
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ जेठ । झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बूलाई ९ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की भावना गुरुङलाई ४९० मिलिग्राम ब्राउनसुगर र नगद ३८ हजार…
विराटनगर, ४ जेठ । मोरङको विराटनगर महानगरपालिका–३ स्थितमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जेठ ४ गते बिहानको राति प्रदेश १–०२–०५०प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर–८ का ५५ वर्षीय मो. अब्दुल कलाम घाइते भइ उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।
सरोज भट्टराईशिवसताक्षी, ४ जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले पूर्वाधार विकास, कृषि र शिक्षा विकासमा काम गरेको पाइएको छ । चालु आर्थिक वर्षमा वडाका नागरिकहरुलाई लक्षित गर्दै वडाका सडकहरु कालोपत्रे र स्तरोन्नती गरेको ८ नम्बर वडा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा वडाबाट विनियोजित बजेटबाट १६ ओटा लामा छोटा बाटोहरु स्तरोन्नती गरेको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए । वडाका अधिकांश बाटाहरुको स्तरोन्नती भएका छन् । केही बाटोहरुको काम निरन्तन्तर चलिरहेको उनले बताए । वडा नं. ८ मा करिब ९ किमी बाटो कालो पत्रे भएको छ । चालु वर्षमा शान्तिटोल दक्षिण १२० मिटर, शितल चौक दक्षिण ५००…
लमजुङ, ४ जेठ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार भएको हो । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज…
झापा, ४ जेठ । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । “कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भन्नुभयो । पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ । झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि…
झापा, ४ जेठ । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ । केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १८ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताउनुभएको छ । केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन् । क्षतिग्रस्त घरका छाना उडेका छन् भने…
झापा, ४ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परिरहेको छ। जसका कारण आज आइतबार पनि देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा, हुरी र हिमपातको सम्भावना देखिएको छ। मौसम महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली ९आकाशमा बादल० रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी…
दमक, ३ जेठ । झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। दमक–५ निवासी बुढाथोकीको आज बिहान आफ्नै निवासमा ७२ वर्षको उमेरमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ को स्थानीय तहको निर्वाचनमा बुढाथोकी एमालेबाट दमको मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगरपालिकाकी उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन् । उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी…
झापा, ३ जेठ । वीरगन्ज नाकाबाट एक महिनाको अवधिमा २५ हजार टन मल भित्रिएको छ । वर्षे धानबालीलाई लक्षित गर्दै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गरेको १५ हजार टन डीएपी र १० हजार टन युरिया मल वीरगञ्ज नाका हुँदै भित्रिएको हो । भारतको कोलकाताबाट मल बोकेर रेल्वे र्याक वीरगन्ज आइपुगेका कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो । कूल १५ हजार टन डीएपीमध्ये ६ हजार टन डीएपी मल कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा भण्डारण समेत भइसकेको छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालय पठाइने कृषि सामग्री…
भद्रपुर, ३ जेठ । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा भद्रपुरमा बृहत साहित्यिक एवम् सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कविता वाचन, गायन तथा नृत्यकला प्रदर्शन गरिएको हो । महेन्द्र कोइरालाले स्वागत गरेको कार्यक्रममा भद्रपुरका स्थापित साहित्यिक, सांगीतिक श्रष्टादेखि नव प्रतिभा स्रष्टासम्म एउटै मञ्चमा उभिएर आ—आफ्नो कला प्रदर्शन गरेका थिए । डिल्लीरमण नेपाल र धनकुमारी खरेल लताले सञ्चालन गरेको कार्यक्रममा प्रा.डा गंगाप्रसाद अधिकारी, सह प्राध्यापक होम सुवेदी, कवि विरही अधिकारी, जयन्ती मानी, सत्यनारायण तायल, तीर्थ चापागाई, अनिता राजवंशी, हरिप्रसाद न्यौपाने, उषा गुरूङ, ज्ञानमणि भूर्तेल,…