झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

घोडाघोडी, २० फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने बताउनुभएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–२ चौमालामा आजबाट नगरपालिकाको आयोजनामा शुरु भएको स्वास्थ्य महोत्सवको उद्घाटन समारोहमा मन्त्री ढकालले सरकार जनताको स्वास्थ्यका विषयमा निकै गम्भीर भएको बताउनुभयो । मन्त्री ढकालले औषधि खरिद प्रक्रियामा देखिएको अनियमितता रोक्न आफूले पहल गरेको बताउनुभयो । उहाँले औषधि खरिद तिन तह मध्ये जुनसुकै सरकारले गरे पनि मूल्यमा फरक नपर्ने गरी खरिद हुने प्रक्रियाको थालनी गरेको बताउनुभयो । मन्त्री ढकालले सरकारी अस्पतालको सेवा सुविधाका विषयमा केही समयसम्म व्यापक गुनासो आउने गरेको भए पनि अहिले गुनासोमा कमी आएको बताउनुभयो । तर अझै पनि कतिपय…

Read More

बनियानी, २० फागुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नोवेल कोरोना भाइरसविरुद्ध जुट्न सम्पूर्ण पार्टी कार्यकर्तालाई लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडमा आज हुने भनिएको प्रदेश नं. १ स्तरीय भेला प्रशिक्षण कार्यक्रम स्थगित भएको बारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वको ६७ देशमा कोरोना भाइरस फैलिएको र नेपालमा पनि फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । नेपालका विभिन्न सहरमा कोरोना भाइसरको संक्रमण हुन सक्ने सम्भावना रहेको र त्यसबाट सजग तथा सुरक्षित हुन तत्काल साना–ठूला भेला नगर्न स्वास्थ्य मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले निर्देशन दिएपछि भेला स्थगित भएको छ । कार्यक्रममा नेता खनालले…

Read More

विराटनगर, २० फागुन । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताउनुभएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान समर्पण समारोहमा उहाँले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितता विरुद्ध सदन र सडकमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताउनुभयो । नेता पौडेलले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि प्रतिपक्षको रुपमा पार्टीले सक्रिय भूमिका निभाउनुपर्ने बताउनुभयो । उहाँले पद बाँडेर पार्टी बलियो नहुने चर्चा गर्दै भातृ सङ्गठनको अधिवेशन गरेर स्वच्छ छवि भएका प्रतिनिधिको चयन गर्नुपर्छ भन्नुभयो । नेता पौडेलले “पार्टीभित्रको विमति नीतिगत र प्रक्रियागतको आधारमा हो, व्यक्तिको होइन”,…

Read More

झापा, २० फागुन । नेपालको वर्तमान सामाजिक परिवेशलाई मध्यनजर गरेर बनाइएको ‘छोराछोरी’ बोलको गीतले चर्चा बटुल्न थालेको छ । आर्थिक अवस्था कमजोर भएपछि विदेशिनु पर्ने बाध्यात्मक अवस्थालाई शव्दमा उतारेर भिडियो समेत बनाइएको सो गीतले छोराछोरीलाई विदेश पठाएका आमाबुबाले नेपालमा भोग्नुपरेका अनेकन समस्यालाई शव्दमा उतारेर बनाइएको सो म्यूजिक भिडियोलाई यतिवेला धेरैले रुचाएका छन् । हालै युटुर्व मार्फत सार्वजनिक गरिएको सो गीतमा शब्द तथा स्वर झापाली लेखक तथा गायक मात्रृकाप्रसाद सँग्रौलाको रहेको छ । पदम तामाङको निर्देशनमा बनेको सो म्यूजिक भिडियोमा जनक खड्का र भगवती न्यौपाने लगायतले उत्कृष्ठ अभिनय गरेका छन् । भुपेन्द्र गुरुङको छायाङ्कन रहेको सो म्युजिक भिडियोको सम्पादन रविन थापा…

