
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ चैत । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहकार्यमा कोशी प्रदेश पर्यटन वर्ष–२०८२ लाई लक्षित गरी सुरक्षा जाँच तथा स्टीकर टाँस कार्यक्रमको शुभारम्भ भएको छ । चैत २९ गते विराटनगर महानगरपालिका–१५ स्थितमा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने मुल नाराका साथ सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले पर्यटन वर्ष २०८२ लाई लक्षित गरी भारतबाट भ्रमणको लागि नेपाल आउनुभएका भारतिय पर्यटक सवार सवारी साधनहरुमा स्टिकर टाँस गर्नु भई कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा प्रमुख अतिथि कार्कीले…
शिवसताक्षी, २९ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को फुटबलतर्फको उपाधि वडा नं. १० ले उचालेको छ । वडा नं. ७ लाई ट्राइबेकरमा हराउँदै वडा नं. १० ले उपाधि उचालेको हो । ट्राइबेकरमा वडा नं. १० ले ३–४ गोल अन्तरले वडा नं. ७ लाई हराएको छ । उपाधि जितेसँगै वडा नं. १० ले नगद ५५ हजार र उपविजेता वडा नं. ७ ले नगद ३५ हजारसहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उनीहरुलाई नगर प्रमुख मेगाहाङ्ग थोप्राले पुरस्कार प्रदान गर्नुभयो । खेलको म्यान आफ दी म्याच र वेष्ट गोलकिक्पर वडा नं. १० गोल किप्पर सुदिप मर्डी घोषित…
महोत्तरी, २९ चैत। महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नम्बर ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन् । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए । उनका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताए । स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने…
भनिन्छ नेपालमा हर कोही ब्यक्ति कुनै न कुनै समयमा ग्यास्ट्राइटिसबाट पडित हुन्छ । पेटको ‘ग्यास्ट्रिक म्युकोसा’ भनिने भित्री तह जल्ने, पोल्ने, खुइलिने समस्यालाई ग्यास्ट्राइटिस भनिन्छ । वाकवाकी लाग्ने नखाएपनि अघाएजस्तो हुने, पेट पोल्ने, नपच्ने मुटु पोल्ने भोक हराउने आदि ग्यास्ट्राइटिसका सामान्य लक्षणहरु हुन् ।आउनुस् हेरौ ग्यास्ट्राइटिसबाट सरल तरिकाले मुक्ति कसरी पाउन सकिन्छ । १. पाचन प्रणाली पूर्ण रुपले स्वस्थ नहुँदासम्म दूधजन्य पदार्थबाट टाढा रहनुस् । २. शरीर अथवा पेटमा पानीको मात्रा प्रसस्त हुनु जरुरी हुन्छ । हरेक दिन कम्तिमा आठ ठूलो गिलासको भरी पानी पिउनुहोस् । ३. पेटको जलन घटाउन हरेक दिन भिटामिन ई को ४०० आइ।यू। मात्रा लिनुस् ।…
काठमाण्डौ, २९ चैत । गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले प्रसाईंसँगै पक्राउ परेका उनका अङ्गरक्षक दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको व्यवस्था गर्न आदेश दिएको छ । चैत १५ गते तीनकुनेमा हिंसा भड्किएपछि फरार रहेका प्रसाईंलाई प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी बिहान झापाको भद्रपुर हुँदै जहाजबाट…
सुनसरी, २९ चैत । बक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रियस्तरको ‘आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष फाइट नाइट २०२५’ हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी वैशाख १२ गते यहाँ कार्यक्रम आयोजना गरिएको आयोजक धरान बक्सिङ सङ्घका अध्यक्ष दीपक राईले बताए । धरानमा राष्ट्रियस्तरको यो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको उनले जानकारी दिए । प्रतियोगितामा ‘प्रोफेसनल’ (प्रो) र ‘एमेचर’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कोशी प्रदेशबाट प्रो प्रतिस्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर तथा गण्डकी प्रदेशका पोखरा र बाग्मती प्रदेशको काठमाडौँबाट खेलाडी सहभागि हुनेछन् । एमेचर विधामा…
काठमाडौं, २९ चैत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन् । वेष्टमिनिष्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका थिए । उनले नेपालको संसद् समावेशी भएको उल्लेद गर्दै नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति आभार व्यक्त गरे । बेलायत र नेपाल दुई देशबीच दुई शताब्दीभन्दा बढी समयदेखि आत्मिय र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै राजदूत घिमिरेले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वमा जोड दिए । उनले नेपाललाई बेलायतबाट निरन्तर र थप सहयोगको आवश्यकताबारे धारणा राखेको लण्डनस्थित नेपाली…
विराटनगर, २९ चैत्र । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट चैत्र २८ गते प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका–४ का२१ बर्षीय एनजल गुरुङ र १९ बर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका–२ का २४ बर्षीय शिव शंकर चौधरीलाई ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको सागुरीगढी गाउँपालिका–९ घर भई हाल धरानमा बस्दै आएका ३४…
प्रेम अधिकारीपशुपतिनगर-इलाम), २९ चैत । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम सिङ्गारिएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत यहि चैत ३१ देखि वैशाख १ र २ विभिन्न देशका राजदूत अन्तु आउने भए पछि नगरपालिकाले अन्तु कन्यामको सरसफाइसहित सिङ्गारने काम भइरहेको हो । मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनु भएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गरायने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी…
झापा, २९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर…