
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पंकजा भण्डारी (नेपाल) गौरादह, ५ फागुन । केटा केटीदेखि वृद्धवृद्धा सम्म ओठैमा झुण्डिने हर्लिक्स घरमा आफैँलेले बनाउन सकिन्छ भन्दा तपाँईलाई आश्चार्य लाग्न सक्छ । तर यो सत्य हो, बजारमा पाईने हर्लिक्स, बुस्ट, कम्प्लान्, वर्नभिटा जस्ता सक्ति बर्दक खाद्य पदार्थहरु गुणस्तरिय छन् की छैनन् भन्ने पिर एकातर्फ परिरहन्छ भनेँ अर्कोतर्फ अत्यन्तै महँगो मूल्यमा किन्नु पर्दा पैसाको पनि उतिनै खर्च हुने गर्दछ । आफ्ना नानीहरुलाई स्वस्थ राख्नको लागी अपरिहार्य मानिने काजु, वदाम, ओखर, किसमिस जस्ता पोसिला र सक्तिबर्दक खाद्य सामाग्रीको उचित मिश्रण द्धारा अतिनै स्वादिष्ठ र गुणस्तरिय खानेकुराहरु घरैमा बनाउन सकिन्छ । हर्लिक्स, कम्प्लान वा वुस्ट बनाउनको लागि आवश्यक सामाग्रीहरुः — एक…
भद्रपुर, ५ फागुन । भद्रपुर ६ स्थित मोर्डन अंग्रेजी माध्यमिक विद्यालयले प्याब्सन झापाद्वारा आयोजित भद्रपुर नगर अन्तर विद्यालय खेलकुद प्रतियोगितामा १३ वटा पदक जीत्न सफल भएको छ । वार्षिक खेल तालिका अन्र्तगत भद्रपुर माविको खेल मैदानमा ३ दिनसम्म चलेको प्रतियोगितामा मोर्ड समूहले ४ वटा स्वर्ण पदक सहित १३ पदक प्राप्त गर्न सफल भएको हो । प्रतियोगितामा माध्यमिक तह ४ सय मिटर दौडमा छात्रा तर्फ स्वर्ण पदक, निमावि तह ८ सय मिटर छात्रा तर्फ स्वर्ण पदक, निमावि ४ सय मिटर छात्र तर्फ स्वर्ण पदक, प्राथमिक तह १०० मिटर छात्र तर्फ स्वर्ण पदक गरी ४ स्वर्णपदक प्राप्त भएको थियो भने छात्रा भलिबाल…
विराटनगर, ५ फाल्गुन। १ नम्बर प्रदेश अन्तर्गत पाँचथर, मोरङ र सुनसरी जिल्लामा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा स्कुटरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।बिहान करिब साढे ११ बजे लालिखर्कबाट फिदिमतर्फ आउँदै गरेको मे ४ प २५७३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षका गोपाल राई घाइते भएका थिए । ठक्करबाट गम्भीर घाइते राईलाई उपचारको लागि पाँचथर स्थित समर्पित अस्पताल पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा स्कुटर…
धु्रवसागर शर्मा गलेश्वर, ५ फागुन । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । तर, यसको ठीक विपरीत म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा बुबाआमा दुवै यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ । आफैंले जन्माएका दुई छोरालाई आमाबुबा दुबै जनाले चटक्कै छोडेर अर्कैसँग…
हैदराबाद, ५ फागुन । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ । भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ ।
पशुपतिनगर, ५ फागुन । इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो । कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको बजार अनिश्चित भएको उद्यमी दिनेश महतले बताउनुभयो । युरोपमा छुर्पी निर्यात गर्ने विभिन्न कम्पनीले पूर्वी नेपालका उद्योगबाट छुर्पी सङ्कलन गर्दै आएका छन् । पछिल्लो समय पश्चिमा मुलुकमा निर्यात हुने छुर्पी ५० प्रतिशतले कम भएको छ भने निर्यात गर्दै आएका कम्पनीले पाँच महीनादेखि इलामका…
काठमाडौँ, ५ फागुन । विवेकशील नेपालीले पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयको विरोध गरेको गरेको छ । विवेकशील नेपालले प्रेस बिज्ञप्ती मार्फत उत्त गीत हटाउन लगाइएको दबाबको बिरोध गरेको हो । हेर्नुहोस् प्रेस बिज्ञप्ती विवेकशील नेपाली पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयको विरोध गर्दछ । शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक सञ्जालमा राखेर लोकतन्त्रप्रति भएको यो प्रहारको विरोध गर्न समेत सर्वधारणलाई अपिल गर्दछौँ। हामी आफू असहमत रहेका…
जम्मू–काश्मीरको पुलवामामा बिहीबार भएको आत्मघाती आक्रमणको दुई दिनपछि शनिबार भारत पाकिस्तान सीमा नजिक एक विष्फोट भएको छ । विष्फोटमा भारतीय सेनाका एकजना मेजरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले बताए अनुसार यो घटना राजौरीको नौशेरा सेक्टरमा भएको थियो । ज्यान गुमाएका मेजरको नाम सार्वजनिक गरिएको छैन । प्रवक्ता आनन्दका अनुसार शनिबार दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए । त्यतिबेला उनले भर्खरै खनेको माटो देखे । उनले तत्काल जमिनको तलासी लिन थाले, अचानक त्यहाँ विस्फोट भयो । त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो । उनकासाथ रहेका अर्का एक जवान गम्भीर घाइते भएका छन् ।…
चर्चित लोकदोहोरी गायक पशुपति शर्माले शुक्रबार युट्यूबमाफर्त सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा…’ युट्यूबबाट हटाएका छन् । ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ लगायतका व्यङ्ग्यात्मक शैलीमा नेपालमा बढिरहेको भ्रष्टाचार बेथितिका बारेमा लेखिएको नयाँ गीत उनले युट्यूबबाट हटाएका हुन् । आफूले कुनै पनि राजनीतिक दललाई लक्षित गरेर गीत नल्याएको भए पनि कसैलाई अप्ठेरो परेको भए क्षमा माग्ने पनि गायक शर्माले बताएका छन् । आफूले नेपालमा बढ्दो विसंगति र विकृतिको उजागर मात्रै गर्न खोजेको बताउँदै शर्माले यही गीतलाई परिमार्जन गरेर छिट्टै बजारमा ल्याउने पनि जानकारी दिएका छन् । के भने पशुपतिले ? आदरणीय…
मोरङ, ५ फाल्गुन । मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१३ बस्ने २२ वर्षका दिनेश रोक्का र धरान–१६ बस्ने २२ वर्षका गोविन्द मगरलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक–१५ एम्पुल, डाईजेल्याव–१५ एम्पुल र एभिल–१५ एम्पुल बरामद गरेको छ । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जानाएको छ ।