
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ५ चैत । झापाको हल्दिबारी–१ का १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार दिउँसो पौने ३ बजे बिर्तामोड–१० शिवालय साइरन चोकस्थित भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोडतर्फ आउदै गरेको प्र–१–०१–००१ त ८२९९ नम्बरको ईँटा बोकेको ट्याक्टरबाट लडेर उनी घाइते भएका थिए । सोही ट्याक्टरले किचेर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालक दीपक लिम्वुलाईे इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
झापा, ५ चैत । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत झापाका २० हजार बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाइने भएको छ । सरकारले नियमित राष्ट्रिय खोप कार्यक्रममा रोटा भाइरसविरुद्धको खोप पनि समावेश गरेपछि जिल्लामा नियमित खोप लिइरहेको १९ हजार ९५० बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप लगाइने भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । यो खोप जन्मेको छ हप्ता र १० हप्तामा लगाउनु पर्ने उहाँले बताउनुभयो । झाडा–पखालाबाट हुने बाल मृत्युदर घटाउने उद्देश्यले सरकारले राष्ट्रिय खोप कार्यक्रममा रोटा भाइरसविरुद्धको खोपलाई पनि समावेश गरेको हो । रोटा भाइरसको कारणबाट बालबालिकामा झाडापखालाको समस्या देखिने गर्दछ भने यो भाइरसबाट ३ देखि ५ वर्षका बालबालिका…
झापा, ५ चैत । झापा, मोरङ र खोटाङका तीन स्थानमा हिजो आगलागी हुदा २५ लाख बराबरको क्षति भएको छ । झापा कमल गाउँपालिका–५ बस्ने धन बहादुर बि।क।को घरबाट बिजुली सर्ट भई आगलागी हुदा छिमेकी सन्तोष बि।क। र सुजन बि।क। समेतको घरमा आगो फैलिएर तिनै घरमा आगलागी हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तिन स्थानमै लागेको आगो भनि स्थानीय मानिस र दमकलको सहयोगमा नियन्त्रणमा लिईसकिएको छ । त्यस्तै, खोटाङ हलेसी हात्तिटार बस्ने लोकेन्द्र माझिको घरबाट अचानक आगलागी हुँदा उनका छिमेकी सिता माझि र झन बहादुर थापा समेतको घरमा आगो फैलिन गई तिनै घरमा आगलागी…
झापा, ४ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँका दरले मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ। अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
काठमाडौं, ४ चैत्र । विश्वभर त्रासदि मच्चाई रहेको कोरोना भाइरस कोभिड १९ ले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि असर पारिरहेको छ । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए…
झापा, ४ चैत । यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले सार्वजनिक यातायात सञ्चालनमा एकाधिकार कायम गर्न नहुनेसम्बन्धी व्यवस्था सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको हो । सो विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट दर्ता भएको हो । मूल विधेयकको दफा ८ मा सार्वजनिक यातायात सञ्चालनमा एकाधिकार कायम गर्न नहुनेसम्बन्धी व्यवस्था थप गर्न प्रस्ताव गरिएको छ । दफा ८ मा बजार सीमित गर्न नहुनेसम्बन्धी व्यवस्था छ । प्रस्तावित विधेयकमा ८ ९क० थप गरिएको छ…
झापा, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ । आयोगले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले प्रधानमन्त्री कृषि परियोजनाको नाममा सरकारले शीषत भण्डारका लागि दिएको करोडौँ अनुदानमा अपेक्षा अनुरुप परिणाम नदेखिएको औंल्याएको छ । आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटारबाट आर्थिक वर्ष २०७५÷७६ का लागि वार्षिक स्वीकृत गराएर आठवटा कम्पनीमध्ये पाँच कम्पनीलाई प्रथम किस्तास्वरुप १० करोड ९३ लाख ६० हजार रुपैयाँ लिएर अझै निर्माण नगरेको…
झापा, ४ चैत । सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय १५ वटा आईसीयू बेड तयार पार्ने निर्णय गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आवश्यकताअनुसार अस्पताल बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको कोरोना संक्रमण, रोकथाप तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पताल तोकेको छ ।आजको राजधानी दैनिकमा खबर छ ।
अर्जुनधारा, ४ चैत । अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्रीको ब्यवस्थापन गर्न बहस शुरु गरेको छ । नदीजन्य सामग्रीको ब्यवस्थापन समुदायमा हस्तान्तरण गरेपछि आन्तरिक आम्दानीको स्थायी स्रोत रहने भएकाले समुदायमा हस्तान्तरण गर्न बहस शुरु गरिएको नगरले जनाएको छ । नगरपालिकाले पटक पटक ठेक्का खोल्दा पनि यो बर्ष नदीजन्य सामग्रीको ठेक्का लाग्न नसकेपछि नदीजन्य सामग्री ब्यवस्थापनकालागि नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको सभाहलमा सोमबार आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलले आगामी बर्षदेखि समुदायमा हस्तान्तरण गरेर भएपनि स्रोतको उपयोग गर्नुपर्ने सुझाव दिएका थिए । उनले समुदायमा हस्तान्तरण गर्दा सामुदायिक बनको ब्यवस्थापन जसरी प्रभावकारी हुने समेत सुझाव दिए । कार्यक्रममा नगरप्रमुख हरिकुमार…
अर्जुनधारा, ४ चैत । नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न झापाको अर्जुनधारा नगरपालिकाले सचेतना कार्यक्रम गरेको छ । सोमबार नगरले जनप्रतिनिधि, कर्मचारी, स्थानीय प्रशासन र स्वास्थ्यकर्मीबीच अन्तरक्रिया गरेको हो । कार्यक्रममा स्वास्थ्यकर्मीले नगरले स्थापना गरेको हेल्प डेक्सबाट आगन्तुकको इन्फारेट थर्मामिटरबाट ज्वरो नाप्ने र साबुन पानीले हात धुन आग्रह गरिरहेको बताए । कार्यक्रममा डा. मुना नेपालले सहभागीलाई कोरोनाको लक्षण, बच्ने उपाय र अपनाउनु पर्ने सावधानीका बिषयमा जानकारी दिएकी थिईन । कार्यक्रममा नगरप्रमुख हरिकुमार रानाले बढी भिडभाड हुने क्षेत्रमा नजान र आवश्यक सचेतता अपनाउन आग्रह समेत गरे । नगरपालिकाले बढी ओहोरदोहार र जमघट हुने नगरपालिकाको गेट, बसपार्क र स्वास्थ्यचौकीमा हेल्प डेस्क स्थापना गरिसकेको…