झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

एजेन्सी/ एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य कार्यक्रमकाबीच आइतबार सम्पन्न मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् । प्रतियोगितामा तुन्जीले मिस युनिभर्सको लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई हराएकी थिइन् । तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन। मलाई लाग्छ, अब यस्तो समय छैन ।’ सन् २०१८ मा मिस युनिभर्सको ताज…

Read More

काठमाडौँ, २३ मङ्सिर । उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालयको बैठक अहिले सो पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जारी बैठकमा यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीले विगतमा जितेका कतिपय स्थान गुमाएपछि संस्थागतरुपमा समीक्षाका लागि नेकपा जुटेको हो । यसअघि यही मङ्सिर १८ गतेको सचिवालय बैठकले सम्बन्धित जिल्ला र वडा कमिटीलाई समीक्षा प्रतिवेदन दिन निर्देशन दिएकामा सो प्रतिवेदन प्राप्त भएको नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । रासस

Read More

भद्रपुर, २३ मङ्सिर । झापाको मेचीनगर नगरपालिका–४ मा आज बिहान राँगोसँग जुध्दा गौर ९गौरीगाईको भाले० मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मेचीनगर–४ आलडाँगीमा स्थानीयवासी माइला भुजेलले खेतबाट पराल लिएर आउँदै गरेको राँगा गाढामा रहेको राँगोसँग जुध्दा गौर मरेको हो । डिजिभन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले सो गौर झापाको जङ्गलमा नभएको र भारततिरबाट नेपाल आएको बताउनुभयो । उहाँले राँगोसँग जुधेको गौरको सिंह गाडामा अड्किएको र दुईवटा राँगाको चेपुवामा परेर मरेको हुन सक्ने बताउनुभयो । झण्डै ५ वर्ष उमेरको जस्तो देखिने गौर मरेको स्थानमा डिभिजन वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको टोलीले पुगेर मुचुल्का बनाउन काम भइरहेको छ…

Read More

काठमाडौं, २३ मङ्सिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । सोमबार नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको लक्ष्य नेपाल सामु पेश गरेको थियो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पराजय गरेको थियो । नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित…

Read More

इलाम, २३ मंसिर । इलामको सूर्योदय नगरपालिका–५ अन्तुडाँडा स्थितमा आगोलागी हुदा २६ लाख बराबरको क्षति भएको छ । आज बिहान पौने १० बजेको समयमा मानबिर तामाङको दुईतल्ले काठसिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा बिधुत सट भई अचानक आगोलागी हुदा उक्त मुल्य बराबरको क्षती भएको हो । आगोलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद रुपैया पाँचलाख तथा सम्पुर्ण जिन्सी सामानहरु पुर्ण रुपमा जलि नष्ट भएको छ । आगोलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी सामालबुङको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Read More

झापा, २३ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा…

Read More

इङ्ल्याण्डको लिभरपुल शहरकी एक शिक्षिकालाई आफ्नै विद्यार्थीसँग रात बिताउने प्रयास गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाइएको छ । बिटी नामकी ती शिक्षिका स्कुलमा अध्यापन गर्न थालेको केही दिनमै १५ वर्षका छात्रप्रति आकर्षित हुन थालिन् । उनले नियम उ ल्लं घन गरेर छात्रको मोवाइल नम्बर लिइन् । त्यसपछि उनले ती छात्रलाई आ पत्तिज नक म्यासेज पठाउँथिन् । उनले छात्रसँग रात बिताउने उद्देश्यले होटल बुक गरेकी थिइन् तर यो जानकारी लिक भयो । त्यसपछि पुलिस बोलाइयो । लिभरपुलको क्राउन कोर्टकी न्यायाधीश गेरी उडहलले ४२ वर्षकी शिक्षिका बिटी मिलिगनका बारेमा भनिन् ‘म यो कुराको लागि पूर्ण रुपमा ढुक्क छु कि तपाइँ आफ्ना…

Read More

झापा, २३ मंसिर । १३ औं साग अन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न खेलमा नेपालले बंगलादेशमाथि १–० को जित हात पारेको हो । यस जितसँगै नेपाल साग फुटबलको फाइनलमा प्रवेश गरेको छ। नेपालले मंगलबार स्वर्णका लागि भुटानसँग खेल्नेछ । नेपालको जितका लागि सुनिल बल नायक बने। कप्तान सुजल श्रेष्ठको पासमा खेलको ११ औं सुनिल बलले नेपालका लागि सुरुवाती गोल गरेका थिए। अन्ततः त्यही गोल खेलका लागि निर्णायक सावित भयो। नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो।यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४,…

Read More

काठमाडौँ, २३ मंसिर । नेकपा सचिवालय बैठक आज (सोमबार) दिउँसो एक बजे बस्दैछ। पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सभामुखको उमेदवार चयन, स्थायी समिति बैठकको मिति निर्धारण र उपनिर्वाचनको समीक्षा हुने अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले जनाएको छ। प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि सोमबार दोस्रो पटक सचिवालय बैठक बस्न लागेको हो। बैठकले रिक्त सभामुख पदमा पठाउने व्यक्तिको नाम र स्थायी समितिको बैठकको मिति तय गर्ने नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

Read More

झापा, २३ मंसिर । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ । श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो । गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ । अघिल्लो वर्षको तथ्याकंअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ रहेको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

Read More