
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ चैत । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक भर्ना खुलाएको छ। आयोगले आज सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो। जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ।
झापा, १४ चैत । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली कांग्रेसलाई बलियो बनाउन सबै नेता–कार्यकर्ताले आफैँबाट शुरुवात गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागको आयोजना बिर्तामोडमा आयोजित प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता गच्छदारले अरुलाई दोष दिनुभन्दा पनि आफैँबाट पार्टी सुदृढ बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुट–उपगुट समाप्त पारेर एकजुट होऔं, एकतामा नै शक्ति छ, यो गाह्रो छ तर असम्भव छैन ।’ केन्द्रदेखि टोलसम्मकै नेता–कार्यकर्ताले पार्टी अनुशासन र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुहुँदै नेता गच्छदारले कांग्रेस पार्टीको विधान ‘पे्रसिडेन्टियल सिष्टम’ मा रहेको बताउनुभयो । “सिकाइको क्रम निरन्तर चलिरहन्छ, कोही पनि कुनै पनि विषयमा दक्ष हुँदैन”, उहाँले…
झापा, १४ चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरि कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। मेघगर्जन र चट्याङसहित हुनसक्ने वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा…
अर्जुनधारा, १४ चैत । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित शान्ति सामुदायिक वनमा आगलागी भएको छ । बुधबार बेलुका ७ बजेको वनको सेक्टर नम्बर २ मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको छ । आगोले घर भेट्ने सम्भावना नरहेको र तत्काल कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
चन्द्र बस्नेतकनकाईचारआली, १४ चैत । झापाको मेचीनगर नगरपालिका चाराआलीस्थित पाउ पाथीभरा मन्दिर परिषरमा आयोजना हुन लागेको ११ दिने शिव महापुराण ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याण र विश्व शान्तिको कामनाका साथै धामको सुदृढ व्यवस्थापन गर्ने उद्देश्यले गर्न लागिएको शिव महापुराणको तयारी पूरा भएको आयोजकले जनाएको छ । पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिको आयोजनामा हुन लागेको महायज्ञमा पाठ–पारयण एवम् भजन कृतन तथा झाँकीसहितको महायज्ञ आगामी चैत १७ गतेदेखि शुरु भएर २७ गते सम्पन्न हुने पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिनुभयो । पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने…
शिवसताक्षी, १४ चैत । झापाको शिवसताक्षीमा मेयर कप २०८१ सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म ६ विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्ट, कराँते र एथलेटिक्स खेल हुनेशिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् । त्यस्तै भलिबल र क्रिकेट खेल तर्फ विधागत रुपमा प्रथमले ३५ हजार र, द्वितीयले २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको…
झापा, १३ चैत । दुर्घटनाबाट गम्भीर घाइते भई लामो समयदेखि उपचाररत भद्रपुर नगरपालिका–१० का सरोज बस्नेतको मृत्यु भएको छ । उनको शनिबार बिहान ७ः४० बजे निधन भएको हो । उनको मृत्यु भएपछि कानुनी प्रक्रिाया पुरागरी शव पोष्टमार्टम ला।ग आज प्रादेशिक अस्पताल भद्रपुरमा पठाएको छ । गत २०८० भदौ १३ गते राति बिर्तामोड–३ स्थित सञ्जिवनी अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मे ५ प ५५६८ नं. मोटरसाइकल चालक कनकाई–५ का २६ वर्षीय…
झापा, १३ चैत । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टाका ६० वर्षीय मिङ्ममार छिरिङ लामाको घरमा आज बिहान आगलागी भएको छ । लामाको आफ्नै घरको चार तलामाथि छतमा पुरानो ईलेक्ट्रिक सामानहरु मर्मत गर्ने क्रममा अचानक ब्याट्रिको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट पुरानो ईलेक्ट्रिक सामानहरु पुरानो टिभी, बिजुलीको बल्ब, ग्लेण्डर, ल्याप्टप, तारलगायतका एक लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १३ चैत । झापाको झापा गाउँपालिका–४ नयाँटोलबाट भारतीय युरिया मल नियन्त्रण गरिएको छ । गएराति ९ बजेको समयमा भारतबाट भन्सार टलेर नेपालतर्फ ल्याइदै गरेको मल नियन्त्रण् गरिएको हो । इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्वरको पिक अप भ्यानमा ल्याउँदै गरेको ३८ बोरा भारतिय युरिया मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आवश्यक कारवाहिको लागि बरामद मल र सवारी समेत भन्सार कार्यालय भद्रपुर पठाइएको र चालक हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुनसरी, १३ चैत । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साह को ३ बर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर मृत्यु भएको छ । चैत्र १२ गते दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारिमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारकोलागी जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो भने शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।