
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ जेठ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका बारेमा आमनागरिकलाई अझै बुझाउन नसकिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज संसदीय पत्रकार मञ्च कोशी प्रदेश र प्रदेश सभा सचिवालय कोशी प्रदेशको सहयोगमा आयोजित ‘संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोग सम्बन्धी तालिम’मा सम्बोधन गर्नुहुँदै उहाँले प्रदेशको व्यापक चर्चा भए पनि प्रदेश सभाको विषयमा आमनागरिकलाई बुझाउन नसकिएको बताउनुभयो । “प्रदेश सभाको विषयमा जनता अनिविज्ञ छन्”, उहाँले भन्नुभयो, “अझै पनि प्रदेश सभा के हो ? के हो ? भन्नेमा अनविज्ञतामा जनता छन्, यसको औचित्य र आवश्यकताबारे बुझाउन हामीले पनि सकेका छैनौं ।” पत्रकार र सञ्चारकर्मीले प्रदेशसभाका बारेमा आमनागरिकलाई बुझाउन भूमिका…
झापा, २४ जेठ । झापाको मेचीनगरस्थित एक बंगु फार्ममा मरेका बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका पशु सेवा शाखा प्रमुख बिक्रम गुरुङले पशु सेवा विभागको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँले मेचीनगर–६, रमाइलो गाउँ स्थित बबिता बङ्गुर फार्मका बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर भएको पुष्टि गरेको जानकारी दिनुभयो । ती बङ्गुरहरूको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ । मेचीनगर नगरपालिकाले जेठ ११ गते प्रारम्भिक नमूना सङ्कलन गरी विराटनगरस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणको रिपोर्ट शुक्रबार आएको थियो । फार्मका ८० वटा बङ्गुर मरेका थिए । फार्मकी सञ्चालक बविता गहतराजले गत…
दोलखा, २४ जेठ । दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याकुको बासामा शुक्रबार बेलुका बोलेरो जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सिंगटीबाट झ्याकु देपुङ जाँदै गरेको बा १६ च ७६५१ नम्बरको बोलेरो जीप उकालो कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटना भएको दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनु भयो। दुर्घटनामा झ्याकु देपुङकी ४५ वर्षीया फुलमाया शेर्पा र ३४ वर्षीया डोल्मा शेर्पाको ज्यान गएको हो। प्रहरीका अनुसार जीप चालक देपुङकै स्थानीय निमा टिकु शेर्पा दुर्घटनापछि फरार छन्, र उनको खोजी भइरहेको छ।
झापा, २४ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित पोखरीमा डुबेर आज बिहान दुई जना बालकको आज मृत्यु भएको छ । अर्जुनधारा–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा डुबेर तेह्रथुम जिरीखिम्तीका १० वर्षीय बालक महसुस गुरुङ र अर्जुनधारा–११ का सुजल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खड्काले जानकारी दिनुभयो । अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएकी तेह्रथुम जिरीखिम्ती धनमाया गुरुङका महसुस र अर्जुनधारा–११ मुना गुरुङका छोरा सुजल पौडी खेल्ने क्रममा पोखरीमा डुबिरहेको अवस्थामा स्थानीयबासीले देखेर उद्धार गरेका थिए । उनीहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याइएकोमा अस्पतालका चिकित्सकले उनीहरु दुबै जनालाई मृत…
बिराटनगर, १७ जेठ । मोरङ र धनकुटाबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १६ गते दिउँसो मोरङको बिराटनगर(१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी-१ का ३२ बर्षीय राजु दर्जी, सुनसरी इटहरी(२ का १९ बर्षीय सरोज पौडेल र १९ बर्षीय बाबु राम पौडेललाई ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ बाट ३ किलो ३८० ग्राम लागुऔषध गाँजा सहित ओसार पोसारमा संलग्न साँगुरीगढी-१ का १९ बर्षीय कसुर लिम्बु र चौबिसे गाउँपालिका-४ का २१ बर्षीय बिजय याख्खा राईलाई पक्राउ गरेको हो ।…
