झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झिलझिले, ६ फागुन । तेस्रो सताक्षी गोल्डकपको मंगलबार (आज)को खेल अघिल्लो संस्करण बिजेता त्रिभूवन आर्मी र दार्जिलिङ एमएफसी बीच हुने भएको छ । सोमबारको खेलमा थ्रि स्टार फुटबल क्लब विजयी भएको थियो । जितसँगै थ्रि स्टार सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ । मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै आयोजक सेमिफाइनल प्रवेश गरेका थियो । बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रि स्टार अन्तिम चारमा प्रवेश गरेको हो । बेलबारी प्रदेश लिगको उपविजेता टिम हो । खेलका म्यान अफ दि म्याच थ्रि स्टारका दुई गोलकर्ता सञ्जोग राई घोषित भए । तेस्रो…

Read More

बाहुनडाँगी, ६ फागुन । मेचीनगरस्तरीय १२ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी माविले हात पारेको छ । मेचीनगर–२ स्थित मेची जनसाधारण माविको खेल मैदानमा शनिबारबाट सुरु भई सोमबार समापन भएको सो प्रतियोगिताको उपाधि धुलाबारीले उछिनेको हो । तीन दिवशीय उक्त प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको धुलाबारीले खेलका विभिन्न विधामा गरी १९ वटा स्वर्ण पदक जित्दै ८० अंक बटुलेको छ । उपाधि विजेता टिम धुलाबारीलाई खेलाडीहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिन् । मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको सो प्रतियोगितामा द्धितीय बनेको हिमालयन एकाडेमीले ५ वटा स्वर्ण पदक…

Read More

अर्जुनधारा, ५ फागुन । अर्जुनधारा नगरपालिकामा वडास्तरीय महोत्सव जारी छ । महोत्सव हेर्न र सेवा लिनेहरुको संख्या बढ्दै गएका छन् । ४ गतेबाट सुरु भएको वडास्तरीय महोत्सव सोमबार वडा नं. १ मा भएको छ । महोत्सवमा किसानले पशुपंक्षी सम्बन्धी परामर्श र माटो परीक्षण, स्वास्थ्य परीक्षण समेत गराएका छन् । पशुपंक्षी विकास शाखाका अनुसार १ सय ६५ पशुको गोवर परीक्षण तथा उपचार र ९५ जना कृषकलाई परामर्श दिइएको थियो । कार्यक्रममा सामाजिक सुरक्षा परामर्श सेवा प्रदान गरेको पशु सेवा प्राविधिक बेनुपकुमार बस्नेतले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य सेवातर्फ ४० जना महिलाले भीआईए टेष्ट, ५७ जनाले सुगर टेष्ट र ७५ जनाले स्क्रिन…

Read More

काठमाडौं, ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर आज सफाइ दिने फैसला सुनाएको छ । प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो ।

Read More

काठमाडौँ, ५ फागुन । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरिने भएको छ । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीकाका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो । अग्‍नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् । लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् । उनलाई माघ १४ गते…

Read More

बलिउड नायिका सन्नी लियोनीले आफ्ना फ्यानहरुलाई छालाको सामान प्रयोग नगर्न आग्रह गरेकी छिन् । विशेषगरि, जनावरको अंगबाट बनाइने लेदर सामान प्रयोग नगर्न उनले आग्रह गरेकी हुन् । उनले, जनावरलाई प्रयोग गरेर बनाइने सामानको बिषयमा जानकारी पाएपछि आफूले जनावरलाई बचाउने कसम खाएको समेत उल्लेख गरेकी छिन् । अर्की नायिका राकुल प्रितले पनि आफू अब शाकाहारी भएको बताएकी छिन् । मासु क्रेजी राकुलले शाकाहारी बन्ने निर्णय गरेसँगै आफूमा आनन्दको महशुश भएको समेत उल्लेख गरेकी छिन् । उनले, यो आफ्नो जीवनको सबैभन्दा ठूलो निर्णय भएको समेत उल्लेख गरिन् ।

Read More

पोखरा, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताउनुभएको छ । मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकारले सदनमा प्रस्तुत गरेका दुवै विधेयकले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको छ, यस्तो कार्य प्रजातन्त्र र संवैधानिक मूल्यमान्यताका विपरीत रहेकाले त्यसमा सुधार गर्ने प्रयास सराहनीय छ ।” नेपालको सञ्चारजगत्ले प्रजातन्त्रको स्थापना र मुलुकको समुन्नति तथा आर्थिक विकासमा सशक्त आवाज उठाएको स्मरण गर्दै अध्यक्ष थापाले लोकतन्त्रलाई सुदृढ तुल्याउनसमेत सञ्चार क्षेत्रको भूमिकालाई स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढ्ने वातावरण बन्नुपर्नेमा…

Read More

काठमाडौं, ५ फागुन । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा दुई बिद्यार्थी समूहबीच कुटाकुट भएको छ । सोमबार बिहान दुई समूहबीच ढुंगा, इँट्टा हानाहान भएपछि प्रहरी परिचालन गरिएको छ । नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ । तर अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको बताएको छ । नेविसंघ महामन्त्री दीपक भट्टराईले कक्षाकोठामा पढ्न जाँदै गरेका आविष्कार पौडेल, सुमन खड्का र कुशल बस्नेतमाथि आक्रमण भएको जानकारी दिए । प्रहरीले घटनापछि नेविसंघ समर्थित विद्यार्थीलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा…

Read More

झापा, ५ फागुन । तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष (आव) २०७६।७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले बढेको छ भने गैरखाद्यअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्न्सििङ तथा घरायसी उपकरण आदिको ४ दशमलव २५ प्रतिशत मूल्यवृद्धि भएको छ । यसबाट समग्रमा मूल्यवृद्धिमा चाप पर्दा पुससम्ममा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले देखाएको छ । आव २०७५र७६ को यही अवधिमा यस्तो मुद्रास्फीति…

Read More

झापा, ५ फागुन । नेपाली कांग्रेसमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा माग गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । नेपाली शंशाक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य तथा भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय, एक मात्र महिला नलिनी ज्ञवालीसहितका १० जना नेपाली सहभागी मुख्यमन्त्री आदित्य नाथसँगको सामूहिक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसले अनेक प्रश्न सिर्जना गरेको छ । नेपाली कांग्रेसको आगामी १४ औ महाधिवेशनमा हिन्दू राष्ट्रको कार्यसूचीसहितका मुद्दाहरु लिएर सभापति पदमा दाबी गर्ने रणनीति बनाएका महामन्त्री शशांकसहितको यस भ्रमणलाई लिएर नेपाली कांग्रेसमा मात्र…

Read More