झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३० चैत । भद्रपुर–४ तारानगर स्थित पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । भूतपूर्व विद्यार्थी समूहको आयोजनामा सम्पन्न स्वर्ण महोत्सव अन्र्तगत पहिलो दिन रक्तदान तथा हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो भने दोश्रो दिन स्वर्ण स्तम्भ अनावरणका साथ विविध कार्यक्रम गरी महोत्सव सम्पन्न गरिएको हो । विद्यालयका भूतपूर्व विद्यार्थी समूहका संयोजक ऋषिप्रसाद नेपालको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जग्गादाता परिवार, आर्थिक तथा जिन्सीदाता र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । दोश्रो दिन स्वर्ण स्तम्भ अनावरण सहित विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूले विविध सास्कृतिक प्रस्तुती समेत राखेका थिए । स्वर्ण महोत्सवको…

Read More

भद्रपुर, ३० चैत । हनुमान जयन्तीको अवसर पारेर भद्रपुर १० हनुमान टोलमा अखण्ड हनुमान चालिसा तथा रामायण पाठ पारायण गरिएको छ । भद्रपुर नगर उपप्रमुख राधा कार्कीले उद्घाटन गरेको रामायण पाठ पारायणको नेतृत्व आचार्य पदमप्रसाद खतिवडाले गरिरहेका छन् । चन्द्रगढी सेवा समाज र हनुमान टोल विकास संस्थाको समन्वयमा हरेक वर्ष हनुमान जयन्तीमा रामायण पाठ पारायण हुने गरेको छ । उद्घाटन कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, भद्रपुर १० का वडा सचिव मनकुमार डाँगी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Read More

बुद्धशान्ति, ३० चैत । बुद्धशान्ति प्रेस क्लबले नयाँ बर्षको शुभकामना आदानप्रदानसँगै नयाँ वर्ष २०८२ को वार्षिक भित्तेपात्रो विमोचन गरेको छ । शनिबार प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशेष आतिथ्य रहेको थियो । भित्तेपात्रो विमोचन पश्चात प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रसाईंले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै पत्रकारहरुले खोज पत्रकारीतामा जोड दिन आग्रह गरेका छन् । उनले स्थानीय निकायले स्वास्थ्य, शिक्षा, पूर्वाधार, बिकास निर्माण जस्ता क्षेत्रमा गरेका महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । उनले आगामी दिनमा पत्रकारको तालिम तथा क्षमता अभिबृद्धिका लागि…

Read More

झापा, ३० चैत । झापाको कनकाईमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विश्वकर्मा आफ्नै घरमा पानी तान्ने विद्युतीय मटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए , आफन्तले उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

कनकाई, ३० चैत । चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषबाट पत्रकारसहित चार जना पुरस्कृत भएका छन् । झापाको कनकाई–६ स्थित भवानी–हिमादेवी खानेपानी तथा सरसफाइ उपभोक्ता सामुदायिक संस्थाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट चार जनालाई जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । उत्कृष्ट पत्रकारका रुपमा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गरी, उत्कृष्ट विद्यार्थीका रुपमा कनकाई माविका डिल्लीराम आचार्य, उत्कृष्ट कृषकका रुपमा कनकाई–७ का भक्तबहादुर तामाङ र उत्कृष्ट बुहारीका रुपमा कनकाई–७ की शोभा दाहाल पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी, कोषका अध्यक्ष एकराज उप्रेती,…

Read More

झापा, ३० चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर…

Read More

झापा, ३० चैत । पोखरीमा डुबेर गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय बालक कृष्ण तामाङ रहेका छन् । चैत २९ गते दिउँसो अर्जुनधारा नगरपालिका–३ का लोकबहादुर तामाङको छोरा कृष्णलाई लिएर उनको आमा सिया लामाले आफ्नो माइतीघर बाह्रदशी गाउँपालिका–२ किरात टोल लगेकी थिइन् । घरदेखि ५० मिटर पूर्वमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा पानीमा डुबी घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याइएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा सोही बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

Read More

बिर्तामोड, ३० चैत । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमागबाट लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र ३–००१ ख २८२५ नम्बरको न्यू सृष्टी गोल्ड रात्रिकालीन बसमा सवार भारत बेङ्लोर कनाटाकास इजिपुराका ३७ वर्षीय सनम सेख र सोही नागावारका ५१ वर्षीय इबराहिम केथाड्थ पक्राउ गरेको हो । उनीहरु माथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको २ वटा सुटकेश झोला भित्र खानेकुरा चिप्सको ३६ थान प्याकेट भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध गाँजा ५ केजी ५३४ ग्राम र २ वटा डव्वाभित्र रहेको लिसाईलो पदार्थ जस्तो देखिने जेली…

Read More

झापा, ३० चैत । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै…

Read More

झापा, ३० चैत । झापाको बिर्तामोडमा ‘बिर्तामोड सञ्जिवनी इन्भेष्टमेण्ट कम्पनी’ सञ्चालनमा आएको छ । विभिन्न क्षेत्रमा आवद्ध एक सय १४ जनाको लगानीमा कम्पनी सञ्चालनमा आएको हो । कम्पनीको जारी पुँजी रू छ करोड ६० लाख र चुक्ता पुँजी रू पाँच करोड २८ लाख रहेको छ । कम्पनीको बारेमा जानकारी दिने उद्देश्यले झापाको बिर्तामोड आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष यामकुमार चुडालले विभिन्न सात वटा उद्देश्यले कम्पनी सञ्चालनमा ल्याइएको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न कम्पनीबाट निष्काशित शेयर, नाफामूलक क्षेत्रसँगै विभिन्न कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने लक्ष्य रहेको अध्यक्ष चुडालले बताउनुभयो । “आयात, निर्यात, शैक्षिक, स्वास्थ्य, शैक्षिक, हस्तकला, सुरक्षा,…

Read More