
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
हेटौँडा, १६ जेठ । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राख्नुभयो । चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएको भन्दै ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकास रोकेर समाजलाई कस्तो सन्देश दिन खोजिएको हो ? उहाँले प्रश्न गर्नुभयो । तीन दिनसम्म मनाइएको गणतन्त्र दिवसको आज तेस्रो दिन आश्रमका १५० आश्रितलाई फलफूल वितरण गरिएको थियो ।…
सुरुङ्गा, १६ जेठ । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको थापाको भनाइ छ । पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको थापाको भनाइ छ ।
काठमाडौँ, १६ जेठ । घटनाको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैँनथ्यो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनीहरुलाई समय समयमा झस्काइरहन्छ । विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका –२ कालीदेवि माथि घर्तिछाप कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर्कतको सविस्तार बयान गरे । जिल्ला प्रहरी कार्यालयमा विद्यालयका प्रधानध्यापकसहित विद्यार्थी र उनका आफन्तहरुका भीढ जुलुस जस्तै देखिन्थ्यो । ‘अनुसन्धानका लागि पीडित छात्रालाई सेफ हाउस र आरोपित शिक्षकलाई हिरासतमा राखेका छौँ ।’ आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौँ, १६ जेठ । वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आथिएक वर्ष २०७६र७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे । ठूला संख्यामा युवा वैदेशिक रोजगारीमा जाँदासमेत रेमिट्यान्समा खासै वृद्धि हुन नसकेपछि सरकारले उक्त व्यवस्था गर्न लागको हो । वैदेशिक रोजगारीमा रहेका ठूलो संख्याका युवाले हुण्डीमार्फत रकम पठाउने गरेको धेरैको अनुमान भइरहेको बेला सरकारले त्यस्तो तयारी गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, १६ जेठ । देशैभरी १२औँ गणतन्त्र दिवस भव्य रुपमा मनाइरहँदा गणतन्त्र स्थापनाका लागि लडेका पूर्व माओवादीका घाइते लडाकू भने उपचार नै नपाएर शरीरभरि गोली र छर्रा बोकेर बसेका छन् । ‘छोराछोरी सबै लाखापाखा लागे । घरमा दुईजना बुढाबूढीमात्र छौँ । मेरो दुईवटा खुट्टा सुनिएका छन् । आठ महिनादेखि खुट्टा सुन्निएर मुरुमुट्ट भएका छन् । श्रीमती बुद्धरानी लिम्बुनी समेत ऊ त्यो कुनामा सुतिरहेकी छन् । मेरो यस्तो हालत भएपछि उनीलाई समेत डिप्रेसन भयो । एक वर्षदेखि डिप्रेसनको औषधि नियमित खाँदै थिइन् । एक हप्ता भयो औषधि छुटेको । पैसा नभएपछि रोगले च्यापेर खानासमेत पकाउन छोडिन् । अहिले म आफैँ ह्विलचियरमा…
गौरादह, १५ जेठ । गौरादहमा गत जेष्ठ १३ गतेबाट सञ्चालन भएको प्रदेश स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिताको आज समापन भएको छ । बुधवार भएको फाइनल खेलमा सूर्य श्रेष्ठ र विसाल तामाङको टोलीले उपाधी हात पारेको छ । अतिथि सदन भवनको कर्वड हलमा सम्पन्न फाइनल खेलमा सूर्य श्रेष्ठ र बिसाल तामाङ धरानको टोलीले प्रकाश राई र रविन साउदेनको टोलीलाई २१–१६, २१–१९ को सोझो सेटमा पराजित गरेको हो । जित सँगै विजेता टोलीले नगद ४१ हजार र उपविजेताले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा सुदेन राई, नविन राई र सविन खनाल,…
सान नेपाल गौरादह, १५ जेठ । १२ औं गणतन्त्र दिवसको अवसर पारेर आज गौरादहमा राष्ट्रिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गौरादह नगर कार्यसमिति ५ ले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नारायण शर्मा पौडेलले नेपाली कांग्रेस सिंगो इतिहास बोकेको पार्टी भएको वताएका छन् । नेपाली कांग्रेस केन्द्रिय नेताहरुको त्याग र निर्देशन बाट अगाडी बढ्दै आएको वताउदै नेता पौडेलले नेपाली कांग्रस मुलुकमा भएको राजनितिक परिवर्तनको सम्वाहक भएको वताए । कांग्रेसले दःुख गरेर ल्याएको संविधान समाप्त हुने भन्दै यो परिस्थितिमा नेपाली कांग्रेसले पूनः बहुमत ल्याएर सरकार बनाउनुपर्नेमा पूर्व मन्त्री पौडेलले जोड दिए…
विर्तामोड, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर विर्तामोड नगरपालिकाले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गते शुरु भएको खेलकुद अन्तरगत भएका फुटबल, कराते तथा म्याराथन दौडका विजेता टिम तथा खेलाडीलाई एक समारोहका बीच शील्ड, पदक तथा नगद पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो । स्थानीय डामोलाल राजवंशी रंगशालामा सम्पन्न प्रतियोगितामा सबै विधाका गरी झण्डै पाँच सय खेलाडीले सक्रिय सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिए । यता, खेलकुदअन्तर्गत फुटबलतर्फको उपाधि वडा नं ४ ले जितेको छ । बुधबार भएको फाइनलमा वडा…
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापन राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड…
काठमाडौँ, १५ जेठ । सरकारी कर्मचारीको तलब न्यूनतम् १८ प्रतिशतदेखि २० प्रतिशतसम्म वृद्धि भएको छ । तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प्रतिशत तलब वृद्धि गरिएको हो । हाल तल्ला तहका कर्मचारीको आधारभूत तलब १८ हजार छ । बढेको तलब आगामी साउनदेखि लागू हुनेछ ।