झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ४ साउन । गएराति झापाको भद्रपुर नगरपालिका–६ नयाँबस्तिमा अचानक प्रवेश गरेका जंगली हात्तीले क्षति पुर्‍याएको छ । स्थानीय बासिन्दाहरुका घर र सामग्रीमा आक्रमण गरेर हात्तीले अन्दाजी १ लाख २० हजार बराबरको क्षति पुऱ्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  क्षतिको विस्तृत विवरण यसप्रकार छ : – श्रीप्रसाद माझीको घरमा टाटीको बेरा, बरन्डाको टिन, १५ मन धान, ३ थान साइकल, काठको टेबल, डाइनिङ टेबल, तिरपाल आदिमा रु ५०,००० बराबरको क्षति भयो। – फलेन्द्र राजबंशीको घरको टिनको बेरा भत्किँदा रु ५,००० बराबरको नोक्सानी । – बदन राजबंशीको भान्सा घर भत्किँदा रु १०,००० क्षति । – तिलि राजबंशीको घरको ईटाको पर्खाल,…

Read More

उर्लाबारी, ४ साउन । इलाका प्रहरी कार्यालय उर्लाबारीले तीन युवालाई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका निवासी महिलालाई सामुहिक बलात्कारको आरोपमा उनीहरूलाई पक्राउ परेको जनाइएको छ । पक्राउ पर्नेमा उर्लाबारी–९ का १९ वर्षीय आर्गन भुजेल, मिक्लाजुङ(९ का २४ वर्षीय समिर बोहरा र रतुवामाई–१० का १९ वर्षीय निराजन नेपाली छन् । हाल उनीहरूबारे प्रहरी स्रोतले केही विशेष विवरण सार्वजनिक गरेको छैन । यद्यपि ती युवाहरू आपसमा परिचित रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । उनीहरू संलग्न विषय वा घटनाको विस्तृत विवरण भने अनुसन्धानकै क्रममा रहेको बताइएको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ । प्रहरीले आइतबार उनीहरूको म्याद…

Read More

झापा, ४ साउन । देशभर विभिन्न स्थानमा भइरहेको लगातार वर्षाका कारण बाढी पूर्वानुमान महाशाखाले आज साउन ३ गतेका लागि सतर्कता सूचक ‘एल्लो अलर्ट’ जारी गर्दै ५१ जिल्लामा आकस्मिक बाढीको सम्भावित जोखिमबारे चेतावनी दिएको छ। महाशाखाका अनुसार बिहानको मापनमा कोसीका सहायक नदीहरू — तमोर र कन्काई — को जलसतह सतर्कता तह नजिक पुगेको छ। नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाब अहिले सतर्कता तहभन्दा तल भए तापनि तीमा जलस्तर बढ्ने सम्भावना रहेको छ। उच्च जोखिम भएका जिल्लाइलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर,…

Read More

इलाम, ४ साउन । इलाममा अबिरल वर्षापछि खसेको पहिरोले दुई घरमा आंशिक क्षति पुर्‍याएको छ। साउन ३ गते साँझ ७ः३० बजे इलाम नगरपालिका–५ मान्द्रणीस्थित पुर्ण शंकरको घर माथिबाट खसेको पहिरोले एकतले ढुङ्गा माटो, काठ र टिनको छानो भएको घरको पूर्वपट्टिको कोठामा पूर्ण क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय बिब्ल्याटेले जनाएको छ। त्यसैगरी, साउन ४ गते बिहान ४ः०० बजेको समयमा फाकफोकथुम गाउँपालिका–५ माल्टेनीस्थित झगर सिंह मुखियाको घर माथिबाट पहिरो झरेर घरको भित्ता भत्किएको छ। टिनको छानो, काठ र ढुङ्गामाटोबाट बनेको उक्त घर अब बसोबासयोग्य नरहेको बताइएको छ। चार सदस्यीय परिवार अहिले आफन्त डम्बर सिंह मुखियाको घरमा आश्रय लिएका छन् । दुवै घटनास्थलमा…

Read More

इलाम, ४ साउन । सूर्योदय नगरपालिका–६ स्थित तारगाउँको उत्तरे टोलका युवाहरूले “आफ्नो गाउँ आफैं बनाऔं” भन्ने नारालाई आत्मसात् गर्दै गाउँको समग्र विकासमा प्रेरणादायी योगदान पुर्‍याएका छन्। सडक मर्मत, सरसफाइ अभियान, खानेपानी स्रोत संरक्षण, विद्यालय सुधारलगायत विभिन्न कार्यमा उनीहरूको सक्रिय सहभागिता देखिएको छ। सामूहिक श्रमदानमार्फत कच्ची सडक मर्मत, रूखरोपण, वातावरण संरक्षणजस्ता गतिविधिमा समय, श्रम र सीप लगाएर युवाहरूले उदाहरणीय कार्य गरेका छन्। यस्ता प्रयासहरूले गाउँको भौतिक पूर्वाधार सुधारसँगै सामाजिक एकता, समन्वय र नेतृत्व क्षमताको विकासमा पनि सकारात्मक प्रभाव पारेको छ। उक्त अभियानले युवाहरूलाई जिम्मेवार नागरिकका रूपमा अघि बढाएको छ भने अन्य समुदायका लागि प्रेरणाको स्रोतसमेत बनिरहेको छ।

