झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ साउन । झापाको मेचीनगर नगरपालिका-१३ स्थित चारालीबाट भुइकटरसहित पिकअप प्रहरीले नियन्त्रण लिएको छ ।  गएराती चारआली चोकस्थित ट्राफिक पोस्ट अगाडि चेकजाँचका क्रममा WB73E5775 नम्बरको बोलेरो पिकअप गाडी बेबारिस अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय धुलाबारी तथा प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले गाडीको डाला भित्र चेक गर्दा २ हजार ४०० केजी भुइकटर बरामद गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा गाडी भारतीय नम्बर भएको र मालसमानको कागजातमा उल्लेख गरिएका विवरणहरु भ्याट छलीको संकेत गर्ने पाइएको जानकारी दिएको छ । गाडी तथा भुईकटर बरामदपछि स्थानीय व्यक्तिहरुको रोहवरमा आवश्यक प्रक्रिया पुरा गर्दै उक्त सामानहरु आन्तरिक…

Read More

सुनसरी, ५ साउन । वराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक बालक बेपत्ता भएका छन्। भोक्रहा नरसिंह गाउँपालिका–१ निवासी रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश सप्तकोशी नदीमा बेपत्ता भएका हुन्। सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार, तीन जना बालक सँगै नदीमा नुहाउन गएका थिए। तीमध्ये दुई जना सकुशल बाहिर निस्किए पनि दीपेश बेपत्ता भएका छन्। बेपत्ता दीपेशको खोजी कार्यमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको खतिवडाले जानकारी दिनुभयो।

Read More

बनियानी, ५ साउन । झापाको कचनकवल गाउँपालिका–६ बनियानीमा आगलागी भएको छ । आज बिहान बनियानीस्थित रतनलाल राजबंशीको भान्सा कोठामा खाना पकाउने क्रममा सिलेन्डरबाट ग्यास चुहावट भएर आगलागी भएको हो । आगलागि स्थानीयबासी र प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट करिव ५० हजार ५०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ५ साउन । मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ४ गते मोरङको बेलबारी-८ स्थितमा रहेको कान्तिपुर वासिङमा वेल्डिङ काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका पर्सा बिरगञ्जका २५ वर्षीय ईद मोहमद अन्सारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकोको क्रममा मृत्यु भएको हो । त्यस्तै, सुनसरीको इटहरी उप-महानगरपालिका-८ का ७२ वर्षीय तिलक चौधरीले आफ्नै घरमा रहेको साउण्ड सिस्टमको चुडिएको तार मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

सुनसरी, ५ साउन । सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थित रहेको ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । साउन ४ गते अपरान्ह संखुवासभा चैनपुर नगरपालिका-१ घर भई इटहरी स्थित सानी आमाको घरमा बस्दै आएका बिष्णु लिम्बुको ११ बर्षीय छोरा क्रिश्वास लिम्बु र इटहरी-३ का दिपेश चौधरीको ८ बर्षीय छोरा दिप्सन चौधरी ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोली स्थानियको सयोगमा उद्दार गरी तत्काल उपचारको लागि क्रिश्वास लिम्बूलाई बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकीसिनवारी र दिप्सन चौधरीलाई नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो ।

Read More

झापा, ५ साउन । झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०४ गते झापाको दमक नगरपालिका-५ स्थित लागू औषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत विहारका २८ बर्षीय सुरज कुमार साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४२ ग्राम १७ मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३७ हजार ९०० रुपैया बरामद गरेसगै पक्राउ गरेको हो । त्यस्तै, लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर नगरपालिका- ६ बाट अर्जुनधारा नगरपालिका- ५ का २५ बर्षीय अजय धिमाललाई २ ग्राम ब्राउन सुगर र मेचीनगर-…

Read More

बिर्तामोड, ५ साउन । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले नयाँ शैक्षिक सत्रमा कक्षा-११ मा भर्ना भएका विद्यार्थीलाई ३ दिने अभिमुखीकरणको २ चरण पुरा गरेको छ । एसईई उत्तीर्ण भएर नयाँ भर्ना भएका विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो । पहिलो चरणमा ५० जनाभन्दा बढी विद्यार्थीलाई पहिलो दिन साथीसँग घुलमिल हुने, समूह कार्य, व्यक्तिगत सौर्न्दर्य हेरचाह तथा विद्यालयबारे विभिन्न जानकारी तथा मनोरञ्जन, नाटक प्रदर्शन गरिएको थियो । त्यस्तै, दोस्रो दिन पाँच तारे होटल किङ्सबेरीका खाना तथा प्रशासन लगायत किचन, रेस्टुरेन्टको अनुगमन गरिएको थियो भने अभिमुखीकरणको तेस्रो दिन प्रकृतीबारे बुझ्न इलामको स्वामी पार्क, गुगल पोइन्ट लगायतका स्थानको भम्रण गरिएको थियो ।…

Read More

झापा, ५ साउन । साउन महिनाको पहिलो सोमबारको अवसरमा आज बिहानैदेखि झापाका मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। झापाको कनकाई धाम, अर्जुनधारा धाम, सताक्षी धाम लगायतका मन्दिर तथा शिवालयमा भक्तजनको भीड लागेको हो । बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार, दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले यस वर्ष पहिलोपटक चक्रपथ घुम्ने चारवटा बसमार्फत निःशुल्क बस सेवा सुरु गरिएको छ। साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन मानिने भएकाले आज विशेष गरी महिला भक्तजन पहेँलो, रातो र हरियो पहिरनमा भक्तजन सजिएका छन् । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन…

Read More

कनकाई, ५ साउन । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई धाममा कन्काई आरती गरिने भएको छ । श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाअर्चनासहित धाममा आज साँझ ६ बजे कनकाई आरती गरिने भएको हो । साउनेको सोमबार कन्काई धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । कन्काई धाम धार्मिक विकास संस्थाका उपाध्यक्ष प्रकाश थापाले गत वर्षझैं यस वर्ष पनि बोलबम पर्वलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । पवित्र कन्काई नदीबाट जल ल्याएर कनकेश्वर शिवलिङ्गमा जलार्पण गर्ने, ब्राह्मण तथा बटुकहरुद्वारा वैदिक विधिमा रुद्राभिषेक, रुद्री पाठ, हवन तथा विशेष पूजन गरिने, साँझ ६ बजे कन्काई आरती तथा प्रसाद वितरण…

Read More

झापा, ५ साउन । झापाको मेचीनगर नगरपालिका–३ दोकडाँडास्थित ४३ वर्षीय हरिलाल न्यौपानेको घरमा लागु औषध गाँजा बरामद भएको छ । उनले घरमा गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका नकलबन्दाबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्ने क्रममा निजको घरको बाथरुममा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाथरुमभित्र बोरामा राखेको अवस्थामा १ किलो ५२८ ग्राम गाँजासहित उनलाई नियन्त्रणमा लिएर इप्रका काँकरभिट्टामा ल्याएर अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Read More