
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ माघ । प्रदेश नम्वर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेशको नामकरण सहमतिबाटै आगामी अधिवेशनले टुङग््याउने बताउनुभएको छ । सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा आज झापाको बिर्तामोडमा भएको छलफलमा उहाँले प्रदेशको नामकरण सम्वाद र सहमतिबाटै टुङ्गो लाग्ने दावी भर्नुभयो । समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उहाँले प्रतिवद्धतासमेत जनाउनुभयो । छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृले राखेको धारणा र दिएको सुझवप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारका तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने बताउनुभयो । राज्यमन्त्री गजमेरको सम्मानसहित छलफल कार्यक्रमको आयोजना सम्वाद समूह झापाले गरेको…
झापा, १७ माघ । झापाको बाह्रदशी गाउँपालिकामा आज एक महिला मृ तवस्थामा फेला परेकी छन् । बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७ः३० बजे ज लेको अवस्थामा मृ त फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै घरभित्र मृ तावस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरभित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले मृतकको कानूनी प्रक्रिया पूरा गरी श व परीक्षणका लागि मेची अस्पताल भद्रपुरमा पठाएको उहाँले बताउनुभयो । यसैबीच झापाको…
धरान, १७ माघ । सुनसरीको धरान उप(महानगरपालिका-६ बाट २ नाल भरुबा बन्दुक र मृत बदेल सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान राती १ बजेको समयमा प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान(६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान-६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाललाई चेकजाँच गर्दा निजहरुको साथबाट २ नाल भरुवा बन्दुक र मृत अवस्थाको करिव ६ किलो वजन भएको बदेल बरामद गरेको थियो । निजहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटर साईकल समेत…
काठमाडौं, १७ माघ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत् राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले उनलाई बिहीबार निलम्बन गरिएको बताए । साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ । यसअघि कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् । राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
भद्रपुर, १७ माघ । मेचीनगर नगरपालिका–१ भोर्लेनीमा भारतको कारगील युद्धमा ज्यान गुमाएका दुई नेपाली शहीदको स्मृतिमा गुरुकुल सञ्चालन गरिएको छ । युद्धमा ज्यान गुमाएका सोही स्थानका सुरेशकुमार क्षेत्री ९थापा० र उहाँकै दाजु महेश क्षेत्री ९थापा० को स्मृतिमा रु। १ करोड १० लाखको लागतमा श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुगुल सञ्चालन गरिएको हो । उहाँहरु दुवैले सन् १९९९ जुलाई ७ तारिखका दिन कारगील युद्घमा शाहदत प्राप्त गर्नुभएको थियो । उहाँहरुकै स्मृतिमा थापा परिवारले स्थानीय सुभद्रा राईले निःशुल्क दिएको रु। ४८ लाख मूल्य बराबरको १६ कठ्ठा जमिनमा गुरुकुल सञ्चालनमा ल्याइएको सहिद परिवारका सदस्य रामहरि थापाले बताए । श्री महेश्वर सुरेश्वर मातृछायाँ गुरुकुल व्यवस्थापन…
इलाम, १७ माघ । इलामको माङसेवुङ गाउँपालिका–३ का २२ वर्षीय विशाल राई र २३ वर्षीय शिवकुमार राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । दुवै जनालाई गाउँमा शंकास्पद गतिविधिहरु गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलिले निजहरुलाई २ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट १५० ग्राम बारुद समेत फेला परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । भरुवा बन्दुक सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, १७ माघ । झापाको बिर्तामोडबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ५ बजे बिर्तामोड नगरपालिका(६ का २६ बर्षीय प्रदिप थापा मगरलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुट्टाबारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोडको कृष्ण हल छेऊबाट झापा हल्दिवारी( ४ का २१ बर्षीय सौगात मगर र २१ बर्षकै बिबेक राई तथा हल्दिवारी(३ का २४ बर्षीय सन्तोष चुडाललाई ३ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको…
बिर्तामोड, १७ माघ । झापामा केही वर्षयता ब्राउनसुगरको कारोबारमा बृद्धि हुँदै गएको छ । झापा प्रहरीले चालू आर्थिक वर्ष २०७६÷०७७ को पुस मसान्तसम्ममा ९ सय ८६ दशमलव २८६ ग्राम ब्राउन सुगर बरामद गरेको छ । ७ महिलासहित ९५ जनाबाट प्रहरीले उक्त परिमाणमा ब्राउन सुगर बरामद गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा दुई गुणा बढी हो । आव २०७५÷०७६ मा ७ सय ६७ दशमलव ९९७ ग्राम ब्राउनसुगर बरामद भएको थियो भने १५ महिलासहित २ सय १ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ । त्यस्तै, आर्थिक वर्ष २०७३÷०७४ मा २०३ दशमलव ६१६ मिलिग्राम ब्राउनसुगर,…
काठमाडौँ, १७ माघ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अधिकांश केन्द्रीय सदस्य अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिएको छ । १५ समूहमा भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले एमसिसीको विरोध गरेका हुन्। उनीहरूले कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले सैन्य रणनीतिअन्तर्गत आएको सहयोग स्वीकार गर्न नहुने बताएका थिए। केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बैठकको उद्घाटन सत्रमा दिएको अभिव्यक्ति चित्तबुझ्दो नभएको प्रतिक्रियासमेत दिएका थिए। उनीहरूले विज्ञ समूह बनाएर त्यसले दिएको रिपोर्टका आधारमा मात्रै एमसिसीबारे निर्णय गर्न सरकारलाई सुझाव दिए। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही, जनवर्गीय संगठन कार्यालय पेरिस डाँडा र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै समूहमा छलफल गरेका…
काठमाडौं, १७ माघ । एक सरकारी जागिरमा रहेका कार्यालय सहयोगीले आफ्नो सेवा अवधिमा कति रकम आम्दानी गर्लान्रु एक करोड वा त्यो भन्दा बढी । तर मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले भने झण्डै ९ करोड भन्दा बढी सम्पत्ति कमाएका छन् । बस्नेतमाथि अ’बैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले हालै मुद्दा दायर गरेको छ । अवैध सम्पत्ति आर्जन गरेको कसुरमा विगो ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ कामय गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । बस्नेतले २०४५ साल असोज १९ देखि मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु…