
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवसताक्षी, २० साउन । झापाको शिवसताक्षी नगरपालिकामा आगामी भाद्र १ गते बृहत रथ यात्रा हुने भएको छ । शिवसताक्षी नगरपालिका–६, शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा भगवान राधाकृष्णको रथयात्रा गर्ने भएको हो । संस्थाले मङ्गलबार पत्रकार सम्मेलन गरेर आगामी भाद्र १ गते (श्रीकृष्ण जम्माष्टमी) को दिनको १ बजे रथयात्रा गर्न तयारी सुरु गरिएको जानकारी दिएको छ । संस्थाका अध्यक्ष माधव अधिकारीले सनातन धर्म, संस्कृति र संस्कारको प्रवद्र्धन गर्दै भक्तिभाव जगाउने उद्देश्यले रथ यात्राको आयोजना गरिएको बताए । राधाकृष्णको रथयात्राले धार्मिक चेतना फैलाउने र सामाजिक सद्भाव बलियो बनाउने, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । अध्यक्ष अधिकारीले भने, यस…
झापा, २० साउन । अन्तर्राष्ट्रिय झापाली समाजले प्रेस क्लब भद्रपुरलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । प्रेस क्लब–भद्रपुरको १५ औं स्थापना दिवसको अवसरमा यही साउन १६ गते समाजका अध्यक्ष मुकुन्द ढुंगानाले शुभकामना सन्देश मार्फत सो सहयोगको घोषणा गरेका हुन् । पारिवारिक सदस्य एवम् पत्रकार राजेश ढुंगानाका अनुसार, आगामी भदौमा उक्त सहयोग रकम क्लबलाई हस्तान्तरण हुनेछ ।
भद्रपुर, २० साउन । बहुविवाह गर्न सहज कानून ल्याउन लागेको विरोधमा अन्तरपार्टी महिला सञ्जाल(झापाले आज अपराह्न ज्ञापन(पत्र बुझाएको छ । मुलुकी अपराध संहितामा पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानून ल्याउन लागेकोमा चर्को विरोध भइरहेको सन्दर्भमा अन्तरपार्टी महिला सञ्जाल–झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन(पत्र पठाएको हो ।सञ्जालकी जिल्ला अध्यक्ष गोमा भट्टराई र सचिव इन्दिरा कार्कीको नेतृत्वमा प्रशासन कार्यालय पुगेर टोलीले झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई सो ज्ञापन(पत्र बुझाएका हुन् । सरकारको संघीय कानून मन्त्रालयले बहुविवाह गर्न पाउने कारण सहित कानूनको मस्यौदा तयार गरिसकेको छ । नेपालको संविधान र संयुक्त राष्ट्र संघको “महिलामाथि…
झापा, २० साउन । झापाको अर्जुनधारा नगरपालिकामा ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा–१० का विद्यार्थीहरूसँग शैक्षिक विषयमा अन्तरक्रिया तथा मोटिभेशन कक्षा सञ्चालन गरिएको छ। कार्यक्रम आजदेखि सुरु भएको कार्यक्रम भोलिसम्म चल्नेछ। नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक अभियन्ता याङजोम शेर्पाले विद्यार्थीहरूलाई जीवनमा शिक्षा प्राप्तिका लागि गर्नुपर्ने संघर्ष, त्यसबाट प्राप्त हुने सम्मान तथा प्रेरणादायक अनुभवहरू साझा गरिन् । उनले ‘एम्बीसन गुरु’ नामक एप्समार्फत उपलब्ध अनलाइन शैक्षिक सामग्रीसम्बन्धी जानकारी पनि दिइन् । नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार डिजिटल प्रविधि उपयोग गरी विद्यार्थीहरूलाई प्रेरित गर्दै एसईई परिणाम तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । नगरका…
झापा, २१ साउन । साउदी अरेबियाले ६२ जना नेपाली कैदीहरूलाई रिहा गरेको छ । साउदीले ईद र इस्लामिक वर्ष १४४६ हिजरीको अवसरमा उनीहरुलाई रिहा गरेको हो । आज परराष्ट्र मन्त्रालयले साउदी सरकारप्रति धन्यवाद प्रकट समेत व्यक्त गरेको छ । मन्त्रालयले साउदी सरकारद्वारा नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण व्यवहारले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेको छ । रिहा गरिएका नेपाली नागरिकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी साउदी सरकारका सम्बन्धित निकायबाट अनुमति पाएपछि नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।
