
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ चैत । आज देशभर तर एक(दुई स्थानमा वर्षाको सम्भावना देखिको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। भनेको अलिअलि मात्र घाम देखिने सम्भावना छ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र देशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। राति भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। मौसमविद्का अनुसार हाल…
कनकाई, २६ चैत । मेची लेखापढी व्यवसायी संघ झापाले अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानुनसम्मत व्यवसाय सञ्चालन गर्दै आएको जनाउँदै धरपकडले गम्भीर अवस्था र त्रासको वातावरण सृजना भएको जनाएको छ । यातायात व्यवस्था कार्यालयमा विगत लामो समयदेखि लेखापढी व्यवसाय गर्दै आएका लेखापढी व्यवसायीहरुमाथि भएको धरपकड प्रति संघले गम्भीर चिन्ता प्रकट गरेको छ । झापा जिल्ला अदालतलगायतका जिल्ला अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानुन सम्मत व्यवसाय सञ्चालन गर्दै आएको भएपनि केही गलत गर्ने ब्यक्तिका कारण ‘बिचौलिया’ भनेको भन्दै संघले आपत्ति जनाएको हो । संघले आज (मंगलबार) बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै विगत लामो समयदेखि ठगी गर्दै…
दमक, २६ चैत । झापाको दमकमा हुने एमालेको जनसभा जनताको साझा कार्यक्रम रहेको नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले बताउनुभएको छ । आज झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चैत ३० को कार्यक्रम जनताको मुद्धामा केन्द्रीत हुने बताउनुभयो । एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनुपर्यो भन्ने जिज्ञासा बारे बोल्दै नेता राईले भन्नुभयो – ‘लोकतन्त्र र गणतन्त्र सत्ताको मात्र विषय होइन । यो जनातको मुद्धा हो । यो जनसभा सरकारको कामसँग सम्बन्धित छैन । जनताले आफ्नो बलिदानीबाट प्राप्त गरेको उपलब्धीसँग सम्बन्धित छ । यो सवाल आम जनताको सवाल हो, जनताको सवाल एमालेको सवाल…
झापा, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । इडेन गार्डेन्समा हुने यो खेल दिउँसो पौने ४ बजे शुरू हुनेछ । यस्तै आजको दोस्रो खेलमा पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । मुल्लानपुरमा हुने यो खेल बेलुका पौने ८ बजे शुरू हुनेछ । कोलकाता ४ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौं र लखनउ ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ । यस्तै ३ खेलमा ४ अङ्क रहेको पन्जाब चौथो र ४ खेलमा २ अङ्क रहेको चेन्नई नवौं स्थानमा छ…
एजेन्सी, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकाको करविरुद्ध चीनले लगाएको ३४ प्रतिशत प्रतिकर फिर्ता लिन चेतावनी दिएका छन्। त्यसो नगरे अमेरिकाले अर्को ५० प्रतिशत अतिरिक्त शुल्क लगाउने उनले बताएको बीबीसीले उल्लेख गरेको छ। आइतबार चीनले ट्रम्पको गत हप्ताको शुल्क लगाउने निर्णयविरुद्ध ३४ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेको थियो। अमेरिकाले न्यूनतम १० प्रतिशत शुल्क आफ्ना व्यापार साझेदारलाई लगाउने निर्णय गरेको थियो। सोमबार सामाजिक सञ्जालमा ट्रम्पले मंगलबारसम्म प्रतिकर फिर्ता लिन वा अर्को ५० प्रतिशत आयात शुल्कको सामना गर्न समय दिएका छन्। चीनको वाणिज्य मन्त्रालयले भने अमेरिकाले गल्तीमाथि गल्ती गरिरहेको टिप्पणी गरेको छ। ट्रम्पले ग्लोबल ट्यारिफ फिर्ता नहुने समेत…
शेरबहादुर राईओखलढुङ्गा, २६ चैत । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले शैक्षिक शत्र २०८२ बाट सरकारका विभिन्न निकायमा आबद्ध तथा नियमित तलव, भत्ता तथा सेवा सुविधा उपभोग गर्नेका सन्तति अनिवार्य सामुदाियक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । गत फागुन १२ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं। ५ मा आगामी शैक्षिक सत्रको भर्ना अभियानमा सबै जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने उल्लेख छ । सोही निर्णय अनुसार पालिकाले सार्वजनिक सूचना निकालेर सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालाहरूले…
दिलकुमार लिम्बू फुङ्लिङ (ताप्लेजुङ)२६ चैत। हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण ९फक्ताङलुङ० हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ । गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ । चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल हुनुभएको थियो । गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ…
विराटनगर, २६चैत्र। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयको आयोजना तथा विराट नर्सिङ होम प्रा.लि.विराटनगरको सहकार्यमा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकारण सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ । चैत्र २६ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रममा विराट नर्सिङहोम विराटनगरका चिकित्सक मानसिक रोग विशेषज्ञ डाक्टर राजन मिश्रले सहभागी प्रहरी कर्मचारीहरुलाई मेन्टल हेल्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणका क्रममा वहाँले आफ्नो जीवनमा आईपर्ने विभिन्न किसिमका तनाव, पारिवारिक तथा सामाजिक समस्या, मस्तिस्कमा हुने रोग, दिर्घकालिन शारिरिक रोग, बंशाणुगत रोगका कारण…
विराटनगर, २६चैत्र । झापा, मोरङ र सुनसरी जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र २५ गते लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् । गोप्य सुचनाको आधारमा झापाको प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका–४ का २३ बर्षीय उमेश गिरीलाई उनकै घरबाट २ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न गौरादह–२ का २४ बर्षीय मनोज भारतीलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका(८ का २८ बर्षीय मिलन थापा र ३९ बर्षीय केशर कुमार मगरलाई ब्राउन सुगर २ ग्राम ६० मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको…
झापा, २६ चैत । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गको झापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयबासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रियामा स्थानीय सरोकार भएकाहरूले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी पहल गर्न माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष टीकाराज ढकालले एसियाली राजमार्गमा स्तरोन्नति भइरहेको सडकमा धुलो नियन्त्रण नगरिएकाले आवतजावत कष्टकर र वातावरण प्रदूषित भएको बताउनुभयो । उहाँले सुक्खा र हावा चल्ने समय भएकाले सडकबाट फैलिने धुलोले वायु प्रदूषणको रुप लिएको भन्दै यसबाट सर्वसाधारणको स्वास्थ्यमा…