झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, ६ चैत । सुनसरी धरान–१६ बस्ने ९० बर्षीया आशा देवी रानाको जलेर मृत्यु भएको छ । आज बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा आफैले लगाएको कपडामा अचानक आगो सल्किन गई आशादेवीको शरिरका विभिन्न भागहरु जलेर घाइते भएकोमा उनको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

बुद्धशान्ति, ६ चैत । झापाको बुद्धशान्तिमा रहेको बुधबारे बजारमा बिहिबार बुद्धशान्ति गाउँपालिकाको नेतृत्वमा बजार अनुगमन भएको छ । व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा ग्यास छैन भन्दै बढी मुल्यमा बिक्रि गरेको, लुकाएको पाइएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेलले बताइन् । जनताको व्यापक गुनासो आएपछि बुधबारेका केही व्यापारीले जनतामा देखिएको कोरोना त्रासले भविश्यमा राम्रो कमाइ गर्न सकिन्छ भनेर ग्यास, खाद्य सामग्री लुकाएको र बढी मुल्यमा बिक्रि गरेको पाइएको अनुगमन टोलीले बताएको छ ।…

Read More

तित्रा ‘है‌न एइ के‌टा ! कलियुग सकिएर‌ अकोर्‌ युग शुरु हुन लागे‌को‌ हो‌ कि के‌ हुन लाग्या यो‌ ? भगवानले‌ को‌र‌ो‌ना अवतार‌ धार‌ण गर‌े‌र‌ यो‌ सृष्टिलाई बिलय गर्ने‌ लाग्या त है‌नन् ? असीभन्दा बढी दे‌शमा ईश्वर‌ले‌ को‌र‌ो‌ना अवतार‌ लिइसके‌को‌ समाचार‌ आउँछ त र‌े‌डियो‌मा । भगवान सर्वव्यापी छन् भन्थे‌, साँच्चै‌ पो‌ हो‌ र‌ै‌छ त । दिनकादिन र‌ छिनकाछिन, हाम्रो‌ दे‌शमा भ्रष्टाचार‌ बढे‌जस्तो‌ बिर‌ामीको‌ र‌ मर्ने‌ मान्छे‌को‌ संख्या बढे‌को‌ बढे‌इ छ त । हे‌र‌ के‌टा, आफू त असी वर्ष पु्ग्न लाग्या मान्छे‌; त्यसै‌ पनि मर्ने‌ बे‌ला हुनलागे‌कै‌ हो‌, तँजस्तो‌ ल्रक्का जवान मान्छे‌ले‌ पीर‌ गर्नुपर्ने‌ हो‌ । तँलाई मतलब नै‌ छै‌न’ भन्दै‌ माइला बा आएर‌ आसन जमाए ।…

Read More

झापा, ६ चैत । स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचत भएर आएको दुई वर्ष सात महिना बित्दासमेत जिल्ला समन्वय समिति (जिसस) झापाको मूल ढोकामा नाम परिवर्तन भएको छैन । सदरमुकामको जिल्ला प्रशासनलगायत दर्जन बढी सरकारी कार्यालयको प्रवेशद्वारमै रहेको जिससको मूलद्वारमा जिल्ला विकास समिति (जिविस) नै लेखिएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिविसको नाम फेरिएको हो । निर्वाचित जनप्रतिनिधि भएर विसं २०७४ साउन ३२ गते आएलगत्तै भवनमा ‘जिल्ला समन्वय समिति प्रदेश नं १ को कार्यालय झापा’ भनेर लेखिएता पनि प्रवेशद्वारको ढोकामा जिविस नै रहेको हो । सडक विस्तारसँगै ढोका र कम्पाउड वाल सार्नुपर्ने, भवनसमेत जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने भएको बताउँदै…

Read More

बिर्तामोड, ६ चैत । जिल्ला प्रहरी कार्यालय झापा मातहतका प्रहरी कार्यालयहरुलाई ‘जी प्रो क्यामेरा’ (बडी क्यामेरा) वितरण गरिएको छ । अपराध पहिचान र अनुसन्धानमा सहजता आउने उद्देश्यले बुधबार १५ वटा बडी क्यामेरा वितरण गरिएको हो । झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले एक कार्यक्रमका बीच क्यामेरा वितरण गर्नुभएको हो । ‘क्यामेराको प्रयोगबाट अपराधको पहिचान र अनुसन्धानमा सहयोग पुग्ने विश्वा लिएको छौँ’, प्रमुख कोइरालाले भन्नुभयो, ‘यसले प्रहरीको काम कारबाहीमा पारदर्शी र विश्वसनीय बनाउन थप टेवा पुग्नेछ ।’ इलाका प्रहरी काँकरभिट्टा, अनारमनी र दमकलाई दुई÷दुई थान, इलाका प्रहरी कार्यालय धुलाबारी, झिलझिले, गौरीगञ्ज र वडा प्रहरी कार्यालय भद्रपुरलाई एक÷एक थान र जिल्ला…

