झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

तेहराइन, २३ पुस । इरानमा भएको विमान दुर्घटनामा विमानमा १८० जना सवार सबै जनाको मृत्यु भएको छ। इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार चालक दलका सदस्य सहित सवार १८० जना यात्रुको मृ’त्यु भएको हो । तेहरानबाट युक्रेन उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमान तेहराइनस्थित विमानस्थलबाट युक्रेनको किभस्थित बोर्यस्पिल विमानस्थलका लागि उडेको केही क्षणमै दु’र्घट’नामा परेको हो। एजेन्सी

Read More

झापा, २३ पुस । झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् । गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण गरेका थिए । गाउँपालिकाले तीन जना घुम्ती शिक्षक कम्प्युटर पढाउन नियुक्तसमेत गरेको छ । शिक्षकले पढाउन नभ्याउँदा विद्यालयको कोठामा रहेका कम्प्युटरमा माकुराले जालो लगाउन थालेका छन् । प्रधानाध्यापक रामबहादुर बुढाथोकीले विद्यालयसँग कम्प्युटर शिक्षक नभएको र गाउँपालिकाका घुम्ती शिक्षक नियमित नआउँदा दाताले दिएका कम्प्युटर प्रयोगविहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घुम्ती शिक्षक हुनुहुन्छ, कहिले महिनामा एकपटक त कहिले १५ दिनमा आउनुहुन्छ ।”…

Read More

बिर्तामोड, २३ पुस । निर्माणाधीन ‘झापा नाटक घर’ का लागि ‘एक इँटा अभियान’ अन्तरगत बिर्तामोडका सक्रिय युवाहरुको संस्था ‘एक्टिभ नाइन’ ले नौवटा इँटा सहयोग गरेको छ । नाटक घर निर्माणमा हरेक नागरिकको सहभागिता रहनुपर्छ भन्ने मान्यताका साथ ‘एक्टिभ नाइन’ ले संस्था स्थापनाको दोस्रो वर्षका अवसरमा मंगलवार आफ्नो तर्फबाट नौवटा इँटा प्रतिकात्मकरुपमा सहयोग गरेको हो । पञ्चेवाजाको संरक्षण र प्रवद्र्धनमा ‘एक्टिभ नाइन’ ले आफूलाई झापामा स्थापित गरिसकेको छ । शंखध्वनि प्रतियोगिता गराएर पनि एक्टिभ नाइनले समाज रुपान्तरणको अभियानमा आफूलाई अब्बल सावित गरेको हो । कला साहित्यको संरक्षणमा पनि योगदान गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै झापा नाटक घर निर्माणका लागि एक इँटा…

Read More

बिर्तामोड, २३ पुस । झापाको बिर्तामोड नगरपालिकाले किसान विद्रोहका क्रममा ९ वर्ष ३ महिना कठोर जेल जीवन बिताउनुभएका योद्धा टंकप्रसाद चौधरीका लागि घर निर्माण गरिदिने भएको छ । विसं. २०२८ सालमा भएको किसान विद्रोहका क्रममा ७० वर्षीय चौधरीले कठोर जेल जीवन बताउनुभएको थियो । उहाँ हाल बिर्तामोड–ं४ मा आफन्तकोमा आश्रय लिएर बसिरहनुभएको छ । स्थानीय सामाजसेवी भक्तिप्रसाद तिवारीले साढेपाँच धूर जग्गा निःशुल्क उपलब्ध गराएपछि सो जग्गामा नगर पालिकाले घर निर्माण गरिदिन लागेको नगर प्रमुख ध्रुवकुमार शिबाकोटीले जानकारी दिनुभयो । तिवारीले प्रदान गर्नुभएको सो जग्गाको धनीपूर्जा हिजो नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख शिवाकोटीले…

Read More

बिर्तामोड, २३ पुस । झापाको बिर्तामोड नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड–५ स्थित मित्रनगरबाट नक्कली नोटसहित सोमबार सोही वडाका ३४ वर्षीय सुरेन्द्र योङ्हाङ र मोरङको बेलबारी नगरपालिका–४ का २५ वर्षीय किरण खवासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको रू एक हजार दरको दुई थान नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