झापा, २० साउन । बुधवारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ः०० बजेदेखि नदीको जलसतह घटेको जानकारी गराउनुभयो । “बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ । तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो । अहिले भने जलसतह घटेर ६ दशमलव…
झापा, २० साउन । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिन लागेको विरोधमा चार महिला संगठनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका कोशी प्रदेशका एमाले, काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा निकटका महिला संगठनहरुले मङ्गलबार ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै उनीहरुले संविधानको मर्म अनुसार नभएको विभेदपूर्ण कानून नल्याउन माग गर्दै उनीहरुले त्यस्तै कानून ल्याएको खण्डमा संघर्षमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् । ‘नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको र २०७५ भदौ १ गते देखि पूर्णतया निषेध गरिएको बहुविवाहलाई, निश्चित…
झापा, २० साउन । रुपन्देही प्रहरीले ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको छ। वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलको रामनगरस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४५११ नम्बरको कन्टेनर चेकजाँच गर्दा बिल बिजक नभएको ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ । रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार नियन्त्रणमा लिइएको कन्टेनरबाट जेन्स जुत्ता ३ सय ५८ जोर, लेडिज सुट ७ सय ५१ पिस, लेडिज टप्स २ हजार १ सय ७५ पिस बरामद भएको छ । साथै, कन्टेनरका चालक रसुवाको कालिका गाउँपालिका–२ का २६ दावा बुलुन र सोही स्थानका सहचालक १६ वर्षीय राज तामाङलाई पक्राउ गरिएको उनले…
‘कोशेढुङ्गा’ भदौ १२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मले नयाँ गीत ‘भँगेरा भँगेरी’ सार्वजनिक गरेको हो । गीतमा प्रेमिप्रेमिकाले एकअर्कालाई जिस्काउँदै प्रेम साटेको देखाइएको छ । भँगेरा र भंगेरीको मायालाई बिम्ब बनाएर तयार गरिएको गीतमा बैँस साट्ने मायालु जोडीको कथा छ । रिदम कँडेल र बेनिशा पौडेलको स्वर रहेको गीतमा सङ्गीत रिदम कँडेलले दिएका छन् । बिदुर तिमल्सिना ९देवदूत०को शब्द रहेको गीतमा कलाकार सुरक्षा पन्त र मन्जिल कुमारको अभिनय छ । सरोज पौडेलको निर्देशन रहेको फिल्म नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्यमा बनेको हो । फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण…
तपाईँले कत्तिको याद गर्नु भएको छ ? कहिलेकाही निकै ‘पर्सनालिटी’ देखिने तर छेउमा पुगेर कुराकानी गर्दा ह्रवास्सै सास गन्हाउने । अनि कहिलेकाही आफैलाई अप्ठेरो हुने गरी आफ्नै सास गन्हाउने । कसैकसैलाई त दिनँहु दाँत माझ्ने तर स्वास गन्हाउन नछाडने समस्या समेत पिरोल्ने गरेको देखिएको छ । यस पटक हामीले स्वासमा हुने दुर्गन्धको बारेमा तपाईँहरुलाई जानकारी दिने प्रयास गरेका छौँ । सास दुई कारणले गन्हाउछ । पहिलो मुख तथा दाँतमा जम्मा भएको फोहरेका कारण , अनि दोस्रो कारण चाँहि पेटमा भएको समस्या । दिनहुँ दाँत ब्रस गर्ने तथा मुख सफा गर्नेहरुको पनि नजिक पर्दा कहिलेकाही सास गन्हाउछ । यदि त्यस्तो छ…