
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको छ । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका केही स्थान र बाँकी पहाड र…
झापा, १४ भदौ । मानव बेचबिखनविरुद्ध पूर्वीनाकामा सक्रिय माइती नेपालले एक वर्षमा हराएकामध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ । आर्थिक वर्ष २०८१–८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो । माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी गरी फेला पारिएको जानकारी दिए । उनका अनुसार दुई जना नेपालभित्रै फेला परेका हुन् । पूर्वीनाका काँकडभिट्टामा निगरानी गर्दै आएको माइती नेपालले मानव बेचबिखनको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । आव २०८०–८१ मा ६२ हराएको निवेदन आएकामा १६…
झापा, १४ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा चेल्सी र फुलहम खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुने छ । यस्तै पौने ८ बजे उल्भ्स र एभर्टन, टोटनह्याम र बर्नमाउथ, म्यानचेस्टर युनाइटेड र बर्नली तथा सन्डरल्याण्ड र ब्रेन्टफर्ड खेल्दैछन् । यस्तै राति सवा १० बजे लिड्स युनाइटेड र न्युक्यासल बीच खेल हुनेछ ।
१. नियमित शारीरिक व्यायाम गरौँ – मधुमेहबाट जोगिनका लागि प्रत्येक दिन कम्तीमा ३० मिनेटका दरले हप्तामा पाँचपटक व्यायाम गरौँ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ । अर्थात् हिँडेर, दौडेर वा पौडी खेलेर गर्न सकिन्छ । २. मानसिक तनाव कम गराऔँ – तनाव बढ्दा मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा परेन भने चिकित्सकको सल्लाह लिएर औषधि सेवनसमेत गर्न सकिन्छ । ३. सुर्तीजन्यरमदिराजन्य पदार्थ नखाऔँ – सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको…
वाशिङ्टन, १४ भदौ । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो । हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भए पनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम रहने जनाएको छ । यसले ट्रम्पलाई सर्वोच्च अदालतमा अपिल गर्ने समय दिएको छ । सन् २०२५ को जनवरीमा दोहोरिएको राष्ट्रपतिको कार्यकाल सुरु गरेपछि ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन ९आइइपीए० को प्रयोग गर्दै अधिकांश व्यापारिक साझेदारहरूमाथि पारस्परिक भन्सार शुल्क लगाएका थिए । ती शुल्कको…
कैलाली, १४ भदौ । धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट एक होटल सञ्चालक पाँच किलो भन्दा धेरै चरेशसहित पक्राउ परेका छन् । पाँच किलो छ सय ९० ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका–८ घर भइ धनगढी–२ मा होटल सञ्चालन गर्दै आएका राम बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । होटलमा शङ्का लागि चेक गर्दा चरेश फेला परेको र पक्राउ परेका बोहरालाई आवश्यक कारबाहीको प्रकृया थालिएको उहाँले जानकारी दिनुभयो ।रासस
विराटनगर, १४ भदौ। सुनसरी र भोजपुरबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १३ गते भोजपुरको भोजपुर नगरपालिका– ९ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को. ११ प ७६६८ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको १५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर फेला पारी मोटरसाईकल चालक भोजपुर–१२ का ३० बर्षीय रिजन श्रेष्ठ र मोटरसाईकल पछाडी सवार टेम्केमैयुङ गाउँपालिका– २ का २८ बर्षीय सनुप राईलाई नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका– ४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय…
झापा, १४ भदौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन…
झापा, १४ भदौ । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा रहेको ग्रिन पार्क स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। मृतक ३३ वर्षीय प्रकाश प्रसाई बिर्तामोड–३ निवासी हुन् । उनी आफ्ना साथी केशव शिवाकोटी (बिर्तामोड–१०) सँग पौडी खेल्न पार्क गएका थिए । दिउँसो ३ बजे घटना भएको भए पनि स्वीमिङ पुल सञ्चालक जीवन ढुंगानाले राति ८ बजे इलाका प्रहरी कार्यालय अनारमनिमा जानकारी गराएका थिए । जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
झापा, १४ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।