
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, १ चैत । बजारमा माक्सको अभाव भइरहँदा झापा दमकका महिलाको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा संस्थाले दैनिकरुपमा छ जनाले मास्क उत्पादन गरिरहेको समाजका उपाध्यक्ष लक्की सिटौलाले बताउनुभयो । दैनिक ५०० बढी मास्क उत्पादन गरिरहेपनि माग उच्च रहेको सिटौलाले बताउनुभयो । सो मास्क होलसेलमा प्रतिगोटा रु १५ मा बिक्री भइरहेको र व्यवसायीले सर्वसाधारणलाई रु २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न आग्रह गरिएको सिटौलाले जानकारी दिनुभयो । मागअनुसार थप उत्पादन बढाइने बताइएको छ । समाजबाट उत्पादित माक्स विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा माक्स बिक्रीबाट हुने नाफाबापतको रकम आश्रम आश्रित…
हल्दीवारी, १ चैत । समुदायको जग्गा सहयोगमा वडा कार्यालय भवन निर्माण हुने भएको छ । स्थानीय दाताले जग्गा उपलब्ध गराएपछि हल्दीवारी गाउँपालिका वडा नम्वर–५ को वडा कार्यालय बन्ने भएको हो । भवन निर्माणका लागि दाताबाट छ कठ्ठा जग्गा निःशुल्क प्राप्त भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले बताए । अहिले वडा कार्यालयले भाडाको भवनबाट सेवा दिँदै आएको छ । ‘आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता थपिन्छ’, अध्यक्ष नेम्वाङले विवेचनासँग भने, ‘छिट्टै टेण्डर आह्वान गरी भवन निर्माणको प्रक्रिया सुरु गर्दैछौँ ।’ वडा सचिव भजन सङ्ग्रौला वडा कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाई भएको बताउँछन् । ‘भाडाको साँघुरो भवनबाट सेवा दिन कठिनाई छ’,…
अर्जुनधारा, १ चैत । आर्थिक अभावमा निर्माण शुरु गरेर सम्पन्न गर्न नसकेका पत्रकार इन्द्रकुमार राईको घरमा विर्तामोडका शिवाकोटी दम्पत्तीले छाना लगाइदिने भएका छन् । शुक्रबार बिहान सञ्चारकर्मीसहित राईको निर्माणाधीन अधुरो घरमा पुगेका विर्तामोडका सामाजिक व्यक्तित्व डिल्लीरमण र गीता शिवाकोटीले छानाको लागि आवश्यक पर्ने टिन दिने भएका हुन् । अर्जुनधारा प्रेस क्लबका सदस्य समेत रहेका राईको घर निर्माणका लागि अर्जुनधारा प्रेस क्लबको पहलमा गत आर्थिक वर्षमा अर्जुनधारा नगरपालिकाले एकलाख रुपैयाँ उपलब्ध गराएको थियो । स्थानीय सामाजिक व्यक्तित्व केदार पराजुलीले आठधुर जग्गा उपलब्ध गराएका थिए । घर निर्माणका लागि जमिन प्राप्त हुनुका साथै नगरपालिकाबाट प्राप्त एकलाख रुपैयाँले घर निर्माण कार्य शुरु गरेपनि…
झापा, १ चैत । स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण भारत फर्काइएको छ । प्रहरीका अनुसार शुक्रबार भारतको बङ्गाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा र सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार, भारत उत्तरदिनातपुर निवासी ३२ वर्षीय दीपेश सरकार र मुण्डा गाउँका २९ वर्षीय समिर मुण्डालाई भारत फर्काइएको हो । काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका पाँच सय ६१ जनामा स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा उच्च ज्वरो पाइएपछि भारत फर्काएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।…
