झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ चैत । झापाको‌ कनकाई नगर‌पालिकाका सबै‌ बजार‌ तथा व्यावसायहरु बन्द गनेर्‌ निर्णय भएको‌ छ । कनकाई नगर‌पालिकाको‌ विपत व्यावस्थापन समितिको‌ बसे‌को‌ बै‌ठकले‌ नगर‌ क्षे‌त्रभित्रका सबै‌जसो‌ निजि तथा सार्वजनिक संघ संस्थाहरु बन्द गनेर्‌ निर्णय गर‌े‌को‌ । हो‌ । नगर‌पालिकाको‌ निर्णय अनुसार‌ अत्यावश्यक औ‌षधि पसल र‌ खाद्यान्न वाहे‌कका सबै‌ पसल र‌ से‌वाहरु, पर्यटकीय स्थलहरु अकोर्‌ सुचना प्रकाशन नगरि‌एसम्मका लागि बन्द गनेर्‌ निर्णय गरि‌एको‌ छ । यसै‌बीच, झापा गाउँपालिका भो‌लि मिती २०७६ चै‌त १० दे‌खि चै‌त २१ सम्म बन्द गनेर्‌ निर्णय गरि‌एको‌ छ । गाउँपालीका कार्यालयले‌ आज सर्वदलिय बै‌ठक बो‌लाई सो‌ निर्णय गर‌े‌को‌ हो‌ । को‌र‌ो‌ना भाइर‌स (को‌भिड–१९) को‌ संक्रमण हुन नदिन गाउँपालिकाले‌ गाउँपालिकाको‌ कार्यालय, वडा कार्यालय,…

Read More

बिर्तामोड, ९ चैत । झापाको बिर्तामोड नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने भएको छ । आइतबार बिहान बसेको बैठकले मेची आँखा अस्पतालमा ५० र कञ्चनजंघा हेल्थ साइन्समा ४० गरी कुल ९० बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो । नगरका प्रवक्ता अग्नि पाण्डेका अनुसार दैनिक खाद्य वस्तु अर अत्यावश्यक सामग्री उपलब्ध गराउन अनुगमन कार्यलाई सक्रिय बनाइने पनि भएको छ । नगरस्तरीय अनुगमनका लागि नगर प्रमुख ध्रुव शिवाकोटी संयोजक र उप प्रमुख पवित्रा महतारा सह संयोजक तोकिनु भएको छ । वडास्तरमा पनि अनुगमन समिती गठन गरि कालोबजारी नियन्त्रणका लागि सक्रिय रहने नगरपालिकाले जनाएको छ ।…

Read More

इलाम, ९ चैत । इलाम नगरपालिका–९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार दिउँसो १ बजेको समयमा घरमा खेलिरहेका नावालक अचानक घर नजिकैको माछा पोखरीमा डुबिरहेको देखि अभिभावकले उपचारको लागी जिल्ला अस्पताल ईलाम लगेकोमा उपचारको क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

भद्रपुर, ८ चैत । कोभिड–१९ सङ्क्रमणको आशङ्का भएका व्यक्तिलाई राख्न झापाको भद्रपुर र मेचीनगर नगरपालिकामा ४५ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । भद्रपुर–८ स्थित कलवलगुढी प्रशिक्षण केन्द्रमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिनुभयो । सो भाइरसको आशङ्का लागेकाको स्वाब परीक्षणका लागि काठमाडौँको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने र १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाइएको छ । त्यसैगरी मेचीनगर नगरपालिका–११ धाइजनमा रहेको नवनिर्मित स्वास्थ्य चौकीमा २० श्यया भएको क्वारेन्टाइन निर्माण गरिसकेको छ । दुईतले भवनमा नेपाल रेडक्रस सोसाइटी शाखाले २० श्यया, कमल र खाना पकाउनका लागि चाहिने भाँडाकँुडाको व्यवस्था गरिदिएको नगरकी उपप्रमुख मीना उप्रेतीले जानकारी दिनुभयो ।…

Read More

सन्तोष न्यौपानेबिर्तामोड, ८ चैत । झापाको बिर्तामोडमा कोरोना भाइसरबाट बच्न सचेतना तथा हात धुने अभियान सञ्चालन गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघ, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र विरता जेसीजले संयुक्त रुपमा सचेतनासहित हात धुने अभियान सञ्चालन गरेको हो । अभियानको शनिबार नेपाल चिकित्सक संघका मेची अञ्चल अध्यक्ष डा. सीपी यादवले उद्घाटन गरेका छन् । बिर्तामोडको वान स्पट मल अगाडि, मुक्तिचोक उत्तर शनिश्चरे रोडको दायाँ–बायाँ र मुक्तिचोक दक्षिणपट्टि भद्रपुर रोडको दायाँ–बायाँ सचेतना बोडसहितको हात धुनका लागि धारा जडान गरिएको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए । कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई…

Read More

बिर्तामोड, ८ चैत । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लायन्स क्लब अफ अनारमनीले मास्क निःशुल्क वितरण गरेको छ । झापाको बिर्तामोडस्थित पुरानो भद्रपुररोडमा दुई पाङ्ग्रे, अटो रिक्साका सवारी चालकहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक सन्देशसहित लायन्स क्लबले मास्क वितरण गरेको क्लबका अध्यक्ष शैलेन्द्र कुरुङ्बाङले जानकारी दिए । चीनबाट विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतनाका साथ करिव १ हजार ५ सय वटा मास्क वितरण गरेको क्लबका अध्यक्ष कुरुङ्बाङ्गले बताए । साथै लायन्सले कोभिड–१९ को संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनकालागि निःशुल्क हात धुने व्यवस्था समेत मिलाएको छ । कार्यक्रममा क्लबका…

Read More

झापा, ८ चैत । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने जोखिम रहेको निष्कर्ष निकाल्दै थप सर्तकता अपनाउने निर्णय गरेको छ । कोरोना भाइरस देशभित्र भित्रिन नदिन अधिकतम स्रोत र साधन परिचालन गर्नेसहित मन्त्रालयले खुला सीमा नाकाबाट कोरोना भाइरस संक्रमितलाई नेपाल भित्रिन नदिन थप प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो । कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बिहिबार गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्याकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट संक्रमणको जोखिम उच्च रहेको, उत्तरतर्फका नाकाभन्दा दक्षिणको नाकाबाट जोखिम बढेको र भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पर्न सक्नेतर्फ…

Read More

उदयपुर, ८ चैत । उदयपुर त्रियुगा–९ झिल्के चोक बस्ने ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । हिजो साझँ ६ बजे झिल्के चोक स्थित बाटो छेउमा बसिरहेका दुबैजनालाई चुहाडेबाट गाईघाटतर्फ आउदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गम्भिर घाईते भएकोमा तिलकको उपचारको क्रममा साझँ साढे ६ बजे जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्युरो अस्पताल बिराटनगरमा आज बिहान सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी उनीहरु सगै बसेका ३२ बर्षीय राज कुमार दनुवारलाई समेत सोही एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते भएकोमा उनको न्युरो…

Read More

झापा, ८ चैत । सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका छन्। कोरोना भाइरसको त्रासका कारण काठमाडौं उपत्यकाबाट विगतका तीन दिनमा करिब ५ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् । कोरोना भाइरसका कारण शैक्षिक संघ संस्थाको पठनपाठन र परीक्षा स्थगित भएपछि बाहिरिनेको संख्या वृद्धि भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका…

Read More

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गर्नुभएको छ । यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने पनि जनाउनुभयो । सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न,…

Read More