
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १२ माघ । वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने तीनवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने खेल स्थगित गरिएको क्लबका अध्यक्ष मानवीर छन्त्यालले जानकारी दिनुभयो । क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाका कारण हिलाम्य भएकाले आज खेल सञ्चालन गर्न नसकिएको तर वर्षा रोकिएर घाम लागेमा आइतबार पूर्वनिर्धारित समयमै सञ्चालन हुने उहाँको भनाइ थियो । प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख ५० हजार पाउने छ भने दोस्रोले रु दुई लाख, तेस्रोेले रु एक लाख, चौथोले रु ६० हजार, पाँचौँले रु ४० हजार,…
कास्की, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधिर प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले विरोध जनाएकामा उहाँले विधिसम्मत प्रक्रियाको पालना सबैले गर्नुपर्दछ भन्नुभयो । नेता नेपालले भन्नुभयो, “केही नमिलेका विषय छन्, भने छलफल गरौँ, मिलाऔँ । अहिल्यै हतास हुनुपर्ने अवस्था छैन । चरणबद्ध आन्दोलनको बाटोमा नलागौँ ।” सरकारले आफ्ना सोच तथा योजनालाई, साकार पार्न राष्ट्रिय तथा बाह्य पूँजीलाई आमन्त्रण गरेर उत्पादनको क्षेत्रमा लगानी गर्दै जनतालाई सुखी बनाउनुपर्ने र त्यसमा…
झापा, १२ माघ । झापाको झापा गाउँपालिका–२ सिमलबाडीबाट प्रहरीले शनिवार बिहान अवैध सामान सहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा मे २ प ६९७९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको २ टिन खाने तेल र २ बोरा सुर्ती सहित सोही गाउँपालिका–१ लसुना बस्ने ४२ वर्षका अमृत गणेशलाई पक्राउ गरेको हो । पक्राउ परेका गणेश र बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईने जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ ।
झापा, १२ माघ । झापाको विर्तामोड नगरपालिका–२ ऋद्धी–सिद्धि चोकमा कारको ठक्करबाट आज मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् । बिहान पौने ६ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको बा १४ च ६५९६ नम्बरको कारले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक बिर्तामोड नगरपालिका–६ बस्ने ४९ बर्षका कृष्णमान पौडेल घाईते भएका हुन् । घाइते पौडेललाई कार चालक धरान–६ बस्ने लोक बहादुर खड्काले उपचारको लागि बि. एण्ड.सी. अस्पताल लिएर गएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
काठमाडौँ, १२ माघ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताउनुभएको छ । किङ्ग कम स्पोर्टस् क्लबले आज यहाँ आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले संसद् विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुखले निष्पक्ष रुपमा सबैलाई आफ्नो रायसुझाव राख्ने अवसर दिनुपर्ने विचार राख्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले काङ्ग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृति नदिनु राजनीति पूर्वाग्रह भएको बताउनुभयो । एघार सङ्घ संस्थालाई स्वीकृतिको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत…
काठमाडौँ, १२ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको औँल्याएको हो । रातको समयमा पनि देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बद्ली रहनेछ भने मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी भेगबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभाव…
काठमाडौँ, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताउनुएको छ । डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वका विभिन्न मुलुकका नेतालाई जानकारी गराउन तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन पनि भ्रमण फलदायी भएको बताउनुभयो । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र…
सुरुङ्गा, १२ माघ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए । पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै शङ्कास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताउनुभयो ।
विवेक कार्की स्मृति साँगीतिक प्रतिष्ठान नेपालले विद्यालय स्तरीय प्रतियोगिता माघ १७ गते सम्पन्न गर्ने
भद्रपुर, १२ माघ । विवेक कार्की स्मृति साँगीतिक प्रतिष्ठान नेपालले विद्यालय स्तरीय साँगीतिक प्रतियोगिता माघ १७ गते सम्पन्न गर्ने भएको छ । अल्पायुमा स्वर्गारोहण भएका भद्रपुर १० चन्द्रगढीका युवा गायक विवेक कार्कीको दाश्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले माध्यमिक तह स्तरका भद्रपुर नगर क्षेत्रका विद्यार्थी कलाकार बीच साँगीतिक प्रतियोगिता सम्पन्न गर्ने भएको हो । प्रतिष्ठानले खोज पत्रकारिता मञ्च चन्द्रगढीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सुगम संगीत गायन प्रतियोगिता गर्ने जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालका अनुसार कला र संगीतको संरक्षण गर्न भद्रपुर नगर स्तरीय विद्यालय स्तरका गायक गायिका बीच प्रतियोगिता आयोजना गरिएको हो । गत वर्षबाट स्वर्गीय गायक कार्कीको…
द्रोण अधिकारी भद्रपुर, १२ माघ । भद्रपुर नगरलाई आधुनिक शहरका रूपमा विकास गर्ने लक्ष्य लिएर सुरु भएको सडक स्तरीकरणको काम गुणस्तर विवादमा परेको छ । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा भइरहेका काम मध्ये पहिलोचरण र दोश्रो चरणका चालु योजनाका अधिकाम्स सडक विस्तारका काम गुणस्तरहीन पाइएपछि गुणस्तर विवाद बढेको हो । आर्थिक वर्ष २०७३÷०७४ बाट काम सुरु भएका सडक निर्माण कम्पनीकाका कुनै पनि काम नगरबासीको चित्तबुझाउन सक्ने छैनन् । स्तरीकरण योजनाका निर्माण व्यवसायीहरूले पहिलो चरणदेखि दोस्रो चरणसम्मका प्याकेज अन्र्तगत नाली निर्माण कार्यमा निर्माण सम्झौता विपरित काम गर्दा निर्माण अवधिमै नालीका वाल चर्कन थालेका छन् भने कामको गुणस्तरमा स्थानीयले…