
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १३ जेठ । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ । नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन् । अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशतमा सहमत भएको अधिकारीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, १३ जेठ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् । सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्म्विपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री तथा कांग्रेस नेता गगन थापा र अधिकांश समानुपातिक सांसदले यो कार्यक्रम बन्द गर्नुपर्ने धारणा राखेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, १३ जेठ । लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको हो । आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको यो पहिलो पटक हो । यस अघि भने यत्तिका पदमा आयोगले पदपूर्ति गर्दा न्यूनतम पनि एक वर्ष लाग्ने गरेको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि ती पदको पूर्तिका लागि यसअघि नै आयोगलाई सिफारिस गरिसकेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद…
काठमाडौँ, १३ जेठ । आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे । प्रहरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ । राजधानीका दर्जनभन्दा बढी ठाउंमा बम राख्नुका साथै जनजीवन आतंकित बनाएपछि सुरक्षा निकायले राजधानीको सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरु बिरुद्धको कारवाहीलाई तीव्रता दिने क्रममा…
काठमाडौँ, १३ जेठ । तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्गा मोहीको नाममा नामसारी भइसकेको छ । हालको चन्द्रगिरि नगरपालिकाको थानकोट महादेशस्थानको ४३ कित्ताको १ सय २ रोपनी ३ पैसा, मातातीर्थको ३४ कित्ताको ५९ रोपनी १ आना ३ पैसा , सतुंगलको १ कित्ताको १ रोपनी ६ आना ३ पैसा व्यक्तिको नाममा गइसकेको छ । बालाजुको २७ कित्ताको १० रोपनी ६ आना १ पैसा र सामाखुसीको ९ आना जग्गा ६ वर्षअघि नै व्यक्तिको नाममा गएको…
काठमाडौँ, १२ जेठ । तीन जनाको ज्यान जाने गरी आज अपराह्न भएको विस्फोटमा विप्लव नेतृत्वको समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडाँैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गर्नुभयो । सो घटनामा तीनको मृत्यु र छ जना घाइते भएका छन् । नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर पड्किएको नपाइएको बताएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो, “दुवै ठाउँमा ग्यास सिलिण्डर पड्किएको पाइएको छैन, घट्टेकुलोमा त पक्का भइसक्यो, यताको पनि अनुसन्धानमा टोली खटाएका छौँ, टोलीले अनुसन्धान गरिरहेको छ ।” अपराह्न करीब ४ बजे भएको विस्फोटनमा परी तीन…
काठमाडौँ, १२ जेठ । आज काठमाडौँको सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । दुबै स्थानमा भएको विस्फोटमा परि ६ जना घाईते भएका थिए । सुकेधारामा घाईते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सुकेधारमा २ र अनामनगरमा १ जनाको मृत्यु भएको थियो । हाल घाईतेहरुको उपचार भईरहेको छ । यता दुबै विस्फोटमा विप्लवको संलग्नता भएको करिब करिब पुष्टी भएको छ। बिस्फोट भएका स्थानमा विप्लवका पर्चा र घाईतेमध्ये दुई जना विप्लव समूहका रहेको प्रहरीले जनाएको छ । जसमध्ये सुकेधारमा घाईते भएका एक जना विप्लव नेकपाको नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र…
काठमाडौँ, १२ जेठ । प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति शशिकिरण रायमाझीले विसं २०७२ देखि शुरु भएको उक्त प्रतियोगिताको चौथो संस्करण विसं २०७५ मा हुनुपर्नेमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भएका कारणले हुन नसकेको जानकारी दिनुभयो । खेलकूद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र यसमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका प्रतियोगितामा खेलाडीको प्रतिनिधित्व गराउने उद्देश्यले विभिन्न…
झापा, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले आज दिउँसो बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
पाँचथर, १२ जेठ । हिलिहाङ गाँउपालिकाका एक वृद्ध मृत फेला परेका छन्। हिलिहाङ गाउँपालिका–६ का ७० वर्षीय दलबहादुर योङहाङ आज मृत फेला परेका हुन्। शनिबार घरमा कसैलाई नभनी हिँडेका योङहाङको शव आज बिहान मृतावस्थामा हेँवा खोलामा पानीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनको मृत्युबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ। उनको शवपरीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए।