झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अनिलदेव राई धरमपुर, ३० साउन । अत्याधिक गर्मी र वर्षासंगै झापाको शिबसताक्षी नगरपालिकामा झाडापखला, टाइफाइड, ग्याष्टिक र छाला संम्बन्धी समस्याले आउने विरामीको संख्या बढ्दै गइरेको छ । नगरपालिकाको वडा नं २ मंगलबारे बजारमा रहेको धरमपुर स्वास्थ्य चौकीका प्रमुख धनकुमार विश्वकर्मका अनुसार गर्मी र वर्षामा हुने हैजा सम्बन्धी समस्याले दैनिक ६०–७५ जना विरामीहरु आइरहेका छन् । उनले स्वास्थ्य चौकीमा प्रेसर, सुगर र दम लगायतका समस्याले आउने विरामीहरुको संख्या पनि उतिकै रहेको बताए । यो नसर्ने रोग हो, विश्वकर्मले भने–सर्ने र नसर्ने रोग अन्र्तगत समस्याले विरामीहरु स्वास्थ्य चौकीमा आउने गर्छन् । उनले आदीवासी, जनजाति र सन्थाल समुदायमा यस्तो समस्याहरु भएपनि धामी र झाँक्रीको…

Read More

बिर्तामोड, २९ साउन । मोटर साइकल चोरीको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–७ का २५ वर्षीय विवेश चौधरी र बिर्तामोड–२ का साजन भन्ने यसराज राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चौधरीले चलाइ रहेको मोटरसाइकल बिर्तामोड–३ स्थित सडक खण्डमा चेकजाँचका क्रममा शंका लागि सोधपुछ गर्दा कागजात देखाउन नसकेको पछि मोटरसाइकलमा सवार राजवंशी सहित उनीहरुलाई पक्राउ गरिएको हो । बिर्तामोड–५ का बिनोद भट्टराईको डेरा कोठा अगाडि आँगनमा पार्किङ गरी राखेको अवस्थामा मे. ९ प ९०४६ नम्बरको मोटरसाईकल हराएको थियो । उक्त मोटरसाइकल खोजतलास भइरहेको अवस्थामा २८ गते दिउँसो ३ बजे उनीहरु पक्राउ…

Read More

बनियानी (झापा), २९ साउन । पूर्वीनाका काँकरभिट्टाबाट नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही स्थानका २४ वर्षीय हितेस अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । ‘नक्कली नोट लिएर दुई जना मानिस नेपालतर्फ आउँदै छन्’ भन्ने गोप्य सूचनाको आधारमा मेचीनगर–६ स्थित भन्सार गेट अगाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रनाउ बस्नेतले बताउनुभयो । प्रहरीले सतिसको साथबाट रू ३३ र हितेसको साथबाट रू १७ हजार गरी एक हजारका ५० थान नक्कली नोट बरामद गरेको छ । पक्राउ परेकालाई हिरासतमा राखेर…

Read More

काठमाडौँ, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सार्क उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक भेटमा उहाँले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको निजी क्षेत्रलाई आफूले सधँै उच्च प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रपति भण्डारीले चीन र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाट नेपालमा लगानी भित्र्याउन महासङ्घलाई अगुवाइ गर्न आग्रह गर्नुभयो ।

Read More

सान नेपाल गौरादह, २९ साउन । इलाका प्रहरी कार्यालय गौरादहले भारतबाट अबैध रूपमा नेपाल भित्र्याउँदै गरेको १७ बोरा सुर्ती बरामद गरेको छ । गौरादह–१ र २ अन्तर्गत डिपुचोकबाट किश्ने खोला जाने बाटोबाट उक्त परिमाणमा सूर्ती बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक योगेन्द्र एक्तेनले जानकारी दिए । सूर्ती बरामद गरिएको ठाउँ गौरीगञ्ज छोटी भन्सारबाट करिब १४ किलोमिटर दूरीमा पर्छ । उक्त सामान कसको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । सूचना प्राप्त भए पश्चात् माल धनीले उक्त सामान छोडेर भागेको हुन सक्ने प्रहरीको आशंका छ । बरामद गरिएको सूर्ती इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने सो विषयमा…