गौरादह, १५ जेठ । नेकपा माओवादी केन्द्र गौरादह नगर कमिटीले गणतन्त्र दिवसको अवसरमा गौरादहस्थित सहिद गेटमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । १८ औ गणतन्त्र दिवसका अवसरमा माओवादी केन्द्रले दीप प्रज्वलन गरेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र गौरादह नगर अध्यक्ष गणेश राजबंशी र केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रंजित तामाङले मन्तव्य राखेका थिए । कार्यक्रममा क्षेत्रीय संयोजक दुर्गा चम्लागाइ (श्रीकान्त), झापा क्षेत्र न ५ (क) इन्चार्ज सुलोचना राजवंशी, झापा जिल्ला सदस्य श्याम पोखरेल, अनेरास्ववियु क्रान्तिकारी झापा अध्यक्ष विवेक दाहाल, उपाध्यक्ष निरोज बस्नेत लगायत सयौंको उपस्थिति रहेको थियो ।
झापा, १५ जेठ । झापाको बिर्तामोड नगरपालिकामा गएराति जंगली हात्तीले दुई वटा घरमा क्षति पु¥याएको छ । बिर्तामोड नगरपालिका–७ मा बिहानको राति १ः३० बजे आएको तीन वटा जंगली हात्तीले रेखा टोलका अमरबहादुर संग्रौलाको भान्सा घर र सोही वडाको सीताराम टोलका तुलसीप्रसाद मैनालीको घरको पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीले संग्रौलाको एक तले पक्की टिनको छानो भएको भान्सा घरमा पूर्ण रुपमा क्षति पु¥याउँदा रू दुई लाख बराबरको क्षति भएको छ भने मैनालीको धानको भकारीबाट तीन मन धान खानुका साथै घरको एक साइडको भर्खाल भत्काउँदा रू एक लाख २०…
बुद्धशान्ति, १४ जेठ । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारीता गरिरहने सकृय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ ।प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष नविकरण हुनेगरी २० जनाको २० लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सनाले बताएका छन् । उनले पत्रकारको भौतिक सुरक्षा साथै सम्भावित जोखिमलाई थोरै भएपनि न्युनीकरण गर्न दुर्घटना बीमाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ग्रामिण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारहरुको पेशागत र भौतिक सुरक्षामा प्रेस क्लब गम्भीर रहेको बताउँदै प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालले पत्रकारको दुर्घटना बीमा…
बिर्तामोड, १२ जेठ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमालाल रंगशालामा हुन लागेको हो ।अखिल नेपाल खेलकुद महासंघ झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को संयुक्त आयोजना प्रतियोगिता हुन लागेको हो । बिहान ७ बजेदेखि प्रतियोगिता शुरु हुने अखिल नेपाल खेलकुद महासंघ झापाका इञ्चार्ज मदन खड्काले जानकारी दिए ।मैत्रीपूर्ण खेलको प्रथम हुने टिमलाई २५ केजीको खसी र उपविजेतालाई १५ केजी लोकल कुखुरा प्रदान गरिने खेल संयोजक सुरेल आले मगरले बताए । प्रतियोगितामा आयोजक अखिल नेपाल खेलकुद महासंघ झापा, पिएलए, वाइसीएल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, अनेरास्ववियु (क्रान्तिकारी) एउटा…
बिर्तामोड, ९ जेठ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको सकिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले सञ्चालन गरेको तालिमको आज सकिएको हो । २ महिने सिलाई कटाई तालिममा वडा नम्बर २, ५ र ९ का गरि २० जना सहभागि थिए । यस्तै २ महिना देखिनै सञ्चालनमा रहेको व्युटिपार्लरको तालिममा वडा नम्बर २, ५, ७ र ९ का गरि ११ जनाको सहभागिता थियो । यसैगरि ४५ दिन सम्म सञ्चालन भएको व्याग बनाउने तालिममा १४ जना वडा नम्बर २ बाट सहभागि थिए । तालिममा सहभागि ४४ जनालाई प्रमाण पत्र प्रदान गरिएको…