झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ माघ । आउँदो गणतन्त्र दिवसको दिन अर्थात २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ । सरकारले स्मारक नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२ औं गणतन्त्र दिवसको दिन सो स्मारक खुला गर्ने तयारी सुरु गरिएको हो । निर्माण सम्पन्न भएको ७ वर्षपछि हस्तान्तरण भएको स्मारकलाई व्यवस्थापन गर्न कम्तिमा पनि तीन महिना लाग्ने भएकाले सोही अनुसार तयारी सुरु भएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । शहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण गर्न सुरु गरेको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ…

Read More

झापा, ५ माघ । अन्तरराष्ट्रिय मुद्राकोष ९आईएमएफ०ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन ९जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ० ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो । चालू आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण आप्रवाहमा आएको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक वृद्धिदर प्रभावित हुने निष्कर्ष आईएमएफले निकालेको छ । आईएमएफले चालू पूँजी खातातर्फको घाटा सुधार हुनु, कर्जा प्रवाहमा सुधार देखिनु तथा विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर हुनु सकारात्मक भएको टिप्पणी गरेको छ…

Read More

झापा, ५ माघ । विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विषादीका विषयमा प्रभावकारी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको हो । सर्वोच्चले विषादी प्रयोग गरिएका खाद्यान्न कति समयपछि प्रयोगमा ल्याउन सकिने हो भन्ने कुरा विशेषज्ञबाट यकिन गर्न पनि उनीहरुले दिएको आदेशको पूर्णपाठमा उल्लेख छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

झापा, ५ माघ । पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नको लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमा झापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक भएको हो । साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको हो । भारतमा हालै सम्पन्न नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्पाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय पहिलो बैठकमा चितवनको लोथर र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा भारतीय पक्ष सहमत भएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

बितामोड, ५ माघ । झपाको बिर्तामोडमा पाँचथरबाट बसाइँसराइ गरी बसोबास गर्दै आएका गुरुङ समुदायले पाँचथर गुरुङ समाज गठन गरेका छन् । शनिबार बिर्तामोड–३ मा भएको तमु ल्होसार शुभकामना आदन –प्रदान तथा भेट्घाट क्रायक्रमबीच समिति गठन गरिएको हो । अम्मर बहादुर गुरुङको संयोजनमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रविन गुरूङ, सचिवमा निर्मला गुरुङ ,सह सचिव नरेश गुरुङ , कोषाधक्षमा रेनुका गुरुङ सह कोषाधक्ष नेत्र प्रसाद गुरुङ चयन भएका छन्। त्यसतै सदस्यहरूमा टीका गुरुङ ,सुरभि गुरुङ ,सुलोचना गुरुङ ,सेर बहादुर गुरुङ ,बिष्णु गुरुङ रहेका छन् । खड्ग गुरुङको अध्यक्षतामा भएको क्रायक्रमको प्रमुख आथित्यता पाँचथर रानिटार गा।वि।स।का पूव अध्यक्ष…

Read More

विराटनगर, ४ माघ । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच प्रदेश नं १ मा ‘प्रदेश सहयोग कार्यक्रम’ अन्तर्गत प्राप्त हुने रु एक अर्बले प्रदेश सरकारलाई समतामूलक विकास अघि बढाउन तथा सार्वजनिक सेवा प्रवाह गर्न सहयोग पुग्ने भएको छ । चार वर्षका लागि सञ्चालन हुने सो परियोजनामा प्रदेश सरकारले रु २० करोड थप्ने भएको छ । परियोजनाको कूल रकम रु एक अर्ब २० करोड हुने प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । सो परियोजना सञ्चालनसम्बन्धी सम्झौतापत्रमा माघ ३ गते अर्थमन्त्रालयका सहसचिव कृष्ण नेपाल र स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्याप्लरले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर समारोहमा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश…

Read More

सुरेन्द्र भण्डारी झापा, ४ माघ । झापा बुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी बगानभित्र लगाउनुभएको अलैँचीखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । रहरले करेसाबारीमा लगाएको अलैँची सप्रिएर फल्न थालेपछि उहाँले अहिले सुपारी बगानभित्र ५०० बिरुवा रोप्नुभएको छ । बिरुवामध्ये २०० बोटले फल दिन शुरु गरेको उप्रेतीले बताउनुभयो । “गरे हुँदो रहेछ”, उहाँले भन्नुभयो, “काका रामप्रसाद र मैले पहाडबाट अलैँचीका बिरुवा ल्याएर करेसाबारीमा रोपेका थियौँ सप्रियो, अनि फल्यो । अहिले सबै सुपारी बगानभित्र अलैँचीसहितकोे खेती गरेका छौँ ।” उप्रेतीले आफ्नो एक बिघा आठ कट्ठा जमिनमा वार्षिक रु पाँच लाख बराबरको अलैँचीसहितका बाली उत्पादन गर्नुहुन्छ । केही जमिनमा सुपारी बगानभित्रै मौसमअनुसारको तरकारी…

Read More

पाँचथर, ४ माघ । रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आ’त्मह’त्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दु’र्घट’नामा परी ज्यान गुमाए । साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मा’नसिक त’नावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घ’टनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ । तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु…

Read More

झापा, ४ माघ । झापाको बिर्तामोड नगरपालिका–३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ का २६ बर्षीय बिकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का सुवास तामाङलाई २७ ग्राम ब्राउन सुगर र निजहरुले प्रयोग गरेको मे ३ प ८९८ नम्बरको स्कुटर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Read More

बिर्तामोड, ३ माघ । बिर्तामोड नगरपालिका–६ लाई पूर्ण सरसफाई कार्ययोजना निर्माणका लागि समिति गठन गरिएको छ । वडा सदस्य पर्शुराम खनालको संयोजकत्वमा गठित समितिले वडालाई आगामी तीनवर्ष भित्रमा पूर्ण सरसफाई उन्मुख वडा बनाउनका लागि सातदिन भित्रमा गर्नुपर्ने कामको योजना बनाउने जिम्मेवारी दिइएको छ । समितिका अन्य सदस्यहरुमा अर्जुन खवास, चनद्र नुगु, आइतमाया शेर्मा, सुवास भट्टराई, हिमा निरौला र इन्द्रबहादुर थेगुवा रहनु भएको छ । समितिले बनाएको योजनामा आगामी शुक्रबार टोल समितिका पदाधिकारी सहितको उपस्थितिमा छलफल गरी त्यसलाई नगरपालिकामा पठाइने संयोजक खनालले जानकारी दिनुभयो । कार्ययोजना निर्माण अघि पूर्ण सरसफाई कार्ययोजना निर्माण सम्बन्धी एकदिने कार्यशाला आज (शुक्रवार) सम्पन्न भएको छ ।…

Read More