
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, ८ पुस । झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो । मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो । रासस
मेचीनगर, ७ पुस । झापाको धुलावारीमा नौ गतेदेखि शुरु हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार कृषि तथा पर्यटन महोत्सब २०७६ को तयारी पुरा भएको छ । मेची उधोग बाणिज्य संघका अध्यक्ष रिषीराज तिम्सीनाले महोत्सवको तयारीबारे जानकारी गराउनु भएको हो । उहाँका अनुसार २०० वटा स्टल बुक भैसकेको र बाँकी ८ वटा स्टल थप गर्ने तयारी भैरहेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउन पनि बिशेष कार्यक्रम तय गरिएको तिम्सिनाले जानकारी दिनुभयो। भ्रमण बर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा पूर्वी नेपाल लगायत भारतका दार्जिलिङ आसाम तथा पश्चिम वंगाल र भुटानबाट पनि पर्यटकहरु महोत्सवमा सहभागी हुने जनाइएको छ । पर्यटकको लागि…
प्रज्वल भट्टराईकही कतै पाइला चाल्दा,आफ्नै देशमा चालुम लाग्छदेशकै लागि मर्न परेनेपालमै मरुम लाग्छ (२)दर्बार लाग्थ्यो अस्ति सम्म, आज मसान घाट भयोबिस्वास गर्याहरुले घात्दा यही देशलार्इ घात भयोस्वर्ग जस्तो देश आज दिउसै सुन्सान रात भयोनेता सबै चुप बसे, कुन्नी के को मात थियो, छिमेकी को माया हजुर सिमाना मा लात थियो, नेपाली को मन दुख्यो, अस्तित्वको बात थियो, स्वर्ग जस्तो देस आज दिउसै सुन्सान रात भयो, नेता सबै चुप बसे कुन्नी के को मात थियो श रुदा पाप लाग्छ, यो त अत्यचारनै भयोपाचै औला सहि थिए स्वस्तिक चिन्न गलत भयोपसिनाले कट्कटिएको औठा छाप चाइ बदर भयोकुन्नी के के बदर भयो१ हात्ति…
बिर्तामोड, ७ पुस । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही पुस ८ गतेबाट हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता सरेको छ । प्रतियोगिता यही पुस ११ गतेबाट सञ्चालन हुने भएको हो । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक÷एक टिमले सहभागिता जनाउने प्रतियागिता पुस १५ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष डिके गुरुङले जानकारी दिए । प्राविधिक कारणले प्रतियोगिता तीन दिन पछि सार्नुपरेको उनले बताए । बिर्तामोड फुटबल क्लबको आयोजनामा हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । क्लबका अध्यक्ष डिके गुरुङले हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता…
झापा, ६ पुस । कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ । मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय शिक्षामा आकर्षित गराउन निःशुल्क साइकल वितरण गरेको हो । हालसम्म १३८ छात्राले साइकल प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा २३५ छात्रालाई साइकल बाँड्ने गरी बजेट विनियोजन गरेको छ । मुस्लिम र आदिवासी समुदायका छात्राले माध्यमिक तहको शिक्षा पूरा नगर्दै विद्यालय छाड्ने समस्यालाई अन्त्य गर्न र शिक्षातर्फ आकर्षण बढाउन साइकल वितरण कार्यक्रम कार्यान्वयन गरेको पालिकाले जनाएको छ…
झापा, ६ पुस । सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ । राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकका खबर छ ।
झापा, ६ पुस । आवासीय घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस् । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य ऊर्जा बिक्री गर्न सक्नेछन् । घरमा उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसामा खरिद गर्नेछ । घाम लागेका बखत घरको छानामा उत्पादित सौर्य ऊर्जालाई प्राधिकरणको तार हुँदै विद्युत् वितरण प्रणालीमा जोड्न सकिन्छ । व्यक्तिले महिनाभरि प्राधिकरणको विद्युत् खपत गरेको र निजले प्राधिकरणलाई बिक्री गरेको विद्युतीय ऊर्जाको हिसाब गर्दा खपत गरेकोभन्दा बढी ऊर्जा बिक्री गरिएको पाइएमा त्यसबापतको रकमसमेत प्राधिकरणबाट प्राप्त हुनसक्छ । प्राधिकरणका प्रवक्ता…
झापा, ६ पुस । कोरियाले रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो । कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला स्टेट कोअर्डिनेसन अफिसका प्रमुख नो ह्यङ उकले सो संख्यामा विदेशी कामदार माग गर्ने बताए । आजको कारोबार दैनिकमा खबर छ ।
झापा, ६ पुस । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेतालाई अर्जुनधारामा सम्मान गरिएको छ । टिम कातातर्फ सहभागी अर्जुनधारा ५ की एस्तर राईले सागमा कास्य पदक जितेकी थिइन् । उनलाई बाह्रघरे डोजोले एक कार्यक्रम गरी शनिबार गृहनगरमा सम्मान गरेको हो । त्यस्तै, अन्य तीन जना खेल व्यक्तित्वलाई पनि डोजोले सम्मान गरेको हो । डोजोले आयोजना गरेको त्रिदेशीय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदन उप्रेती, साउथ एसियन कराते रेफ्री कमिशन मेम्बर बिसन मोते र अर्जुनधाराका शारीरिक सुगठन प्रतियोगी तथा गो फिट बिर्तामोडका सञ्चालक तुल श्रेष्ठलाई सम्मान गरिएको हो । प्रतियोगितामा नेपाल, भारत, भुटानका करिब २ सय जना…
अर्जुनधारा, ६ पुस । अर्जुनधारा नगरपालिका र सहारा नेपाल साकोसको संयुक्त आयोजनामा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा नशा रोगसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नशा चेपिएको, टाउकोमा पानी जमेको, छारे रोग, जिउ काम्ने, प्यारालाइसिस लगायतका समस्या भएका १५० जना बिरामीले ओपीडी सेवा लिएको सहारा नेपाल साकोस शनिश्चरेका प्रबन्धक लक्ष्मीप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार शिविरमा न्यूरोसम्बन्धी ७५ जना बिरामी आएका थिए भने ३३ जनाको एमआरआई गर्नुपर्ने देखिएको छ । जसमा ४ जनाको अप्रेसन नै गर्नुपर्ने चिकित्सकले बताएको उनको भनाइ छ । ४१ जनालाई रेफर गरिएको छ भने पुस १८ र १९ गते बिएण्डसीमा डा.…