
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ साउन । झापाको हल्दिबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । संखुवासभा चैनपुर नगरपालिका–२ घर भई हाल हल्दिबारी–४ ऐनावारीस्थित मैनाली हाते कागज खरिद बिक्री केन्द्र काम गर्ने करिब ३०–३१ को राम कुमार अधिकारीको नजिकै रहेको खोल्सामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको ।
ताप्लेजुङ, २५ साउन । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा रेड स्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । झापाका लागि सविनकुमार लुङ्गेलीले निर्णायक प्रदर्शन गरे । उनले खेलको ७७औँ मिनेटमा पहिलो गोल गरे भने इन्जुरी समयमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए । लाखे जात्रा पर्वको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी ९भारत० र चर्च ब्वाइज ललितपुरबीच प्रतिस्पर्धा हुने छ । यसअघि शनिबारको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित…
झापा, २५ साउन । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरूलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उहाँका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । “शुक्रवार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशालामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताउनुभयो ।
दैलेख, २५ साउन । चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा तीजको नाच हेर्न गएकी १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। घटना साउन २२ गते साँझको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारका अनुसार घटनामा संलग्न दुई युवकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा सोही नगरपालिका–८ निवासी २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्। प्रहरी अनुसन्धान अनुसार ती युवकहरूले तीजको नाच हेरेर घर फर्किँदै गरेका किशोरीहरूको समूहलाई पिछा गरेका थिए। साथीहरू भाग्न सफल भए पनि ती युवकहरूले एक बालिकालाई लखेटी समातेर एकान्त स्थानमा लगेर पालैपालो बलात्कार गरेको खुलेको छ। बालिकालाई ढुंगाले प्रहारसमेत…
झापा, २५ साउन । झापाको मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय समय अनुसार बिहान ९:३० बजे खोलामा घोप्टो परेको अवस्थामा अन्दाजी ५०–५५ वर्षकी महिलाको शव फेला परेको हो । हालसम्म मृतकको नाम, थर तथा वतन खुल्न सकेको छैन। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको छ । शवलाई कानुनी प्रकृयाअनुसार पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मेची पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दैलेख, २५ साउन । दैलेखमा बालिकालाई कुटपिटसँगै सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा तीज हेर्न गएकी बालिकालाई ढुङ्गाले हानेर घाइते बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी लालबहादुर सुनारले साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकालाई सोही गाउँका दुई युवकले ढुङ्गाले हानेर घाइते पारेर सामूहिक बलात्कार गरेको उजुरी परेपछि दुई युवकलाई नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनीका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, घटना भएकै दिन प्रहरीलाई खबर…
झापा, २५ साउन । अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । भाउ घटेर आज सुन तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौँ, २५ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले पूर्ण छात्रवृत्ति भन्ने शब्द विधेयकबाट हटाइनुपर्ने बताएका छन् । हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने उनीहरूको माग छ । छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने प्याब्सनले माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन केन्द्रीय कार्यसमिति महासचिव आरबी कटुवालले साउन २८ गतेभित्र आफूहरूका मागहरू सम्बोधन गरी विधेयकमा संशोधन नगरे…
एजेन्सी, २५ साउन । गाजामा भएको इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका नागरिकसहित कम्तीमा १० जनाको ज्यान गएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको थियो । घटनामा ३० जना घाइते भएका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ । खाना वितरण केन्द्रहरूमा दैनिक हजारौं नागरिक सहायताको लागि भेला हुने गरेका छन् । पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसलाई लक्षित गरी आक्रमण गर्दा उनीहरुले ज्यान गुमाइरहेका छन् ।
झापा, २५ साउन । संघर्ष र मेहनतको लामो यात्रापछि ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएकी गायिका जुनु प्रसाई अहिले टप ६ प्रवेशको तयारीमा छिन्। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूमा हुर्केकी उनले सानो उमेरमै गायनप्रति असाधारण रुचि देखाएकी थिइन्। त्यही लगन र प्रतिभाले उनलाई विद्यालयदेखि स्थानीय मंचसम्म, र पछि झापासम्मको यात्रा गरायो, जहाँ उनले टेलिभिजन कार्यक्रम सञ्चालनसंगै विभिन्न सांगीतिक कार्यक्रम मार्फत लोकप्रियता कमाईन । केही वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेकी जुनुले, व्यावसायिक जीवनको व्यस्ततामाझ पनि गीत–संगीतलाई कहिल्यै बिर्सिन दिइनन्। रोजगारीसँगै कतारमै विभिन्न सांगितिक कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो कला निरन्तर…