झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चितवन, २९ माघ । पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा उहाँले संविधान कार्यान्वयन गराउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “हामी विधिविधानअनुसार लोकतान्त्रिक परम्पराअनुसार चलेका छौँ कि छैनाँै हेर्ने समय आएको छ ।” संविधान निर्माणका लागि राज्यको ठूलो मिहिनेत र कसरत रहेको बताउँदै उहाँले यसलाई संस्थागत गर्ने जिम्मेवारी सबै तहको रहेको बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि स्थानीय जनता जागरुक हुँदै स्थानीय तहलाई घच्घच्याउनु आवश्यक रहेको भन्दै उहाँले शिक्षाले मानिसलाई नैतिक…

Read More

बिर्तामोड, २९ माघ । झापाको बिर्तामोडस्थित ग्लोबल टच र ग्लोबल पिस इन्टरनेशनल एजुकेशन एकाडेमीले मंगलबार एक दिने सेमिनार आयोजना गरेको छ । अध्ययनका लागि जापान जान चाहने विद्यार्थीका लागि जाने प्रक्रिया, नियम–कानूनी, रहनसहन लगायतका विषयमा जानकारी दिने उद्देश्यले सेमिनार आयोजना गरिएको एकाडेमीका सञ्चालक दिपक गौतमले जानकारी दिए । सेमिनारमा झापासहित इलाम, ताप्लेजुङ, पाँचथरलगायत जिल्लाका एक सय जनाभन्दा बढी विद्यार्थी सहभागी भएको गौतमले बताए । सेमिनारमा जापानको फुजी इन्टरनेशनल एकाडेमीका इन्टरनेशनल म्यानेजर जनार्धन प्याकुरेलले प्रशिक्षण दिएका छन् । ‘अन्य देशका तुलनामा जापान जान कम लागत लाग्नुका साथै हावापानी मिल्छ’, प्याकुरेलले भने, ‘अध्ययनका साथै विद्यार्थीले हप्तामा २८ घण्टासम्म काम गर्न पनि पाउँछन्,…

Read More

द्रोण अधिकारी भद्रपुर २९ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले विकास विरोधी चरित्र देखाएको आरोप लगाएका छन् । नेता सिटौलले झापा क्षेत्र नम्बर ३ अन्र्तगत भद्रपुरमा दुई दिने कपर्दी खेलको उद्घाटन गर्दै विगतको सरकारले योजनाबद्ध ढंगले सुरू गरेका बहुबर्षे योजना रोकेर सरकारले विकास विरोधी चरित्र देखाएको आरोप लगाएका हुन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सिटौलाले आफ्नो कार्यकालमा झापाका क्षेत्र नम्बर ३ को विकासका लागि ५ अर्व बढीका भौतिक विकासका योजना ल्याएर काम तीब्र गतिमा बढीरहेकोमा वर्तमान सरकारले रोकेको प्रति आपत्ति जनाए । उनले विगतका सरकारका पालामा सुरू भएका आयोजना देशैभर अलपत्र पारेर काम रोकिनु विडम्बना…

Read More

चितवन, २९ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निराशा छाएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निराशामा परिणत भएको छ ।” नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो, “गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।” प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताउनुभयो । अर्को एक प्रसङ्गमा उहाँले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभयो । महासमितिले…

Read More

फिक्कल, २९ माघ । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । प्लाष्टिक खरीद गर्न माघ एक गतेबाट शुरु गरिएको भए पनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ । फोहर प्लाष्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ । इलाम नगरपालिकाले विसं २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ ।…

Read More

कृष्णराज गौतम काठमाडौँ, २९ माघ । सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गरेको छ । देशभर हाल ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था छन् । समाजमा छरिएर रहेको स–साना रकमलाई एकीकृत तथा बचत गर्न लगाई पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी गर्ने कार्यमा सहकारी क्षेत्रले योगदान गरेको छ । सहकारी क्षेत्रको विकासका लाीग मन्त्रालयले विभिन्न तालीम, प्रशिक्षण तथा सूचना उपलब्ध गराउँदै आएको…

Read More

फिक्कल, २९ माघ । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । प्लाष्टिक खरीद गर्न माघ एक गतेबाट शुरु गरिएको भए पनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ । फोहर प्लाष्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ । इलाम नगरपालिकाले विसं २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ ।…

Read More

बिर्तामोड, २९ माघ । कुखुराको मासुको परिकार मनपराउनेको लागि बिर्तामोडमा ‘चिकन स्टेसन’ खुल्ने भएको छ । नेपालमै प्रसिद्ध रहेको चिकन स्टेसन रेस्टुरेन्ट बर्गर र फ्राइड चिकनका लागि लोकप्रिय छ । बिर्तामोडका युवा व्यवसायी मदन राई, प्रकाश भारती, नगेन बुढाथोकी, नितेश मिश्र र विन्दु गुरुङको लगानीमा झापाको बिर्तामोडमा चिकन स्टेसन सञ्चालनको तयारी अन्तिम पुगेको छ । सञ्चालक राईका अनुसार बिर्तामोडको रेस्टुरेन्ट यही फागुन १४ गतेबाट सञ्चालनमा आउनेछ । त्यस्तै, पाँचजनाकै लगानीमा झापाको दमक र मोरङको बेलबारीमा वैशाखबाट चिकन स्टेसन सञ्चालनमा आउने भएको राईले बताए । प्रत्येक रेस्टुरेन्टमा ४० लाख रुपैयाँ लगानी गरिएको बताइएको छ । संघीय राजधानी काठमाडौँबाहिर पूर्वमा पहिलोपटक सञ्चालनमा…

Read More

दमौली, २९ माघ । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिनुभयो । नवलपुरमा कारागार नभएकाले चितवन…

Read More

झापा, २९ माघ । झापासहित देशभर चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । केही दिन अघि मात्र झापा कारागारमा क्षयरोगबाट पीडित एक युवकको मृत्यु भएको थियो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताउनुभयो । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो”, उहाँले भन्नुभयो । सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार…

Read More