बिर्तामोड, १ चैत । झपाको अर्जुनधारा–९ मा सम्पन्न प्रदेश नं. १ स्तरीय ‘सुखानी शहीद स्मृति महिला गोल्डकप’को उपाधि कनकाई नगर खेलकुद विकास समिति झापाले हात पारेको छ । सुखानी शहीद स्मृति प्रतिष्ठान झापाको आयोजना भएको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि हात पारेको हो । प्रतियोगिताको विजेता कनकाईले नगद रू एक लाख २५ हजार प्राप्त गरेको छ भने उपविजेता ताप्लेजुङले रू ७५ हजार पाएको छ । कनकाईको जीतका लागि खेलको २८औँ मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । ताप्लेजुङकी पवित्रा लिम्बूले खेलको ६९औँ मिनेटमा सान्त्वना गोल…
अर्जुनधारा, ३० फागुन । झापाको अर्जुनधारा नगरपालिकाका कृषिकलाई आईपीएम सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । गत मंसिर २ गते अर्जुनधारा–२ साठीमुरेमा शुरु भएको आईपीएम कृषक पाठशाला कृषिक दिवसको अवसर पारेर शुक्रबार समापन गरिएको छ । नगर कृषि विकास शाखाको आयोजनामा सम्पन्न पाठशालामा स्थानीय सीमाना कृषक समूहका ३६ जना सदस्य सहभागी थिए । पाठशालामा रासायनिक विषादिको प्रयोग नगरी तरकारी खेती गर्ने, आइपीएम पद्धतिबाट खेत ीगर्ने तरिकाका बारे सहभागी कृषकलाई प्रशिक्षण दिइएको कृषि शाखा प्रमुख दीपक गिरीले जानकारी दिए । अर्जुनधार वार्ड नं २ का वडाध्यक्ष रघुनाथ खनालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडाले सिकेको सीपलाई व्यवहारमा उतार्न…
जनकपुर, ३० फागुन । धनुषाका दुई युवामा कोरोनाको लक्षण देखिएको छ । भारतको अहमदावादबाट नेपाल आइरहेका २ जना नेपाली युवालाई चेकजाँचको क्रममा कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ । सप्तरीको खजुरी महुवाका शिवकुमार र राजन पासवानमा को’रोना सं’ क्रमण देखिएको चेकजाँच गर्ने चिकित्सकले जनाएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरुलाई भारत बिहार मधुवनीस्थित सदर अस्पताल राखेको उपचार सुरु गरिएको छ । उनीहरुको थप रिपोर्ट आउन अझै २ साता लाग्ने चिकित्सकको भनाई छ । यसअघि सीमानामा युक्रेनी दम्पत्ती ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको हेल्प डेक्समा जाँच गर्दा १०० डिग्रीभन्दा बढी ज्वरो र रुखाखोकीसमेत…
काठमाडौँ, ३० फागुन । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ ।…
बनियानी, ३० फागुन । झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) मेसिन प्रदान गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रम अन्तरगत नगर क्षेत्रका ७० जना कृषकलाई उक्त मेसिन प्रदान गरेको हो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, सहारा नेपाल साकोसका कार्यक्रम संयोजक किसन गौतम, प्रशासकीय अधिकृत देवराज कार्की, कृष शाखा प्रमुख राजेन्द्र कडरियालगायतले संयुक्त रुपमा च्यापकटर मेसिन कृषकलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख शिवाकोटीले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरिएको बताउनुभयो । ‘कृषिमा आधुनिकीकरण…
झापा, ३० फागुन । वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५।८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्। पर्केकामध्ये १४।३ प्रतिशत व्यक्तिले काम खोजेर पनि पाउन नसकेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ मा उल्लेख छ। प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट फर्केका ७५ प्रतिशत महिला बेरोजगार छन्। उता आर्जन गरेको पुँजी, सीप र प्राविधिक ज्ञानलाई उपयोग गरी स्वरोजगार बन्नेको संख्याभन्दा बेरोजगार हुनेको संख्या बढी छ। ४२।२ प्रतिशत मात्रै रोजगार तथा स्वरोजगारमा संलग्न भएको अध्ययनले देखाएको छ। प्रतिवेदनअनुसार कुनै पनि काममा संलग्न नहुने र बेरोजगार हुनेमा कर्णाली प्रदेश…