
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताउनुभयो । उहाँले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताउनुभयो । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी…
गङ्गा पराजुली पशुपतिनगर, १ फागुन । भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि इलामको पूर्वी सीमावर्ती गाउँका किसानले व्यावसायिक तरकारी खेतीबाट आम्दानी राम्रो गर्न थालेका छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारी बारीसम्म आउन थालेपछि किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरेका हुन् । भारतको पर्यटकीय शहर दार्जिलिङमा तरकारीको माग बढ्दै गएपछि सूर्योदय नगरपालिकाको पशुपतिनगर, गोर्खे, फिक्कल बरबोटे, अन्तु, समाल्बुङ क्षेत्रमा व्यावसायिक तरकारी खेती फष्टाएको हो । अहिले फिक्कल, पशुपतिनगर, आइतबारेलगायत गाउँमा भारतीय व्यापारी आएर तरकारी खरीद गरी दार्जिलिङ पु¥याउने गरेका हुन् । उनीहरूले इस्कुस, मूला, आलु, साग, काँक्रा, बिटलगायत तरकारी लोड गरी लैजान गरेका छन् । सूर्योदय नगरपालिका–९ गहिरिगाउँका किसान…
रुपन्देही, १ फागुन । प्र्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताउनुभएको छ । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा शुरु शहीद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उहाँले शहीदको बलिदानीको परिणामस्वरुप नै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो । उहाँले आजकै दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको स्मरण गर्दै अबका दिनमा कसैले पनि रोजगारीको हकबाट वञ्चित हुनु नपर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “आजको दिन ऐतिहासिक दिन हो, यो दिन युवाका लागि कोशेढुङ्गा सावित हुनेछ ।” परिणामलाई सहजै स्वीकार गर्ने खेलाडीको संस्कारबाट राजनीतिक नेतृत्वले…
फिदिम, १ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन आज पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका फालेलुङ, याङवरक, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । नेम्वाङको निधनले जिल्लालाई अपुरणीय क्षति पुगेका कारण शोक मनाउन बिदा दिने निर्णय गरिएको हिलिहाङ गाँउपालिकाका प्रमुख भुवानीप्रसाद लिङ्देनले जानकारी दिनुभयो । गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा सम्बोधन गरेलगत्तै बेहोस भई ढल्नुभएका प्रमुख नेम्वाङको उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा निधन भएको थियो ।…
शाहरुख खानको कम्पनी रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको अमिताभ बच्चनको फिल्म ‘बदला’को ट्रेलर रिलिज भएको छ । सुजोय घोषको निर्देशनमा बनेको फिल्ममा अमिताभ बच्चनसँगै तापसी पन्नु मुख्य भूमिकामा छिन् । यो क्राइम थ्रिलर फिल्मको पोस्टरमा अमिताभ र तापसीको लुक सार्वजनिक गरिएको छ, जसमा ट्यागलाइन दिइएको छ ’माफ गरिदिनु हरेक पटक सही हुँदैन ।’ शाहरुख खानले फिल्मका केही पोस्टरहरु आफ्नो ट्वीटरमा शेयर गर्दै लेखेका छन् ‘अब माहोल केही बदलिएको जस्तो लागेको छ ।’ यो ट्वीटभन्दा अगाडि उनले एक अर्को ट्वीट गर्दै लेखेका थिए ‘बिग बी म तपाइँसँग बदला लिनन आउँदैछु, तयार रहनुहोला ।’ फिल्मलाई शाहरुख र उनकी पत्नी गौरीले रेड…
भद्रपुर, १ फागुन । गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताउनुभयो । झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा डेरा बस्दै उपचारमा धाउँदै गर्नुभएको उहाँका दुवै मिर्गौला काम नलाग्ने भएको विर्तामोडको बीएण्डसी हस्पिटलमा जचाएपछि नौ महीनाअघि पत्ता लागेको थियो । त्यसपछि उहाँलाई चिकित्सकले अस्पतालमा भर्ना भएर डाइलासिस गर्न सुझाव दिए । सरकारले डाइलासिस निःशुल्क गराउने घोषणा गरेतापनि सरकारी सुविधाको पालो नपाएर उहाँले सात…
काभ्रेपलाञ्चोक, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताउनुभएको छ । सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५५ लाई तेमाल गाउँपालिका–५ नारायणस्थानमा मङ्गलबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “हामी जनताको स्वाभिमान उच्च राख्ने काम गर्दैछौँ, सरकार समृद्धिको यात्रामा विजयी हुन्छ ।” मन्त्री अधिकारीले वर्तमान सरकार मुलुकको समृद्धि, विकास र अग्रगतिका लागि काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले पाँच वर्षको अवधिमा जनतासँग गरेका वाचा पूरा गर्ने दाबी गर्नुभयो । मन्त्री अधिकारीले तेमाललाई सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले निर्माण गर्न लागिएको तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री सूर्यमान दोङ, सङ्घीय…
पशुपतिगनर, १ फागुन । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ (माईपोखरी–सुलुबुङ र माइमझुवा) को सङ्गमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो । कुकुर र जङ्गली जनावरका सिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो । विगतमा चोरी तस्करी हुने गरेको रेडपान्डाको संरक्षणका लागि ट्रयापिङ क्यामरा जडानपछि चोरी तस्करीमा नियन्त्रणमा आएको गाउँपालिकाका प्रवक्ता गिरिराजमणि खनालले बताउनुभयो । लजालु प्रकृतिको दुर्लभ रेडपान्डा सिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको रेडपान्डा नेटवर्कका फिल्ड संयोजक…
काठमाडौँ, १ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई जिम्मेवारी दिइएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । नेपाली टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी, डिफेण्डरमा राजन गुरुङ, असिम भुसाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिन पौडेल, छिरिङ गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, अरिक विष्ट, मिनस थापा, मिक्छेन तामाङ,…
बिर्तामोड, १ फागुन । बिर्तामोड नगरपालिका अन्तरगत रहेका १८ बटा सामुदायिक बिद्यालयमा अनिबार्य इ–हाजिरी सेवा सुरु भएको छ । ती बिद्यालयमा कार्यरत शिक्षकहरुले फागुन १ गतेदेखि अनिबार्यरुपमा इ–हाजिरी गर्नु पर्ने भएको छ । यो सेवाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिबाकोटीले एक कार्यक्रमका बीच सो सेवाको उद्घाटन गर्नुभयो । नगरकी सामाजिक समितिकी संयोजक संगीता शिवाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकारी युवराज पाण्डेले नगरको शिक्षाको अबस्था बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नगर शिक्षा अनुगमन समितिका संयोजक उमानाथ ओलीले तयार पारेको अनुगमन प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा नगर पालिकाका प्रमसख प्रशासकीय अधिकृत पशुपति खतिबडाले समेत मन्तब्य राख्नुभएको थियो । इ–हाजिरी सेवाको…