
ताप्लेजुङ, २५ साउन । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापाको रेड स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा रेड स्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
झापाका लागि सविनकुमार लुङ्गेलीले निर्णायक प्रदर्शन गरे । उनले खेलको ७७औँ मिनेटमा पहिलो गोल गरे भने इन्जुरी समयमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

लाखे जात्रा पर्वको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी ९भारत० र चर्च ब्वाइज ललितपुरबीच प्रतिस्पर्धा हुने छ ।
यसअघि शनिबारको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै इटहरी युनाइटेडले सेमिफाइनल यात्रा तय गरिसकेको छ । प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

