झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २ फागुन । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित हिमाली एजुकेशन फाउण्डशनले आफ्नो १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । फाउण्डेशनले आज एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट शिक्षक सम्मान, विविध नृत्य, गायन, नाटक लगायतका प्रस्तुतीसहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा फाउण्डेशनका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षता र अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतमको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गौतमले २१ औँ शताब्दीमा समयानुकूल शिक्षा प्रदान गर्न निजी विद्यालय सफल भएको बताए । उनले सामुदायिक र निजी शिक्षा बीचको दुई खाले शिक्षा अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘बालबालिका अहिले पनि दुई प्रकारको…

Read More

काठमाडौं, २ फागुन । नेपाल सरकार र साउदी अरव सरकारबीच डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्युनतम मासिक पारिश्रमिक वृद्धिमा सम्झौता गरे पनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका पाइएको हो । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सिपअनुसारको पारिश्रमिक र खाना सुविधासम्बन्धी निर्णय गरेको भए पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । साउदीस्थित नेपाली दूतावासले पनि बढेको पारिश्रमिक कामदारले नपाएको जनाएको छ ।

Read More

भद्रपुर, २ फागुन । सामाजिक सेवामा क्रियाशील रोटरी क्लव अफ भद्रपुर र रोट्रयाक्ट क्लव अफ भद्रपुरले इलाममा पुगेर विपन्न तथा शारीरिक रुपमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । बिहीबार विहान झापाको भद्रपुरबाट हिँडेका रोटरियनहरुले इलामको सूर्योदयन गरपालिका वडा नं १२ स्थित करफोक विद्या मन्दिरका विपन्न तथा फरक शारीरिक रुपमा फरक क्षमता भएका १७ जना विद्यार्थीलाई जाडो छल्न ज्याकेट वितरण गरेका हुन् । विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जहरसिंह राईको अध्यक्षतामा आयोजित एक समारोहका बीच विद्यार्थीलाई न्यानो ज्याकेटका साथै एक थान गिजर प्रदान गरिएको रोटरी क्लव अफ भद्रपुरका प्रेसिडेन्ट नोमिनी विगत ओझाले जानकारी दिनु भयो । क्लवका…

Read More

सुनसरी, २ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजेको समयमा किसानचोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको अवस्थामा ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर सोही ट्याक्टरको चक्काले किच्दा स्थानीय ४२ बर्षीय बुद्धराज लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया भईरहेको छ भने ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ ।

Read More

मोरङ, २९ माघ । मोरङको बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आज बिहान पौने १० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका(१ का ५५ बर्षीय नर बहादुर खड्का र सोही स्कुटरमा पछाडी सवार रहेका ५९ बर्षीय दिल बहादुर खड्का घाइते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा दिल बहादुर खड्काको पौने १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय…

Read More

झापा, २९ माघ । मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ७ बजे झापा शिबसताक्षी लालझोडास्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चलाक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएकोमा उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।

Read More

रोहित काफ्लेबिर्तामोड, २९ माघ । इच्छाशक्ति भए असम्भव लाग्नसक्ने विषयमा पनि सफलता पप्त गर्न सकिन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेका छन् काठमाडौंका एक युवाले । काठमाडौं चावहिल निवासी युवा प्रत्युस कुइँकेलले नेपालको पश्चिीमी प्रवेशद्वार महाकालीको महेन्द्रनगरबाट पूर्वी प्रवेशद्वार झापाको काँकरभिट्टासम्मको दूरी मोटरसाइकलमा १७ घण्टा ३० मिनेटमा पार गरेर साहस प्रदर्शन गरेका हुन् । मोटरसाइकल राइडिङका सौखिन २६ वर्षे कुइँकेलले सोमबार विहान ठीक ४ बजे महाकालीको महेन्द्रनगरबाट मोटरसाइकल यात्रा शुरु गरी राति साढे ९ बजे काँकरभिट्टा आइपुगेको बताए । विभिन्न देशमा मोटरसाइकल राइडिङ प्रतियोगितामा समेत सहभागी हुँदै आएका कुइँकेल सामाजिक अभियान लिएर यात्रामा निस्किएका थिए । यात्राका क्रममा विभिन्न संघ–संस्थाले आर्थिक…

Read More

झापा, १० माघ । नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले मजदुरी गर्न नपाएको दार्चुलाका स्थानीयले बताएका छन् । वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको भारी बोक्नेलगायतका काम गर्दै आएका नेपालीले सीमा विवादको मुद्दा चर्किएपछि काम गर्न नदिएको गुनासो गरेका हुन् । नेपाल र भारतबीच विवादित भूमि कालापानीमा भारत सरकारले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । गतवर्षसम्म सयौँ नेपाली मजदुरले कालापानी क्षेत्रका विभिन्न गाउँमा गएर मजदुरी गर्ने गरेको भए पनि यो वर्ष सीमा विवादको मुद्दा चर्किएपछि भारतीय सुरक्षाकर्मीले नेपालीलाई गालीगलौज गर्ने गरेको व्यास गाउँपालिकाका स्थानीय जनक भट्टले बताए । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा राखेपछि सबै नेपालीले विरोध गरिरहेका छन्…

Read More

काठमाडौँ, २९ माघ । नेकपा नयाँ सत्ता सहयात्रीसँग दुई तिहाई कायम हुनेगरी साझेदारीको दिन पर्खिरहेको छ । तर, मन्त्री बन्न तयार भनिएको दलका नेताहरु यसबीच सुटुक्क दक्षिणतिर लागेका छन् । र, योसँगै नेपालको राजनीतिक क्षितिजमा केही नयाँ–नयाँ दृश्य पटाक्षेप हुने सम्भावना बढ्दो छ । संयोग वा पूर्वतयारी, जे भए पनि नयाँदिल्लीको दृश्य यस्तो छ – विदेश मामिला हेर्ने साउथ ब्लकमा नेपाललाई सामान्य आँखाले हैन, भित्रसम्मै देख्ने मानिसहरुलाई तैनाथ गरिएको छ । राजापा नेताहरु चाहिँ दिल्लीतिर दौडिएका छन् । अध्यक्ष मण्डलका राजेन्द्र महतो नेपाल वायुसेवा निगमको उडानबाट दिल्ली उडेका हुन् । हिजो साँझसम्म फर्किएका छैनन् । शरदसिंह भण्डारी पनि स्थलमार्ग भएर…

Read More

काठमाडौँ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् । नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर उनी कार्यक्रममा गएका थिएनन् । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाइँदै आएको थियो । तर एकीकरणलगत्तै सो पार्टीले उक्त दिनलाई जनयुद्धसँगै जनआन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष…

Read More