
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ फागुन । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो । त्यसैगरी बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ भने महानगरीय कार्यकारी अधिकृत केदार न्यौपानेलाई भूमि सुधार मन्त्रालयमा सरुवा गरिएको छ । भूमि सुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।…
झापा, १९ फागुन । सरकारले फागुन २४ गते (मार्च ७) देखि सम्पूर्ण मुलुकका लागि ‘अन अराइभल’ भिसामा रोक लगाएको छ । कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै सरकारले उक्त भिसामा रोक लगाएको हो । नेपालले १३ मुलुकका नागरिकलाई त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा उपलब्ध गराउँदै आएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार बसेको बैठकले नेपाल आउने सबै विदेशीले निरोगिताको प्रमाणपत्र देखाउनुपर्ने निर्णय पनि गरेको छ । साथै नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने सरकारको तयारी छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा भ्रमण वर्ष स्थगित गर्ने बारेमा छलफल भएको थियो । त्यस्तै,…
झापा, १९ फागुन । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो। “नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन्”, ठमेलका समाजसेवी अर्जुन पुरी भन्छन्, “‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन। प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ ।” आजको गोरखापत्र…
मोहम्मद सदरुल विराटनगर, १८ फागुन । प्रदेश सरकारले दुई वर्षमा सङ्घीयता र संविधान कार्यान्वयनका लागि प्रदेशको क्षेत्राधिकारका विषयमा ३९ कानून तर्जुमा गरेको छ । यसको कार्यान्वयनमा सघाउ पु¥याउन विभिन्न नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र गठन आदेशको तर्जुमा पनि भएको छ । प्रदेशसभाले प्रदेशको राजधानी गत वैशाख २३ गते विराटनगर सर्वसम्मत तोक्ने काम भइसकेको छ भने प्रदेशको नाम सर्वसम्मतिबाट नै हुने अपेक्षा सरकारले गरेको छ । यस अवधिमा सरकारले सङ्घ र स्थानीय तहसँग सहकारितामा आधारित सहसम्बन्ध कायम गर्ने काम गरेको छ । अन्तर प्रदेश समन्वय परिषद्को बैठकमा भएको सहभागिताबाट आपसी समन्वय र सहयोगका विषयमा महत्वपूर्ण उपलब्धि हासिल भएको, अन्तरतह वित्त व्यवस्थापन…
विराटनगर, १८ फागुन । ‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनि प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । विधेकयको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गर्नुभयो । सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने चर्चा गर्नुभयो । अर्का सदस्य शान्ता पौडेलले तीन वर्ष मुनिका बालबालिकालाई पौष्टिक…
मोरङ, १८ फागुन । मोरङको सुन्दरहरैचा नगरपालिका–९ बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । स्थानीय रेखा कुमारी मगरको घरमा लागुऔषध ब्राउन सुगर रहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले १९ बर्षीया रेखा कुमारी मगर सहित स्थानीय २७ बर्षीय साफुदिन आलमलाई ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
झापा, १८ फागुन । झापाका ३ छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा अबैध रुपमा निर्यात भईरहेको करिव १५ लाख मुल्य बराबरको समान बरामद भएको छ । शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका-४ बाट अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र मरिच गरी ८ लाख ९५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको १ लाख ६६ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको…
झापा, १८ फागुन । काँग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिबार एकपक्षीय रुपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवाले विभाग गठन गरेका हुन् । विधानविपरीत विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेका आरोप संस्थापनइतर नेताहरुले लगाएका छन् । देउावले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको अपत्ति छ । विभाग गठन हुनासाथ वीरगञ्जको कार्यक्रममा रहेका नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजासहितका नेताहरुबीच त्यहीँ आकस्मिक भेला भएको थियो ।…
झापा, १८ फागुन । प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान सरकारी निवास बालुवाटारमा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पार्टीभित्र विकसित घटनाक्रमका विषयमा छलफल गरेका छन् । त्यसको केही बेरपछि बोलाइए, परराष्टमन्त्री प्रदीप ज्ञवाली पनि । पार्टीभित्र बहुमत नेताहरुको घेराबन्दीमा परेका प्रधानमन्त्री ओली आफू विरुद्दको घेरा कसरी तोड्ने भन्नेमा निकट नेताहरुसँग दिनहुँ जसो आन्तरिक छलफलमा छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरु पनि प्रधानमन्त्रीले सचिवालय निर्णय कार्यान्वयनमा गरिरहेको ‘आनाकानी’लाई कसरी कार्यान्वयनमा लैजाने भन्नेमा छलफलमै छन् । १० फागुनको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान संविधान संशोधन कार्यदल गठन सम्मका विषयमा नेकपा प्रवेश गरेपछि त्यसयता पार्टीभित्र ओली र ओली इतर…
झापा, १८ फागुन । विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् । अघिल्लो आर्थिक वर्षमा माध्यमिक तह (कक्षा ९–१२) मा ५३ हजार पाँच सय ५९ विपन्न विद्यार्थीलाई लक्षित गरी ९८ करोड ५१ लाख चार हजार रुपैयाँ विनियोजन गरिएको थियो । तर, १२ हजार सात सयले मात्र छात्रवृत्ति पाएका छन् । यसरी करिब एक अर्ब बजेटबाट १७ करोड ५१ लाख १० हजार मात्र वितरण भएको छ । विपन्नलक्षित छात्रवृत्ति पाउन विद्यार्थीले अनलाइनमार्फत ‘प्रोक्सी मिन्स टेस्टिङ’ (पिएमटी) फारम भरेर विपन्न भएको पुष्टि गर्नुपर्छ…