झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

आँखाले‌ के‌ही ठम्याउन सक्दै‌नन्, पढ्नका लागि ल्यापटप र‌ इन्टर‌ने‌टको‌ साथ लिन्छन्, मो‌बाइलमा पनि स्व्रmीनरि‌डर‌को‌ प्रयो‌ग गर‌े‌का छन्, मो‌बाइलमा घण्टी बज्नासाथ कसले‌ फो‌न गर‌्यो‌ भन्ने‌ सूचना पाउँछन्, बो‌लीबाट नै‌ घर‌मा पुग्ने‌ आफन्त र‌ साथीभाइ चिन्छन्, प्रविधि नै‌ उनको‌ भर‌पर्दाे‌ सार‌थि बने‌को‌ छ । छामछुम गर‌े‌र‌ घर‌को‌ ढो‌कासम्म खो‌ल्छन्, घर‌मा पुग्ने‌ जो‌ को‌हीलाई छामछुम गर्दै‌ बै‌ठक को‌ठासम्म पु¥याउँछन्, उनमा काम गर्ने‌ जो‌शमा कुनै‌ कमी छै‌न । मुलुकको‌ र‌ाजनीतिक, आर्थिक र‌ सामाजिक विषयमा गहन विचार‌विमर्श गर्छन् । अध्ययनप्रतिको‌ उनको‌ रुचिमा कुनै‌ कमी छै‌न । तर‌, सहार‌ाबिना हिँडडुल गर्न सक्दै‌नन् । भद्रपुर‌, क्याम्पसमो‌ड भद्रशिवा मन्दिर‌ सामुन्ने‌ र‌हे‌को‌ उनको‌ निवासमा पुग्ने‌ जो‌ को‌हीले‌ उनको‌ आत्मविश्वास र‌ लगनशीलताबाट धे‌र‌ै‌ कुर‌ा सिक्न…

Read More

काठमाडौं, २१ पुस । रेल सञ्जाल निर्माण तथा सञ्चालनको सम्भाव्यता अध्ययनको काम जारी रहेका बेला सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ । रेल्वे सेवाको विकास, विस्तार, सञ्चालनलगायतका व्यवस्था समेटेर कानुनी आधार तयार पार्न विधेयक संसद्मा दर्ता गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले दर्ता गरेको विधेयकको प्रक्रिया चालू अधिवेशनमै अगाडि बढ्ने छ । विधेयकमा रेल, मेट्रो रेल, मोनो रेलको विकास तथा विस्तारका आवश्यक संरचना, बोर्ड र कार्यकारी समिति गठनको प्रस्ताव गरिएको छ । सरकारले चालू वर्षमा रेल सेवाको अध्ययन, विस्तारलगायतका काममा सात अर्ब ७० करोड रुपियाँ विनियोजनसमेत गरेको छ । विदेशी भूमिमा पनि…

Read More

झापा, २१ पुस । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला–पुरुष)लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ । चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका छन् । आजको आर्थिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २१ पुस । नेपालको छिमेकी देश भारतमा नयाँ ट्राफिक नियम लागू भएपछि पत्त्याउनै नसकिने किसिमका ट्राफिक जरिवानाहरु भएको समाचार सुन्दै आइरहेका छौं । अब नेपालमा पनि त्यस्तै किसिमका समाचार बन्न नसक्लान भनेर ढुक्क हुने र सवारी जथाभावी चलाउने दिन गएका छन् । हालै जारी भएको नयाँ ट्राफिकसम्बन्धी नियममा सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ । त्यति मात्र होइन सरकारले अब न्युनतम दुई हजार र अधिकतम एक लाख रुपैयाँसम्म पुर्‍याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जिन गर्दै सवारी नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउने तयारी…

