झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २९ साउन । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई आइइएलटीएस सम्बन्धी सेवा तथा भिसा सम्बन्धी सेवा प्रवाह गर्दै आएको ओली एण्ड एसोसिएट कन्सलटेन्सीको बिर्तामोड कार्यालयलाई थप व्यवस्थित गरेको छ । परामर्श दिदैं आएको सो संस्थाले आफ्नो सेवालाई थप व्यवस्थित गर्ने जनाएको छ । बिर्तामोडस्थित शनिश्चरेरोडमा रहेको केशव गिरी कम्प्लेक्समा सरेको सो कन्सलटेन्सीले अब विद्यार्थीहरुलाई थप प्रभावकारी ढंगले एब्रोड सम्बन्धी जानकारी तथा एसोसिएट सम्बन्धी सेवा प्रदान गर्ने शाखा प्रमुख अशोक अधिकारीले बताएका छन् । शनिबार नयाँ कार्यालयमा सरेको सो कन्सलटेन्सीले अध्ययन गर्न आउने विद्यार्थीको सहजताका लागि नयाँ भवनबाट थप गुणस्तरीय सेवा प्रदान गरिने ब्रान्च मेनेजर अधिकारीले बताए । सो कार्यलयको भव्य…

Read More

प्रदीप परियार बिर्तामोड, २९ साउन । झापामा नेपाल कम्युनिष्ट पार्टी निर्माणको लागि काठमाडौमा सोमवारदेखि कार्यदलले छलफल प्रारम्भ गरेको छ । पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्लाको संरचना बनाउने सन्दर्भमा कार्यदलमा रहेका रविन कोइराला,झलकसिंह दर्लाली,चिन्तन पाठक र विजय साम्पाङले छलफल शुरु भएको जानकारी दिएका छन् । पूर्व एमालेको झापा जिल्ला कमिटी ७८ सदसीय र माओवादी केन्द्रको ६५ सदसीय सचिवालय रहेको छ । दुई पार्टीको एकतापछि झापा जिल्ला कमिटी १ सय ७५ सदसीय बन्ने नेकपाका नेता शिव ढुङगेलले जानकारी दिए । एकतासँगै नेकपाको जिल्ला कमिटी बनाएर १ वर्षभित्र अधिवेशन गर्ने नीति केन्द्रले बनाएको छ । जिल्लाको कमिटी बनाउने विषयमा…

Read More

बनियानी, २९ असार । झापामा यस वर्ष तीन लाख ४५ हजार वटा बिरुवा वितरण गरिने भएको छ । जिल्ला वन कार्यालय झापाले गत असार १४ गते वातावरण दिवसको अवसर पारेर टिक, मसला, खमारी, मलेसियन साल, मगोहिनी, खयर, नेमारो, सिरीष, कदम लगायतको बिरुवा वितरण शुरु गरिएको जनाएको छ । कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीका अनुसार राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत १ लाख ५० हजार, वन दशक कार्यक्रम अन्तगरत ८५ हजार, जिल्ला वन आपूर्ति समितिबाट ७० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ४० हजार गरी कूल ३ लाख ४५ हजार वटा वन बिरुवा वितरण गरिने छ । उक्त बिरुवाको मूल्य करिब…

Read More

काठमाडौं, २९ साउन। केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो । तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने।क।पा। राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, गैह्रकानुनी र दुर्नियतपूर्ण काम गरेको बताउँदै आएका छन् । सत्तासिन दलको कामलाई प्रोत्साहन हुने गरी सञ्चार माध्यमले पनि समाचार सम्प्रेषण गरिरहेको गुनासो कट्टेलको गुनासो छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित…

Read More

बनियानी, झापा, २९ साउन । झापाको विभिन्न स्थानबाट विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । झापाको कचनकवलबाट एक जना, बिर्तामोड र दमकबाट दुई÷दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–१ बनियाँनीबाट ४३ वर्षीय देवी खड्का, बिर्तामोडबाट ३५ वर्षीय दीपमान राई र ४८ वर्षीय प्रेम चापागाईं तथा दमकबाट २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरिएको हो । ‘बन्द गराउँदै र पर्चा बाँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो’, उहाँले भन्नुभयो, ‘जिल्लामा त्यस्तो कुनै अलोकप्रिय घटना भएको छ, अवस्था सामान्य छ ।’…

Read More

विराटनगर, २९ साउन । कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार ऋण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ । मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको क्रृण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका अधिकृत उमेशकुमार मास्केले वताउनु भयो । कृषि क्षेत्रमा मात्र लगानी गरिरहेको यो बैंकले मेची अञ्चलमा रु तीन अर्ब ७७ करोड २३ लाख १९ हजार लगानी गरेकामा रु तीन अर्ब आठ करोड ८२ लाख ४९ हजार असुल गरी ९६ प्रतिशत लक्ष्य हासिल गरेको छ…

Read More

उट्पटाङ हर्कत गरेर चर्चा र विवादमा आउन खप्पिस छिन् बलिउडकी ड्रामा क्वीन राखी सावन्त । हालै उनले यस्तै एउटा हर्कत गरेकी छन् । राखीले इन्टाग्राममा एउटा भिडियो पोष्ट गरेकी छन् । भिडियोमा उनी हवाईजहाजभित्र सिटमा बसिरहेकी देखिन्छिन् । उनी भन्छिन्, ‘मलाई जहाजभित्रै डान्स गर्न मन लाग्यो, के गर्ने होला ?’ त्यसपछि उनले जहाजका क्रु मेम्बरलाई सोध्छिन्, ‘के म जहाजभित्र डान्स गर्न सक्छु ?’ उनीहरुले त्यस्तो गर्न नमिल्ने बताउँछन् । त्यसपछि राखी भन्छिन्, ‘ठिक छ त्यसो भए म वासरुम भित्र गएर डान्स गर्छु । मलाई बेस्सरी डान्सले च्याप्यो ।’ त्यसपछि उनी वासरुम भित्र पस्छिन् र अहिले ट्रेन्डिङमा रहेको गीत ‘किकी, डु…

Read More

बेलायतमा एकजना महिला भूतसँग प्रेममा परेकी छिन् । भूतको प्रेममा उनी यति फसेकी छिन् कि भूतसँगको संसर्गबाट बच्चा जन्माउने उनको चाहना छ । एमथिस्ट रिल्म हो उनको नाम । आफू एउटा भूतसँग सिरियस रिलेसनशिपमा रहेको दाबी उनको छ । उनको प्रेमकहानी अनौठो छ । उनको जीवनमा भूतको प्रवेश हुनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ्नो ब्वायफ्रेण्डसँग इन्गेजमेन्ट पनि गरिसकेकी थिइन् । बिहे पनि छिट्टै गर्ने योजना थियो । उनको ब्वायफ्रेण्ड कामका कारण प्रायः बाहिरै बस्दथे । यहीँ क्रममा रिल्मको जीवनमा भूतको प्रवेश भयो, नयाँ प्रेमीको रुपमा । भूतसँग यौनसम्पर्क गर्नकै लागि उनले आफ्नो प्रेमीलाई पनि छाडिदिएकी थिइन् । ३०…

Read More

काठमाडौँ, २९ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३÷७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताउनुभयो । बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन् । विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ…

Read More

काठमाडौँ, २९ साउन । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् । ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश भएका हुन् । यसअघि यही साउन २३ गते आइसिसिले सार्वजनिक गरेको टी–२० बरियतामा कप्तान पारस…

Read More