झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० माघ । नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ । विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण श्रम गन्तव्य रहेको पाइएको हो । हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये लगभग २ हजार ५ सयले विभिन्न कारणले ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

झापा, २० माघ । लामो समयदेखि रोकिएको अरुण तेस्रो जलविद्युत् परियोजना (९०० मेगावाट) को वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) बिहीवार हुने भएको छ । बिहीवार काठमाडौंमा नेपाल र भारतका गरेर आधा दर्जन बैंकसँग ऋण लगानी सम्झौता गर्ने तयारी कम्पनीको छ । भारत सरकारको लगानीमा निर्माणाधीन यस परियोजनाको प्रवर्द्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अरुण धिमानले बिहीवार हुने फाइनान्सियल क्लोजरको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘परियोजनाका लागि आवश्यक लगानीको टुंगो लागिसकेको छ । बिहीवार औपचारिक समारोहबीच सम्बद्ध बैंकहरूसँग ऋण लगानी सम्झौता गर्छौं,’ उनले बताए । धिमानका अनुसार अरुण तेस्रोमा नेपाल र भारतका…

Read More

झापा, २० माघ । नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । साधारण चार्जिङ स्टेसनका लागि गरिएको यो आह्वानमा प्राधिकरणले मोटो रकम खर्च गर्दैछ । स्टेसन आगामी चैत अन्तिमसम्म सम्झौता भई निर्माण सुरु गरिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । साधारण चार्जिङ स्टेसन पुरानो प्रविधि हो । यसमा एउटा सवारी पूर्णचार्ज गर्न कम्तीमा ६ घण्टा लाग्दछ तर सोही छ घण्टामा चार्ज हुने सवारीलाई सुपर चार्जिङले दुई घण्टामा गर्छ तर प्राधिकरणले भने साधारण चार्जिङ स्टेसन…

Read More

झापा, २० माघ । वैदेशिक व्यापारको लागत न्यूनीकरणका लागि जलमार्गको अधिकतम उपयोगमा सरकारले पहल थालेको छ । कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले भारतीय भन्सार, बन्दरगाह, सिपिङ कम्पनीलगायतसँग जलमार्गको उपयोगका सम्भाव्यताबारे चरणबद्ध समन्वय अघि बढाएको छ । विशेषगरी हल्दिया–कोलकाताबाट साहिबगञ्ज र कालुघाटसम्मको जलमार्ग उपयोगका लागि छलफल अघि बढेको हो । गत नोभेम्बरमा नेपाल भारत पारवहन सन्धि पुनरवलोकन बैठकमा नेपालले यी जलमार्ग उपयोग गर्नेबारेमा प्रोटोकलमा हस्ताक्षर गरेको थियो । यो सहमतिसँगै सम्बद्ध भारतीय निकायसित अन्तरक्रियालाई तीव्र पारिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए । जलमार्गबाट हुने ढुवानी तुलनात्मक सस्तो हुने भएपछि समुद्रपार व्यापारमा यसको उपयोगलाई प्राथमिकतामा राखिएको अर्याल बताउँछन् । भारतले जलमार्ग विकास योजनाअन्तर्गत…

Read More

सुरेन्द्र भण्डारी झापा, २० माघ । बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर क्षेत्रका सबै विद्यालयमा ‘आचरण सचेतना शिक्षा’ तयार गर्दै लागू गरेको स्थानीय पाठ्यक्रम निकै प्रभावकारी देखिएको छ । बिर्तामोड नगरपालिकाभित्र रहेका १८ वटा सामुदायिक विद्यालय र ५६ वटा संस्थागत (निजी) सहित ७४ वटा विद्यालयमा आचरण सचेतना शिक्षाको पठनपाठन हुँदै आएको छ । नगरपालिकाले गत आव २०७५÷७६ मा रु छ लाख बजेट विनियोजन गर्दै ‘आचरण सचेतना शिक्षा’ नगरका सबै विद्यालयमा लागू गर्न स्थानीय पाठ्यक्रम तयार गरेको थियो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शैक्षिकसत्र २०७६ देखि लागू भएको छ । स्थानीय पाठ्यक्रम सबै विद्यालयमा लागू भएपछि विद्यार्थीलाई संस्कार संस्कृति सिकाउन…

Read More

अर्जुनधारा, २० माघ । खोपानी तथा सरसफाई उपभोक्ता समिति अर्जुनधारा–८ को २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमकाबिच साधारण सभा सम्पन्न भएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सल्लाहाकार समितिका सदस्य विरमणी ढकालको बिशेष आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष शंकर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष केदारमणी ढकाल पनि बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थापना कालदेखि काम गरेर संस्थामा योगदान पुर्याएको भन्दै संस्थाका निर्वतमान अध्यक्ष छत्रमणी ढकाल र निर्वतमान उपाध्यक्ष पदमलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष कुशुम राईले स्वागत गरेको कार्यएक्रमको सञ्चालन संस्थाका सचिव किरण…

Read More

सन्तोष शर्मा झापा, १९ माघ । मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन सङ्घको नेतृत्वमा मकैखेती गरिएको हो । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुभयो । “दानाको भन्दा यो चार गुणा सस्तो पर्छ”, उहाँले भन्नुभयो, “साइलेक्समा १३ देखि १४ प्रतिशत प्रोटिन हुने भएकाले दूध उत्पादन वृद्धि हुन्छ र पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुग्छ ।” दानाको तुलनामा साइलेक्सको प्रयोग गर्दा गाई तथा बाख्रापालक…

Read More

झापा, १९ माघ । सुनसरीको रामधुनी नगरपालिका–२ कृषी फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर(५ की ६८ बर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर(७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी…

Read More

मेचीनगर, १९ माघ । होटल हिकोला हेरिटेजले झापाको काँकडभिट्टामा पनि सेवा विस्तार गरेको छ । पहिलो शाखाका रुपमा काँकडभिट्टाको बाहुनडाँगी रोडमा होटल हिकोला हेरिटेज स्थापना भएको हो । मेची नेत्रालयसँगै जोडिएको घरमा सञ्चालनमा आएको होटलको मुख्यमन्त्री शेरधन राईले माघ २६ गते उद्घाटन गर्दैछन् । उद्घाटन समारोहमा सिक्किमका मुख्यमन्त्री पिस गोले पनि विशेष अतिथिका रुपमा सहभागी हुनेछन् । भारतीय सीमावर्ती क्षेत्रमा स्थापना भएको होटलले नेपाल भित्रिने पर्यटकलाई विशेष सुविधा दिने होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठले बताए । काँकडभिट्टादेखि १५ किलोमिटरको दूरीमा बागडुग्रा अन्तर्राष्ट्रिय एयरपोर्ट छ । नेपाल भित्रिने पर्यटकले पनि १५ किलोमटिरको दूरीमा भद्रपुर विमानस्थलको सेवा पाउँछन् । हवाई सेवाको…

Read More

झापा, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू तय गर्न सुझाव दिएको छ । केन्द्रीय सदस्यहरूले नेकपाको लक्ष्य समाजवाद स्थापना गर्ने भएकाले सोहीअनुसारका आधार तयार गर्ने कार्यमा सिंगो पार्टी पंक्ति र सरकारी पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । शनिबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले सानातिना विषयमा आग्रहपूर्वाग्रहमा अल्झिँदा समाजवादको महान् लक्ष्य पूरा गर्न कठिन हुने भन्दै पूर्वाग्रह बिर्सेर समाजवाद स्थापनाको लक्ष्यमा एकीकृत भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । राष्ट्रिय सभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद…

Read More