Read More

झापा, ४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ। त्यस्तै,…

Read More

बिर्तामोड, ३ असार । झापाको बिर्तामोड नगरपालिका–१ स्थित मुक्तिचोक क्षेत्र फेरि विद्युत पोलमा आगलागीको घटना भएको छ। आज साँझ करिब ७ बजे ट्रान्सफर्मर जडान गरिएको पोलमा एक्कासी आगो सल्किएको दृश्य स्थानीयहरूले फेसबुक लाइभमार्फत सार्वजनिक गरेका छन् । प्रत्यक्षदर्शी इन्द्रजीत मुखिया सुनुवारले सामाजिक सञ्जालमा ‘तारमा आगो लाग्यो’ भन्दै भिडियो साझा गरेका छन्, जसमा ट्रान्सफर्मर वरपरका तारमा आगो सल्किएको देखिन्छ। आगोको झिल्काले आसपासको सडक क्षेत्र समेत जोखिममा परेको छ। स्थानीयहरूले यस घटनालाई गम्भीर दुर्घटनाको संकेत मान्दै विद्युत प्राधिकरण र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । पछिल्ला केही दिनयता बिर्तामोडका विभिन्न स्थानमा यस्ता घटनाहरू दोहोरिँदै आएका छन्। आज बिहान पनि मुक्तिचोक पश्चिमतर्फको अर्को…

Read More

बिर्तामोड, ३ साउन । झापाको बिर्तामोड नगरपालिका–५ मा अवस्थित न्यूटन्स एजुकेशन एकाडेमीले कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरणसहित स्वागत गरेको छ। शनिबार आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस शैक्षिक सत्रमा विद्यालयमा एक सयभन्दा बढी विद्यार्थी भर्ना भएका छन्। कार्यक्रमको अध्यक्षता विद्यालय अभिभावक संघ इकाई अध्यक्ष नरेश भट्टराईले गरेका थिए भने प्रमुख अतिथि बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए। प्लस टु को–अडिनेटर केवल सापकोटाले स्वागत मन्तव्य दिँदै विद्यालयको अनुशासन, आचारसंहिता तथा शैक्षिक नीतिबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराए। विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले संस्थापक स्व. हरि प्रसाईको उद्देश्यअनुसार नै विद्यालय सञ्चालन भइरहेको…

Read More

झापा, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र विचार नमिल्ने नेताहरुलाई स्पष्ट सन्देश दिएका छन्—“अनुशासन र विधिमा नबस्नेले बाटो तताउँदा हुन्छ।” शनिबार धुलाबारीस्थित पासाङल्यामु स्मृति प्रतिष्ठानमा आयोजित राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्द्द। अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्था परिवर्तनका लागि आन्दोलन नै एक मात्र विकल्प भएको दोहोर्याउँदै कार्यकर्ता र नेताहरुलाई संगठन सुदृढ गर्न निर्देशन दिए। भ्रष्टाचारविरुद्ध राप्रपा मात्र सक्रिय रहेको दाबी गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको जानकारी पनि दिए । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरिन्। उनले राप्रपा…

Read More

हल्दिबारी, ३ साउन । आफ्नो जीवनको चार दशकजति समय आफन्तको जग्गा संरक्षण गर्दै बिताएका बृद्ध दम्पती जयप्रसाद ढुङ्गेल र देबीमाया ढुङ्गेल न्यायको खोजीमा आज पनि भौतारिइरहेका छन्। २०४५ सालमा हल्दिबारी–१ फागुनन्द टोलका जीवनाथ बरालले ६ बिगाहा जग्गा संरक्षण गर्न साइनोका आधारमा ढुङ्गेल परिवारलाई ल्याएका थिए। उनले वाचा गरेअनुसार १० कठ्ठा जग्गा दिने भने पनि त्यो वाचा मृत्युसँगै विग्रिएको छ। बराल परिवारका सन्तानले वर्षौँसम्म वाचा पुरा गरेनन्। गाउँपालिकाको न्यायिक समितिमा स्थानीय, जनप्रतिनिधि र दुवै पक्षबीच भएको छलफलपछि अन्ततः तीन कठ्ठा जग्गा हालको बसोबास स्थानमै दिने सहमति भयो। तर, त्यो पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। ८४ वर्षीय जयप्रसाद ढुङ्गेल आँखा देख्न नसक्ने…

Read More