
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २६ माघ । झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँ बजारबाट प्रहरीले शुक्रबार लागूऔषध ओसार–पसारमा सम्लग्न एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बजारमा शंकास्पद अवस्थामा हिँडिरहेका भद्रपुर–७ का १९ वर्षीय सन्देश यादवलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेनारागन, लुपिजेसिक, डाइजोपाम १०÷१० एम्पुल र नाइट्रोजन ४८ ट्याब्लेट बरामद गरेको जिप्रका झापाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका यादवलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
बनियानी, २६ माघ । झापाको बिर्तामोड नगरपालिका–९ स्थित नरियाबारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–१० का १८ वर्षीय मंगल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार नरियाबारीबाट हल्दिबारीतर्फ जाने क्रममा मे ९ प ७७४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा रहेको बेलको रुखमा ठोक्किँदा चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार बिर्तामोड–२ का १८ वर्षीय बिशाल दास र २० वर्षीय नबिन कटुवालसमेत गम्भीर घाइते भएका छन् । घाइते दुवैको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार…
अर्जुनधारा, २६ माघ । झापा अर्जुनधारा–३ का युवराज दुलाल लामो समयदेखि आँखामा समस्या भए पनि उपचारका लागि जान सक्नु भएको थिएन । तर, अर्जुनधारा नगरपालिकाले गाउँघरमै एकीकृत घुम्ती शिविरको आयोजना गरेपछि उहाँले आँखा त जचाउनु भयो नै त्यही मौकामा छोराको फोटोसहितको मतदाता नामावलीमा नाम पनि दर्ता गराउनुभयो । उहाँ मात्रै होइन, अर्जुनधारा–३ का पुष्पलाल बाँस्कोटाले पनि आँखाको उपचारसँगै नातिनीको नागरिकता बनाउन पाएको दंग हुनुभयो । विभिन्न कारणले उपचार र सरकारी सेवाबाट बञ्चित उहाँहरुले नगरपालिकाले गाउँघरमै एकीकृत शिविरको आयोजना गरेपछि स्थानीय सरकारको प्रत्याभूति पाएको प्रतिक्रिया दिनुभयो । स्थानीयस्तरमै आयोजना गरिएको शिविरबाट नागरिकलाई जिल्ला धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको स्थानीय शिक्षक जयप्रकाश भण्डारीले…
भद्रपुर, २६ माघ । झापाको भद्रपुरस्थित मेची रंगशालामा आजदेखि ‘प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की’ प्रतियोगिता शुरु हुने भएको छ ।राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा नेपाल हक्की संघले मेची अञ्चलमै पहिलो पटक हुन उक्त प्रतियोगिता गर्न लागेको हो । यसअघि विराटनगरमा विसं. २०४५ सालमा पहिलो पटक राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना गरिएको थियो । ओझेलमा परेको हक्की खेललाई प्रोत्साहन गर्नुका साथै प्रदेशस्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल हक्की संघका सचिव रञ्जन थापाले बताउनुभयो । माघ २६ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कर्णाली प्रदेश बाहेक गण्डकी, सुदुरपश्चिमसहित ६ वटा प्रदेश र नेपाल आर्मीको एउटा विभागीय…
धरान, २५ माघ । मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो । उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ । जिल्ला खेलकूद विकास समितिले चालु आर्थिक वर्षको खेलकूदको बजेटबाट रु पाँच लाख ५० हजार लगानी गरेर घाँस रोपेको हो । माघ २६ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)…
काठमाडौँ, २५ माघ । लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक ¥याली निकालिएको छ । महिला, कानून र विकास मञ्चको आयोजनामा आज काठमाडौँको माइतीघरबाट निकालिएको उक्त सचेतनामूलक ¥याली नयाँबानेश्वर चोकमा पुगी सम्पन्न भएको थियो । ¥यालीमा पूर्ण नागरिक, पूर्ण अधिकार नागरिकतामा समान अधिकार, कोख मेरो सन्तान कस्को ?, आमाको नामबाट नागरिकता सुनिश्चित गरलगायत नारासहित सचेतनामूलक सडक नाटक गरेर ¥याली समापन गरिएको थियो । सामाजिक तिरस्कार, अपमान, राज्यबाट पाउने सेवासुविधा नपाउँदा महिलाको जीवनमा आउने समस्याका साथै महिलाले मृत्युको बाटो रोज्न बाध्य हुनु परेको घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको थियो ।
विराटनगर, २५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताउनुभएको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विकास र समृद्धिको यात्रामा देशमा धेरैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा प्रदान गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराउनुभयो । उहाँले प्राविधिक शिक्षाका लागि व्यावसायिक तालीम केन्द्रहरु स्थापना गर्ने कार्यक्रम बनाउने काम भइरहेको बताउनुभयो । अगामी दुई वर्षमा प्रदेशमा १०० वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शुरु गरिने उल्लेख गर्दै उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिकबाट…
फिदिम, २५ माघ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपीट गरेका थिए । तर, आफू उक्त कार्यमा संलग्न नरहेको बताएका विद्यार्थी रोहित राईलाई प्रधानाध्यापक खत्रीले थप कुटपीट गरेको अभिभावक र उनका सहपाठीको भनाइ छ । खत्रीले टाउकोमा प्रहार गरेका कारण राई घाइते भएका छन् । उनलाई उपचारका लागि उनकै साथीहरुले पाँचथर जिल्ला अस्पतालमा भर्ना गराएका छन् । राईसँगै कक्षा ९ मा…
काठमाडौँ, २५ माघ । राष्ट्रियसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो । यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो । उहाँले नै ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन…
बेझाड, २५ माघ । श्रीमान्बाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् । श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन् । विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमतीपीडित भएको भन्दै न्यायको उन्मुक्तिको बाटो खोज्दै अदालतमा पुगेका छन् । वैदेशिक रोजगारीका क्रममा श्रीमती परपुरुषसँग सम्बन्ध स्थापित गर्नु, वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नुजस्ता कारण देखाउँदै पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ । चालु आर्थिक वर्षको छ महीनाको अवधिमा जिल्लामा सम्बन्धविच्छेदका १२२ मुद्दा…