Read More

काठमाडौँ, २९ साउन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन भएपछि मात्र लोकतन्त्र संस्थागत हुने बताउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपालमा सङ्घीयता कार्यान्वयन’ विषयक विचार गोष्ठीमा उहाँले सङ्घीयतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । “सङ्घीयतालाई समाप्त पार्ने विभिन्न खेलहरु भइरहेको छ, सङ्घीयतालाई समाप्त पारे मुलुक ठूलो दुर्घटनामा जान सक्छ,” उहाँले भन्नुभयो । नेपालको विकासका लागि पनि सङ्घीयता आवश्यक रहेको उहाँको भनाइ थियो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न समस्या देखिएको भन्दै समस्याको समाधानका लागि सम्बन्धित तहनै लाग्नुपर्ने बताउनुभयो । सबैलाई समेट्न र सबै…

Read More

काठमाडौँ, २९ साउन । यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् । काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाकोट समरीका २४ वर्षीय अजय तामाङको ५३ वर्षीया आमा कासाङ लामा छोराको वियोगले शोकमा हुनुहुन्छ । उहाँ मात्रै होइन ६ वर्षअघि मात्रै विवाह गरेकी २३ वर्षीया श्रीमती रजनी तामाङको अवस्था झन् नाजुक छ । साढे तीन वर्षकी छोरी सजनीले अब कहिल्यै बाबा भन्न नपाउने भएकी छिन् । अजयकी आमा कासाङ भन्नुहुन्छ, “मेरो छोरा अपराधी नै…

Read More

गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथी हास्य कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए । सानोमा आफ्नो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् । गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे , रोजिना थापा , डाक्टर कृष्णहरि बराल , दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको शब्द छ । कार्यक्रममा दुई गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो । साथै गायिका रुपाले ‘मेरी आमा’ बोलको गीतलाई लाइभ…

Read More

सान नेपाल गौरादह, २९ साउन । गौरादह नगरपालिका भित्रका व्रोइलर कुखुरा पाल्ने किसानहरु संगठित भएका छन् । नगरपालिका भित्र रही व्रोइलर कुखुरा पाल्ने किसानहरुलाई आइपर्ने समस्याहरुको समाधान गर्न व्रोइलर पालक किसान संघ गौरादह नगर समिति गठन गरेका छन् । नगरपालिका भित्रका किसानहरु गौरादह नगरपालिका वडा नं. ७ को सभाहलमा किसानहरुको भेलाले भुपाल सिंह ताजपुरियाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा इन्दिरा पौडेल, सचिवमा छत्र वहादुर वस्नेत र कोशाध्यक्षमा टिका कार्की रहेका छन् । सदस्यहरुमा सिता राई, ललित कार्की, निर्मला कट्टेल, फडिन्द्र पोमु, केशव सापकोटा, चन्द्र वहादुर गिरी र किष्ण थापा रहेका छन् । सोही भेलाले…

Read More

सुरुङ्गा, २९ साउन । झापाको कनकाई नगरपालिकाको कार्यालयमा नेकपा माओवादी विप्लप कार्याकर्ताले बम विष्फोट गराएका छन । हिजो राती ९ बजे विप्लप कार्याकर्ताले नगरपालिकाको पछिल्लो भागमा बम विप्फोट गराएका हुन । आजको विप्लप माओवादीको नेपाल बन्दलाई लक्ष्क्षित गरि सरकारी कार्यालयमा विप्लप कार्याकर्ताले निसानी बनाउने आशंकामा कनकाई नगरपालिकालाई कडा सुरुक्षा प्रबन्ध गरिएको थियो । नगरपालिका भवनको सुरक्षामा लागि प्रहरी र नगरसुरक्षा गार्डले समेत कडा सुरक्षा दिइरहेकै बेला नगरपालिका भवनको पछिल्लो भागबाट कडा आवाजसहितको बम फ्याकेर विप्लप कार्याकर्ताहरु मोटरसाइकलमा भागेको प्रत्यक्षदर्शीले बताए । बम प्रहारबाट कुनैपनि भौतिक क्षति नभएपनि कडा आवाजको बमको आवाजले स्थानीयवाशी रातभर त्रसित बनेका थिए । नगरपालिकामा भएको विष्फोटको…

Read More