
बिर्तामोड, १२ जेठ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता बिर्तामोडस्थित डोमालाल रंगशालामा हुन लागेको हो ।
अखिल नेपाल खेलकुद महासंघ झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को संयुक्त आयोजना प्रतियोगिता हुन लागेको हो ।

बिहान ७ बजेदेखि प्रतियोगिता शुरु हुने अखिल नेपाल खेलकुद महासंघ झापाका इञ्चार्ज मदन खड्काले जानकारी दिए ।
मैत्रीपूर्ण खेलको प्रथम हुने टिमलाई २५ केजीको खसी र उपविजेतालाई १५ केजी लोकल कुखुरा प्रदान गरिने खेल संयोजक सुरेल आले मगरले बताए ।
प्रतियोगितामा आयोजक अखिल नेपाल खेलकुद महासंघ झापा, पिएलए, वाइसीएल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, अनेरास्ववियु (क्रान्तिकारी) एउटा पोलमा र अर्को पोलमा पूर्वेली युवा क्लब, राजनीतिक दल, नेपाल पत्रकार महासंघ झापा, अखिल नेपाल ट्रेड युनियन महासंघ र बिर्तामोड उद्योग वाणिज्य संघ अर्को पोलमा रहने बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