Read More

अर्जुनधारा, २१ पुस । अर्जुनधारा नगरपालिकाले कराते खेलाडी एस्तर राईसहित फुटबल खेलमा विजेता बनेको नगरस्तरीय टिमलाई आइतबार नगदसहित सम्मान गरेको छ । गत महिना सम्पन्न १३औँ दक्षिण एसियाली गेम्स (साग)मा करातेको कुमुतेतर्फ कास्य पदक जितेकी अर्जुनधारा ५ कि एस्तर राईलाई नगद २५ हजार र ताम्रपत्रसहित सम्मान गरेको हो । नगरपालिकामा आयोजित खेलाडी सम्मान तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नगर प्रमुख हरिकुमार राना र नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचेले उनलाई पुरस्कार तथा सम्मान गरेका हुन् । सोही कार्यक्रममा विजेता फुटबल टिमलाई पनि नगदसहित सम्मान गरिएको छ । दुई साताअघि सुरुंगामा सम्पन्न पालिकास्तरीय फुटबल प्रतियोगितामा…

Read More

भद्रपुर, २१ पुस । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँको आयोजनामा ‘राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी’ आइतबार चन्द्रगढीमा जनप्रतिनिधि र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । झापाका १५ स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता र वितरणका लागि टोली पठाउने बारेमा अन्तरक्रिया गरिएको हो । नागरिकता लिएका हरेक नागरिकको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय झापाले सबै स्थानीय तहहरूमा माघको दोस्रो हप्तादेखि टोली खटाउने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । उनका अनुसार चालु आर्थिक बर्षको साउनदेखि नै झापामा परिचय पत्रको विवरण दर्ता सुरु भए पनि हालसम्ममा ११ हजारले मात्र दर्ता गरेका छन् । एक हजार जनाले परिचय…

Read More

अर्जुनधारा, २१ पुस । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा उत्पादन हुने बहुमूल्य कृषिवस्तुको प्रशोधन कारखाना स्वदेशमै स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ । विदेशी मुद्रा आर्जन गर्ने बहुमूल्य कृषिवस्तु अलैंचीको मूल्य लगातार ओरालो लाग्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पूर्व अर्थमन्त्री पाण्डेले सबैखाले कृषि वस्तुको देशमै प्रशोधन कारखाना स्थापना गरी प्रशोधित वस्तु निर्यात गर्नुपर्ने बताउनु भयो । झापाको अर्जुनधारा नगरपालिकाले नगरभित्र गठित विभिन्न समितिका पदाधिकारीहरुका लागि आयोजना गरेको सपथग्रहण समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व मन्त्री पाण्डेले सबल अर्थतन्त्र नै देशको समृद्धिको मुख्य आधार भएकोले नेपाली अर्थतन्त्र उकास्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । दुई वर्ष अघिसम्म प्रतिमन…

Read More

अर्जुनधारा, १९ पुस । झापको अर्जुनधारा –५ मा रहेको भानु माध्यमिक विद्यालयको ६० औं बार्षिक उत्सव सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्दै विद्यालयले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । देवी तुलसा शिक्षा स्मृति पुरस्कारबाट २०७५ सालको एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र सन्दीप कट्टेल र छात्रा निशा विष्टलाई नगद सहित सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै गरी पुरुषोतम शिक्षा स्मृति पुरस्कारबाट कक्षा ११ मा उत्कृष्ट अंक लयाउने ओमप्रकाश विश्वकर्मालाई नगद सहित सम्मान गरिएको शिक्षक देवीप्रसाद गौतमले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले विद्यार्थीलाई पुरस्कार…

Read More

काठमाडौँ, १९ पुस । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीबीच आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । प्रदेश नं २ मा हुने चार पदको निर्वाचनमा काँग्रेसका तर्फबाट महिला र अलपसङ्ख्यक तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने दुवै दलबीच सहमति भएको छ । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ…

Read More

मोरङ, १९ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री प्रदान गरिएको छ । मुख्यमन्त्री राईले आफुले अभिभाबकत्व लिएका मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको घरमा पुगेर आवश्यक शैक्षिक सामाग्री प्रदान गरिएको हो । मोरङको रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत अल्पसंख्यक समुदायका यी बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, खाद्यान्न सामाग्री र जाडोको लत्ता कपडा आज प्रदान गरिएको हो । रतुवामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणी कार्की, शिक्षक भिम लुँइटेल, शिक्षिका भिमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको…

Read More