
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ चैत । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकासिँदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । आज फेरि नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू दुई हजार ३५ पुगेको छ…
विराटनगर, १८ चैत्र । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका–२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट कमल गाउँपालिका–४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका–८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी बिशेष सुचनाको आधारमा…
झापा, १८ चैत । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कबाट लागुऔषधसहित १९ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार अर्जुनधारा–११ स्थित नँया बसपार्कमा लागुऔषध ओसार–पसार तथा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नँया बसपार्कबाट खटिएको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गापा–२ की १९ वर्षीया वर्षा केदेमलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी राखेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा २ ग्राम १९० मिलिग्राम बरामद गरी उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा अनारमनी झापामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चन्द्र बस्नेतझापा, १८ चैत । झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा आइतबारबाट एघार दिवसीय शिव महापुराण श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ। पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा एघार दिवसीय शिव श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सुरु भएको हो । आईतबार महायज्ञ स्थलबाट सम्पुर्ण धर्मप्रेमी महानुभावहरु विभिन्न संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि , आमा समूह , महिला समूह,भजनकृतन मंडली , उद्योगी –ब्यापारी , शिक्षासेवी, विद्यार्थी , पन्च कन्या , विभिन्न गुरुकुलका महानुभावहरु हजारौंको संङ्ख्यामा श्रद्धालुभक्तजनबाट कलश यात्रा सुरु भई पाउपाथीभराको उत्तरगङ्गा प्रवेशद्वार हुँदै चाराली बजार परिक्रमा गर्दै नौमति बाजाका साथमा र्याली महायज्ञ स्थलमा पुनः फर्की संङ्छिप्त कार्यक्रमको आयोजना गर्दै श्रीमद्भागवत…
झापा, १८ चैत । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी विजयी भएका हुन् । निर्वाचन समितिका प्रमुख रहेका गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा विजयी बनेका पुष्टि गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएका आचार्यले बताए । महासचिवमा मनोज घर्तीमगर विजय भएका छन् । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम…
झापा, १८ चैत । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ। सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
भद्रपुर, १८ चैत । गत फागुनमा हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । यस्तै, पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाए । यो वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए । बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी जिल्लाभर ६४ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए । यस अवधिमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ । २०६२ सालदेखि हालसम्म झापामा २२…
झापा, १७ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर…
दमक, १७ चैत । झापाको दमकबाट प्रहरीले तीन जना भुटानी शरणार्थीलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको छ । प्रहरीले दमक–३ बेलडागी शिविरबाट ३६ वर्षीय आशिस सुबेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएको हो । अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थी अवैध रुपमा नेपाल छिरी दमक नगरपालिका–३ बेलडाँगी शिविरमा आएर बसिरहेका छन् भन्ने सुचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाीका लागि अध्यागमनको कार्यालय काँकरभिट्टामा पठाउन तयारी भइरहेको प्रहरीले जनाएको छ ।
झापा, १७ चैत । केलियन एमबाप्पेको दुई गोल सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगामा लेगेनासमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ। शनिबार राति भएको खेलमा रियलले लेगेनासमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफको ३२ औँ मिनेटमा केलियन एमबाप्पेको पेनाल्टी गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। त्यसको एक मिनेटमा नै डियगो गार्सियाको गोलमा लेगेनासले बराबरी गोल फर्कायो। पहिलो हाफको ४१ औँ मिनेटमा डानी रवाको गोलमा लेगेनासले रियलविरुद्ध अग्रता दोब्बर पार्यो। पहिलो हाफमा २–१ ले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो। खेलको ४७ औँ मिनेटमा जुड बेलिङ्घमको गोलमा रियल खेलमा फर्कियो। खेलको ७६ औँ मिनेटमा एमबाप्पलेको गोलमा…