
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
खोटाङ, २४ चैत । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ । हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिनुभयो । “रामनवमीको अघिल्लो रात जाग्राम बस्ने चलन छ ।…
झापा, २४ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश भूभागहरूमा वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगलागी तथा वायु…
झापा, २४ चैत । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–३ मा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृत्यु हुनेमा जिप चालक दिलिप खनाल र यात्रु बालकृष्ण रिजाल छन्। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटनामा परेको हो। अहिले इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली मृतक घाइतेको उद्दारमा खटिएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका खनाल र रिजाललाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको…
झापा, २४ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो । धर्मशास्त्रविद् एवं…
शिवसताक्षी, २४ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शनिबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. २ र वडा नं.१० विजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. २ विजयी भएको हो । वडा नं. २ का खेलाडी जहन मुर्मुले खेलको ५ र ४६ मिनेटमा गरी २ गोल लगाए भने, वडा नं. ३ का खेलाडी दुर्गा माबोले खेलको ४८ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफदी म्याच वडा नं २ का जहन मुर्मु घोषित भए । त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नं. १०…
झापा, २४ चैत । झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । आगामी चार वर्षे कार्यकालका लागि संघको बिर्तामोडस्थित सम्पर्क कार्यालयमा शनिबार भएको मनोनयन दर्ता कार्यक्रममा जिल्ला संघको अध्यक्ष पदमा हालका उपाध्यक्ष प्रेमकुमार कोइरालाको मात्र उम्मेदवारी दर्ता भएको छ। यसैगरी, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटाको मात्र उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरूको पहिलो नामावली विवरणअनुसार एकजना खुल्ला उपाध्यक्ष पदमा तीन जनाको र एक जना महिला उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जस अनुसार खुल्ला उपाध्यक्ष पदमा नारायणप्रसाद भट्टराई, डिल्ली दाहाल र अर्जुनकुमार दङ्गाल तथा महिला उपाध्यक्षमा देवी निरौला बस्नेत र चन्द्रकला…
लक्ष्मीपुर, २४ चैत । लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं बार्षिक साधारणसभा तथा ५ औं अधिवेशन भएको छ । झापाको अर्जुनधारा–५ र कनकाई–८ को सिमानामा कार्यालय रहेको संस्थाको शनिबार बिहीबारे बजारस्थित टहरामा साधारणसभा सम्पन्न भएको हो । संस्थाको अध्यक्ष लीलाबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश पूर्व मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कोशी प्रदेशका अध्यक्ष समेत रहेका प्रमुख अतिथि थापाले खानेपानी मानिसको सवै भन्दा महत्वपूर्ण कुरा भएको र आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएको छन् । स्वागत संस्थाकी कार्यसमिति सदस्य हेमकला चौधरीले गरेको कार्यक्रममा लेखा प्रतिवेदन कोषाध्यक्ष गोपालप्रसाद चुडालले प्रस्तुत…
कनकाई, २३ चैत । झापाको कनकाई नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत उनीहरुलाई सवलीकरण गर्न थालिएको छ । अपाङ्गता पहिचान गरी कार्ड वितरणदेखि समूह गठन गरेर नियमित बचत गर्ने कार्य भइरहेको छ । कनकाई नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारीमा समुदायमा आधारित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत हालै ९ सय ५० जनालाई अपाङ्गता परिचय पत्र समेत वितरण गरिएको छ । त्रिपक्षीय साझेदारीमा नगरमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएकालाई चार भागमा विभाजन गरी परिचय वितरण गरिएको अपाङ्गता सहायक सहजकर्ता भीम सुन्दासले जानकारी दिनुभयो । उहाँका अनुसार रातो परिचयपत्र…
झापा, २३ चैत । झापाको झापा गाउँपालिकाले यहाँका सामुदायिक विद्यालयका तीन सय ९५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । झापा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिनुभयो । पालिकास्थित डिल्लीराज मावि, जनकल्याण मावि र जनता माविको कक्षा–११ र १२ मा अध्यनरत तीन सय ९५ छात्रछात्रालाई रू ४३ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको हो । झापा गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई उच्च शिक्षाबाट बञ्चित हुनु नपरोस् भन्ने निर्वाचित पालिका अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको नीति तथा कार्यक्रम अनुसार छात्रवृत्ति, साइकल वितरणजस्ता महत्त्वपूर्ण कार्यक्रमलाई निरन्तरता…
बनियानी, २३ चैत । झापाको कचनकवल गाउँपालिकाका शिक्षकको मासिक तलब–भत्ता अब सिधै उनीहरूको व्यक्तिगत बैंक खातामा जम्मा हुनेछ भएको छ । झापामा ‘पहिलो’ पटक शिक्षकहरुको तलब सोझै उनीहरुको व्यक्तिगत खातामा जम्मा हुने प्रणालीको विकास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिनुभयो । तलब भुक्तानी प्रक्रियालाई सहज बनाउनुका साथै पारदर्शी र कार्य सम्पादनमा सुधार ल्याउने उद्देश्यले यो प्रणाली शुरु गरिएको उहाँले बताउनुभयो । “पहिलो चरणमा लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा परीक्षण गर्यौं”, उहाँले भन्नुभयो, “परीक्षण सफल भएको छ ।” कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषमा सावधिक जीवन बीमाका लागि विद्यालय कोड र शिक्षकको व्यक्तिगत कोड ‘म्यापिङ’ प्रक्रियामा केही समस्या देखिए…