ओखलढुङ्गा, २२ पुस । ओखलढुङगाको सुनकोशी गाउँपालिका–३ स्थित सिस्नेरीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार राती साढे १० बजेको समयमा बा ६५ प ७४७३ नम्बरको मोटरसाईकलमा भञ्ज्याङबाट सुनकोशी बल्खु तर्फ जाने क्रममा स्थानीय ४५ बर्षिय शेरबहादुर मगरको मृत्यु भएको हो । मोटरसाईकल अनियन्त्रित भई बाटोबाट अंदाजी ३०० मिटर तल खसेर दुर्घटना हुदा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारेमा जनाकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली खटिएको थियो ।

Read More

मोरङ, २२ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा यहाँ आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,“ साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्छ ।” मुख्यमन्त्री राईले स्थानीय तहले कानून निर्माण, कार्यान्वयन र जनतामा नजिता पस्कनुपर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारले कानून निर्माणमा स्थानीय तहसँग सहकार्य गर्ने छ भन्नुभयो । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले संविधान निर्दिष्ट अधिकार कतैबाट कटौती हुन नहुने…

Read More

तित्राआजको‌ यो‌ पै‌साको‌ संसार‌मा बिना पै‌साको‌, मुफतको‌, निःशुल्क चिजको‌ कुनै‌ माने‌मुला महत्व र‌हँदै‌न । निःशुल्क भने‌पछि त्यसको‌ वजन, गरि‌मा, महिमा नै‌ समाप्त हुन्छ भन्ने‌ कुर‌ा सर‌कार‌ी विद्यालयहरू निःशुल्क भएपछि विद्यार्थीहरूको‌ परि‌णामले‌ दे‌खाइर‌हे‌कै‌ छ । भो‌जभते‌र‌हरूमा खाइनसके‌र‌ मिल्काएको‌ खाद्यान्नको‌ दुरुपयो‌ग पनि निःशुल्ककै‌ परि‌णति हो‌ । हो‌टलमा किने‌र‌ खाएको‌ मासु चाटीचुटी खाने‌ मात्र हो‌इन, बटुकै‌ निलौ‌ंला झै‌ं गनेर्‌ मान्छे‌ कुनै‌ भो‌जमा पुग्यो‌ भने‌ एक थाल मासु पस्किन्छ र‌ आधा खान्छ अनि आधा फ्याक्छ । किनभने‌ त्यहाँ पै‌सा तिर्नु पदैर्‌न । आचार‌विचार‌, विवे‌क, चरि‌त्रका कुर‌ै‌ नगर‌े‌ हुन्छ, त्यस्ता मान्छे‌का निम्ति आर्थिक दण्ड आवश्यक छ । भो‌जभते‌र‌मा पनि भर‌पे‌ट खाएको‌ निःशुल्क र‌ फ्याँके‌को‌ चाहिं चकोर्‌ मूल्य असुल्ने‌ हो‌ भने‌ त्यो‌…

Read More

इलाम, २१ पुस । इलामको सुर्योदय नगरपालिका–१२ आठघरेमा दाजु भाइ बीच झगडा तथा कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार राति स्थानीय ४६ वर्षीय हर्क बहादुर रसाइली र ४८ बर्षीय राम बहादुर रसाइली बीच मादक पदार्थ सेवन गरी झैझगडा भई दाजुले भाइलाई कुटपीट गर्दा ४६ वर्षीय हर्कबहादुर रसाईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटिइ कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भइरहेको छ भने हत्यामा संग्लग्न तत्काल फरार रहेकोले खोजतलास भइरहेको छ ।

Read More

विर्तामोड, २१ पुस । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा स्व. तुर्सा हेमरमको २४ औं स्मृतिदिवस विविध कार्यक्रम गरी मनाइएको छ । तुर्सा हेमरम स्मृति भवन सुरुङ्गामा आयोजित एक कार्यक्रमका बीच तुर्सा हेमरमले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको चर्चासँगै सन्थाल जातजातिको सांस्कृतिक नृत्यसहित धनुषकाँड प्रतियोगिता गरी हेमरमको स्मरण गरिएको हो । तुर्सा हेमरम स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद सिताराम मेहताले तुर्सा हेमरम वी.पी.का समकालीन नेता भएको चर्चा गर्दै वी.पी., सि.के, र तुर्सा हेमरमले प्रजातन्त्र प्राप्तिका लागि अनुकरणीय कार्य गरेको चर्चा गर्नुभयो । कार्यक्रमका विशेष अतिथि तथा पूर्व सांसद डिल्ली सिटौलाले तुर्सा हेमरम प्रजातन्त्रप्रति निष्ठावान नेता भएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रको…

Read More