Read More

अर्जुनधारा, ५ चैत । झापाको अर्जुनधारा नगरपालिकामा आज ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बिरिङ खोलातर्फ जाँदै गरेको मे १ त ४९११ नम्बरको ट्याक्टरले ठक्कर दिँदा अर्जुनधारा–४ का १७ वर्षीय मनकुमार थापाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले खटि गई कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । यसअघि मंगलबार हल्दिबारी–१ का १६ वर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको थियो । मंगलवार दिउँसो बिर्तामोड–१० शिवालय साइरन चोकस्थित भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोडतर्फ आउाँदै गरेको प्र–१–०१–००१ त ८२९९ नम्बरको इँटा बोकेको ट्याक्टरबाट लडेर…

Read More

बिर्तामोड, ५ चैत । झापाको बिर्तामोड नगरपालिका–७ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । शहरी स्वास्थ्य केन्द्रको एक कार्यक्रमका बीच आज प्रदेश सांसद एकराज कार्कीले उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद कार्कीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो । बिर्तामोड नगरपालिकामा अनारमनी, चारपाने, गरामनीमा स्वास्थ्य चौकी र सात वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । नगरपालिकाले अनारमनी स्वास्थ्य चौकीलाई २५ बेडको अस्पताल बनाउने निर्णय गरिसकेको छ भने यसको स्वीकृति भई बजेट समेत विनियोजन भइसकेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो । त्यस्तै, चार वटा वडामा रहेका शहरी स्वास्थ्य केन्द्रलाई आधारभूत स्वास्थ्य केन्द्रका…

Read More

यो वर्ष चलचित्र क्षेत्रमा नाम चलेका तीन जना नायिकाहरु वैवाहिक बन्धनमा बाँधिएका छन् । ऋचा शर्मा, प्रियंका कार्की र आँचल शर्माले जीवनको नयाँ आयाम सुरु गरेका हुन् । यी सबै नायिकाहरुको प्रेम बिबाह हो । सबै नायिकाहरुको बिहेमा सहभागी भएकी नायिका वर्षा सिवाकोटीलाई प्रेम बिबाह मनपर्छ कि मागी बिबाह भन्ने पत्रकारको प्रश्नमा वर्षाले भनिन्–‘यस्तै प्रकारको बिहे होस् भन्ने चाहना त मलाई छैन । तर, बिहे अगाडि एकले अर्कालाई वुझेको राम्रो हुन्छ । मागी बिबाह भएपनि केही समय लिएर, प्रेममा रहेर गर्दा राम्रो हुन्छ ।’ यसो गर्दा केटा र केटीले एक अर्कालाई वुझ्न सक्ने वर्षाको तर्क छ । नायिका वर्षा सिवाकोटीले…

Read More

काठमाडौं, ५ चैत । नेपालमा सिमेन्ट उत्पादनमा तीव्रता आएको छ । प्रतिवर्ष २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका नेपालका सिमेन्ट उद्योगको उत्पादनकै कारण सिमेन्टमा नेपाल आत्मनिर्भर भएको हो । भौतिक पूर्वाधारमा तीव्र गतिले विकास भइरहँदा उक्त क्षेत्रमा प्रयोग हुने सिमेन्ट र छडको उत्पादनमा पनि विकास भइरहेको छ । सिमेन्ट उद्यममा ४४ वर्षदेखि आबद्ध रहनुभएका अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीका अनुसार १३ वटा रोटरी क्लिन, सात वटा भिएसके र ४१ वटा ग्रान्डिङ प्लान प्रयोग गरिरहेका कूल ६१ उद्योगले वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुरमा रहेको उदयपुर सिमेन्ट, मकवानपुरमा रहेको हेटाँैडा सिमेन्ट उद्योगसहित ६१…

Read More

रमेश गिरीकाठमाडौँ, ५ चैत । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् । त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी…

Read More