Read More

बिर्तामोड, २० फागुन । झापा गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए । निर्वाचन समितिका संयोजक केशव भट्टराईका अनुसार १५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा बलराम कार्की, उपाध्यक्षमा सुवास भट्टराई, सचिवमा गजेन्द्र पौडेल, सहसचिवमा चेतामणि खनाल र कोषाध्यक्षमा कदार गिरी चयन भएका छन् । कार्की यसअघि वरिष्ठ उपाध्यक्षमा नै थिए भने गिरी झापा गोल्डकप स्थापनादेखि नै कोषाध्यक्षमा रहँदै आएका छन् । पौडेल र खनाल यसअघि सोही पदमा थिए । समितिका सदस्यहरुमा केशवराज दाहाल, सजेश शिवाकोटी, किरण थापा,…

Read More

सुरुङ्गा, २० फागुन । आध्यात्मिक पर्यटनको प्रवद्धन गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिकास्थित कनकाई माई नदीमा ‘कनकाई माई गंगा आरती’ गरिने भएको छ । ग्लोबल मल्टिकल्चर अर्गनाइजेशन नेपालको आयोजना कनकाई नगरपालिका र कोटीहोम धार्मिक विकास संस्थाको संरक्षण र कनकाई उद्योग बाणिज्य संघको व्यवस्थापनमा फागुन २३ गते एकदिने गंगा आरती गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एलपी बुडाथोकीले ३ दिने धार्मिक महोत्सवको गरिएकोमा कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गरेर गंगा आरती मात्र गर्न लागिएको जानकारी दिए । गंगा आरतीलाई कनकाई माइमा निरन्तता दिन स्थानीय पण्डितलाई यसको तालिम दिने तयारी समेत थालिएको…

Read More

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन् । राष्ट्रपति कार्यलयका प्रवक्ता हरि दाहालका अनुसार खतिवडाले सम्हाल्दै आएको कार्यभार राजिनामा पछि संविधानको धारा ७७ को उपधार २ अनुसार प्रधानमनत्री ओलीले सम्हाल्ने गरी तोकिएको हो । खतिवडाको राष्ट्रिय सभा सदस्य पद आजैबाट सकिने भएपछि उनले मंगलबार दिउँसो राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए ।

Read More

भद्रपुर, २० फागुन । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिनुभएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृ’तावस्थामा भारतीय प्रहरीले फेला पारेको हो । झापाको मेचीनगर–१३ दुहागढी घर हुनुभएका उहाँले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिनुभएका उहाँ त्यसपछि सम्पर्कविहीन हुनुहुन्थ्यो । उहाँको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट जानुभएका मृतकका भाइ नरेन्द्रले…

Read More

कनकाई, २० फागुन । झापा गाउँपालिका–७ स्थित मदरगाछमा एनआईसी एशिया बैंकको शाखारहित बैकिंङ सेवा सुरु भएको छ। बैंकको उदघाटन कार्यक्रमका प्रमुख अतिथि जय नारायण शाह, वडाध्यक्ष नेत्र उप्रेती, बैंकका प्रदेश नं. १ प्रमुख दीपक थापा, सुरुङ्गा शाखाका प्रमुख सागर दाहाल लगायतले गर्नुभएको थियो । झापा गाउँपालिकाको सबै आर्थिक काम गर्दै आएको एनआइसी एसिया बैंकको सो शाखारहित बैकले ज्ष्ेष्ठ नागरिक भक्ता लिन १२ किलोमिटर टाढाको पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । सेवा सुरुसगै झापा गाउँपालिका ७, ६, ५ र कनकाई नगरपालिकाको ५ नम्बर वडावासी लाभान्वित बन्ने भएका छन ।

Read More

झापा, २० फागुन । एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आएका थिए । श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीले आफ्नो काम गराउन टोकन लिनुपर्ने नियम राखिएपछि एउटै कामका लागि शर्माले दोहोरो आउजाउ गर्नुपरेको हो । सेवाग्राहीले टोकन पनि अनलाइनबाटै लिनुपर्ने नियम छ । आमसेवाग्राहीलाई अनलाइन फाराम भर्न जति असहज छ, टोकन लिन पनि त्यत्तिकै झन्झट बेहोर्नु पर्ने बाध्यता परेपछि शर्मा फाराम भराउन र टोकन लिन यस अगाडि आउनुपरेको थियो । सेवाग्राहीको पहुँचमा…

Read More