
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, ७ माघ । झापा कनकाईस्थित ज्ञानज्योती युवा क्लबले एक कार्यक्रमका बीच सोमबार जाडोको कपडा वितरण गरेको छ । विपन्न समुदायका लागि लक्षित गरेर संकलन गरिएको जाडोको कपडा कनकाई नगरको वडा नं. ५ स्थित बेनुबाजा क्षेत्रका एक सय बढी बिपन्न समुदायलाई वितरण गरिएको ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेट्वालले बताए । क्लबले सुरुङ्गामा सञ्चालन गरेको ‘कपडा बैंक’ मार्फत जाडोको कपडा वितरण गरेको हो । क्लबले कनकाई नगरको सुरुङ्गा चौकस्थित सार्वजनिक स्थलमा भर्खरै जाडोको समयभरी रहने गरी कपडा बैंक पनि संचालनमा ल्याएको छ । निम्नस्तरका स्थानीयबासीलाई एक मान्छे एक सरो कपडा भन्ने अभियानका साथ क्लवले कनकाई नगरका विभिन्न टोलमा जाडोको कपडा…
झापा, ७ माघ । झापाको दमक–१ घर भएकी ढाका कपडा व्यवसायी नीरु पुलामीलाई आफूले उत्पादन गरेको कपडाको माग निरन्तर बढ्दै गएपछि बजार धान्न मुस्किल हुँदै गएको छ । नानीहरु स्कूल र जागिरे पति काममा गएपछि घर रुङेर समय बिताउनुभन्दा ढाकाको तान बुन्ने सीप सिकेर २० वर्षअघि स्वरोजगारमा लाग्नुभएकी उहाँ अहिले सयौँलाई रोजगारी दिने उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ । “हिजो फुर्सदको समयमा शुरु गरेको व्यवसाय आज जीवन धान्ने माध्यम बनेको छ”, पुलामी आफूले रोजेको स्वरोजगारीको बाटोप्रति खुशी हुँदै भन्नुहुन्छ । दमक–१ मा उहाँले सञ्चालन गरेको प्रवीण ढाका उद्योगमा ७० भन्दा बढी कपडा बुन्ने हाते मेसिन ९तान० छन् । उहाँको…
झापा, ७ माघ । झापा अर्जुनधारा नगरपालिका–५ का ५४ वर्षीय पशुपति भट्टराईको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । सोमबार अपरान्ह पौने ४ बजे मोरङ बेलबारी–४ बेतनास्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक एक आपसमा ठोक्किदा मोटरसाईकल चालक भट्टराई तथा पछाडी सवार रहेकी निजकै श्रीमती लक्ष्मी भट्टराई घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपति भट्टराईको बेलुका साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । म्याजिक र चालक उक्त कार्यालयले नियन्त्रणमा…
झापा, ६ माघ । झापा मेचीनगर नगरपालिका-६ बद्री चोक स्थित खेतमा नबजात शिशुको शव फेला परेको छ। आज बिहान के कुन समयमा खेतको गहरामा सालनाल सहितको छोरी जातको नबजात शिशुको शव फेला परेको भनि स्थानीयहरुले बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय झापामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
खोटाङ, ६ माघ । उदयपुर त्रियुगा नगरपालिका–६ बस्ने २८ बर्षीय देब नारायण चौधरीलाई ट्याक्टरले किच्दा उनको मृत्यु भएको छ। आज राती ०१ः४५ बजेको समयमा खोटाङको हलेसीबाट रंबुवा तर्फ जाँदै गरेको ना५ त ७१५४ नम्बरको ट्याक्टर दिक्तेल सडकखण्ड स्थित ऐसेलुखर्क भन्ने स्थानमा अचानक अनियन्त्रित भइ सडक देखि अन्दाजी २५ मिटर तल पल्टिई दुर्घटना हुदा सोही ट्याक्टरका चालक देब नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।
झापा, ६ माघ । दमक–१० स्थित रतुवा खोलामा निमाणाधीन पुलमा राखिएको स्काइभेटरमा अज्ञात समुहले आगो लगाइदिएको छ । आइतबार राति करिव १२ः३० बजे १५÷१६ जनाको समूहमा आएको नकावधारीको समूहले स्काइभेटरमा आगो लगाइदिएको ठेकेदार कम्पनीका इन्चार्ज गुरु ढुङ्गानाले बताए । अज्ञात समुहले सगै राखिएको भ्याकुलोडरको समेत सिसा फुटाइदिएका छन् । दुई वटा स्काभेरटमा आगजनी गरिएपछि घटना स्थलमा प्रहरी टोली खटिएको छ । घटनाबारे विस्तृत विवरण आइनसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
लमजुङ, ६ माघ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को आयोजना निर्माणाधीन छन् । त्यस्तै दोर्दीखोला जलविद्युत्् कम्पनीले १२।१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन् । ती मध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा…
मोरङ, ५ माघ । प्रदेश १ सरकार गठन भएको झण्डै २ वर्षपछि आइतबार मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विवादकाबीच पनि प्रदेश सरकारमा चार जना नयाँ राज्यमन्त्री नियुक्त भएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास मन्त्रालयमा जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री शेरधन राईले संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश सभा सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष गरेको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास…
काठमाडौँ, ५ माघ । लामो समयको रस्कारस्कीपछि अन्ततः पुर्व माओवादीबाट अग्नि सापकोटा सभामुखको उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले नेता सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख पदमा उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको पार्टीका महासचिव समेत रहेका विष्णु पौडेलले बताए । ‘सभामुख पदका लागि दलका तर्फबाट धेरै आकांक्षीहरू हुनुहुन्थ्यो । त्यसमध्ये सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय सर्वसहमतिका साथ गरिएको छ,’ पौडेलले भने । अब उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बाटो खुलेको छ । उनले नेकपाले सभामुख उम्मेदवार तय गरेपछि मात्र…
काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकको देशैभरबाट विरोध गरेको छ । संसद्मा सरकारले पेश गरेको यस विधेयकको कांग्रेसले ७७ वटै जिल्लामा बिरोध गरेको हो । आइतबार ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाएर कांग्रेसले विधयेकको विरोध गरेको हो । कांग्रेसले ७७ वटै जिल्लामा जिल्ला सभापतिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । ‘नागरिकको बोल्न पाउने अधिकारसमेत कुण्ठित गर्नेगरी तयार भएको विधेयक फिर्ता लिनै पर्छ,’ उनले भने, ’सामाजिक सञ्जालमा कसैले कसैलाई व्यंग्य गरे पाँच वर्ष जेल र १५ लाख जरिवानालगायतका प्रावधान खारेज गरिनु पर्छ…