
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ भदौ । चाडपर्व नजिकिएसँगै झापामा चोरी–तस्करी बढ्दै गएको छ । दैनिकजसो झापाका सीमावर्ती क्षेत्रमा भन्सार छलेर अवैध रुपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् । अन्य समयभन्दा चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडा लागायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ । छोटो समयमा बढी कमाउने धाउन्नमा लागेका तस्करहरुले चाडपर्वलाई कमाउने मलिलो सिजनका रुपमा लिने गरेका छन् । नियमनकारी निकायसँग साँठगाँठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कयौँ गुणा बढी बनाइने गरेको जानकारहरु बताउँछन् । यसैबीच, झापाको मेचीनगर नगरपालिका–६ बाट १ लाख ५२ हजार बराबरको अबैध सामान बरामद भएको छ । इलाका प्रहरी कार्यालय…
झापा, ४ भदौ । ‘लगाएको कपडा दिनमा कम्तिमा दुईपटक पेmनेर् गर्छु । तल लगाउने लुगा त फोहोर पानीले निथ्रुक्क भिज्छ कसलाई भन्नु ?’ गौरीगञ्ज गाउँपालिका–२ की ३० वर्षीया रमिया मिया (नाम परिवर्तन)को समस्या हो यो । उनलाई नदेखिने यौैन रोगको समस्या छ । दुख्ने केही हुन्न, तर एकपटक पिसाब पेmरेपछि तल्लो भाग सबै गन्हाउँछ । उनको यही समस्याले गर्दा श्रीमान्ले उपचार गराउनुको साटो उनीमाथि सौता भित्र्याए । हाल उनी तीन जना छोराछोरीलाई इँटा बोकेरै पालन पोषण गराउँदै आएकी छन् । ‘अस्पताल किन नगएको त ?’, रमिया भन्छिन्, ‘के भन्नु ? लाज हुन्छ । दिनमा २ पटक पानीले सफा गर्छु ।’ झापा कचनकवल–२ की ४० वर्षीय सुखैन खातुनका चार…
काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जानु हुनेभएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताउनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लाग्नुभएको हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य छ ।” बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन…
बिर्तामोड, ४ भदौ । सात महिना अघि झापा भद्रपुर नगरपालिका–९ स्थित मनषा सिमेन्ट उद्योगमा कार्यरत एक कर्मचारीको हत्या भयो । सो उद्योगका म्यानेजर भारत घर भएका कमल दुगडको हत्या भएको यतिका समय बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । हात खुट्टा बाँधिएको अवस्थामा दुगडको शव फेला परेपछि नेपाल प्रहरीले अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर हत्यारा पत्ता लगाउन प्रयार ग¥यो तर प्रहरीको प्रयास निरर्थक सावित भयो । २०७५ साउनमा झापा कारागारमा रहेका एक कैदी फरार भए । फरार कैदीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी कारागारमा बिजुली मर्मतको काम गर्दै आएका थिए । १४ वर्षीया…
एजेन्सी, ४ भदौ । इन्ग्लिश प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सविरुद्ध पेनाल्टीमा गोल गर्न असफल भएपछि इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडमा मिड फिल्डर पाउल पोग्बामाथि भएको रंगभेदी दुर्ब्यबहारप्रति क्लबले आपत्ति जनाएको छ । युनाईटेडले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै आफ्ना मिडफिल्डर पोग्बाविरुद्ध भएको रंगभेदीय दुर्व्यवहारको भर्त्सना गरेको छ । ‘पाउल पोग्बालाई हिजो भएको रंगभेदी दुर्व्यवहारले म्यानचेस्टर युनाईटेड र समर्थकहरु निराश छन् र हामी यसको घोर निन्दा गर्दछौ’, विज्ञप्तिमा भनिएको छ । यस्तै क्लबले दुर्व्यवहार गर्नेहरुको छानबिन समेत भईरहेको जनाएको छ । पोग्बाले पेनाल्टी मिस गरेको उक्त खेलमा युनाईटेड १–१ गोलको बराबरीमा समेत रोकिएको थियो ।
काठमाडौं, ४ भदौ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँधे असहमतिपत्र जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा रोज्न माग गरेका हुन् । पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागु गर्नुपर्ने माग उनको छ । नेता नेतालले पार्टी विधानको धारा ४६ (क) कमोजिम स्थानीय तहदेखि संघीय सरकारका कार्यकारी जिम्मेवारी बहन गरेका नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन् । आजको अन्नपुर्ण पोष्ट्मा खबर छ ।
काठमाडौं, ४ भदौ । नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो । यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुनेछ । यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैँचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, ४ भदौ । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए । बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने कार्यसूची थियो । काँग्रेस बैठक एक महिनाका बीचमा एक दर्जनपटक बस्यो । बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन । ती मध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए छलफल बिनै पारित भएका छन् । असार २९ गतेको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित…
काठमाडौं, ४ भदौ । चालु आर्थिक वर्षको असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि अझै २६ वटा स्थानीय तह बजेटविहीन छन् । तिनीहरुले नगररगाउँपालिकाको सभामा बजेट पेश गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्था ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालीका र नगर कार्यपालीकाले आगामी आवका लागि असार महिनाको १० गतेभित्र राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँर नगरसभामा पेश गरी स्वीकृत भएपछि मात्रै खर्चनुपर्ने कानुनी व्यवस्था भएपनि २६ वटा स्थानीय तहले यस विपरितका कार्य गर्दै आएका छन् । प्रदेश नं १…
काठमाडौं, ४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुनेछन् भने । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उनले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।