलसहित पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिप्रका झापामा ल्याएर राखिएको छ ।

Read More

हल्दिबारी, २८ फागुन । झापाको हल्दिबारी गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरेना भाइरसबाट बच्ने उपायका सम्बन्धमा आफ्नो गाउँपालिकाभित्र नागरिक सचेतना अभियान सञ्चालन गरिरहेको छ । कोरेना भाइरसबाट जोगिने उपायका बारेमा बिद्यालयमा बिद्यार्थीहरुलाई, हाटबजारमा आउने गाउँबासी तथा आम नागरिकलाई कोरेना भइरसको लक्षण, यसबाट बच्ने उपाय र होसियारी र रोगबाट बच्न रोग लाग्नुपूर्व सचेत रहने सावधानीका बिषयमा सचेतनामुलक पर्चा पम्प्लेट बितरण, बिभिन्न सञ्चार माध्यम र माइकिङ्ग गरी जनचेतना अभिवृद्धि गरिएको पालिका अध्यक्ष रबिन्द्र लिङदेनले जाकारी दिनुभयो । साथै मौसम परिवर्तनसँगै हुने प्रकृतिक प्रकोपको जोखिम न्यूनिकरण, झाडा पखाला, आगलागी, लगायतका विपद्बाट बच्न समयमै पूर्व तयारी गर्न नेपाल रेडक्रस सोसाइटी, गाउँपालिकाका सवै वडा कार्यलय,…

Read More

भक्तपुर, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको हो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ। विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ। बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो। तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो। बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन।…

Read More