
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १ फागुन । प्रथम गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । झापाको मेची रङ्गशालामा आज भएको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मीलाई १–० गोलअन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो । उपाधिसँगै गण्डकीले रु २० हजारसहित ट्रफी तथा मेडल पायो । उपविजेता आर्मीले रु १५ हजार पुरस्कार प्राप्त ग¥यो । प्रदेश नं १ लाई सडन डेथमा ७–६ गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेश तेस्रो भयो । सुदूरपश्चिमले रु पाँच हजार पुरस्कार पायो । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शङ्कर थापाले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी गण्डकीका श्रवण कुमार, उत्कृष्ट गोलकर्ता आर्मीका राम साह,…
सन्तोष शर्मा बनियानी, १ फागुन । गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकार समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘जनआन्दोलन तथा जनयुद्धका महान शहीदहरुको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम’मा गृहमन्त्री थापाले महान शहीदहरुको सपना पूरा गर्न सरकार समाजवादको आधार निर्माणको दिशामा अघि बढिरहेको बताउनुभयो । ‘समाजवादको सुरुवात गरेर सामन्यवादको गन्तव्यमा पुग्ने पार्टीको नीति अनुसार सरकार समाजवादको आधार निर्माण लागि परेको छ’, उहाँले भन्नुभयो, ‘उत्पादन, औद्योगिक विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा लगायतमा जनताको पहुँच अभिबृद्धि हुनु समाजवाद हो, सरकार त्यही दिशामा अघि बढेको छ ।’ समाजवादको आफ्नै राजनीतिक, सामाजिक र आर्थिक नीति हुनेसमेत…
काठमाडौँ, १ फागुन । नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सङ्घको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो । गत माघ २ गते कार्यकाल समाप्त भएसँगै सङ्घको केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । सङ्घका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिनुभएको थियो र सोही दिन उहाँको राजीनामा स्वीकृत भएको थियो । बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पार्टीको महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित परिमार्जन गरी पेश गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो…
काठमाडौँ, १ फागुन । सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजागारीको अवसर सिर्जना गर्न सरकारले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीको क्षेत्र र दायरालाई विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने कार्यक्रमको लक्ष्य छ । कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई…
काठमाडौँ, १ फागुन । हिरो गोल्डकपअन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको हो । जीतसँगै नेपालको फाइनल यत्रासमेत बलियो बनेको छ । नेपालका लागि सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन् । सावित्राले खेलको ५९औँ तथा ८९औँ मिनेटमा गोल गरिन् । यस्तै अनिताले खेलको ४१औँ मिनेटमा गोल गरेकी थिइन् । जीतसँगै ६ अङ्क जोड्दै नेपाल फाइनल पुगेको छ । सावित्राले भारतविरुद्धको खेलमा समेत दुई गोल गरेकी थिइन् । हारसँगै इरान प्रतियोगिताबाट बाहिरिएको छ । आजै अर्को खेलमा म्यानमारले भारतसँग खेल्दैछ…
भद्रपुर, १ फागुन । गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिनुभयो । उहाँले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए पनि जाति, धर्मका नाममा देशलाई विभाजित गर्ने, साम्प्रदायिक दङ्गा फैलाउने शक्ति यो प्रदेशमा र जिल्लामा रहेको जानकारी दिँदै त्यस्ता तत्वलाई नियन्त्रण गर्न सुरक्षा निकायले विशेष योजना बनाउन जरुरी रहेको बताउनुभयो । गृहमन्त्रीले जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा आफ्नो दायित्वलाई महत्वपूर्ण ढङ्गले निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो…
द्रोण अधिकारी भद्रपुर, १ फागुन । पुरातात्विक महत्व बोकेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गए पनि सरोकारवाला बेखवर देखिएका छन् । पाषण कालिन ऐतिहासिक महत्व बोकेका २२ सय वर्ष पूराना भग्नावशेषका सुरक्षा पर्खाल भत्काउने, फुटाउने कार्य भइरहेको सो क्षेत्रमा सुरक्षा पोष्टले चाल नपाउँदा सो क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गएका हुन् । वि सं २०५६ सालबाट पुरातत्व विभागले उत्खनन् सुरु गरेको किच्चक बध क्षेत्रमा २०७३ सम्ममा १४ औं र २२ औं शताब्दीका दरवार क्षेत्र तथा विभिन्न हतियारसहित घरायसी सामग्री फेलापारी दरवार क्षेत्र संरक्षण गर्न संरक्षण क्षेत्रलाई जिम्मा लगाएको थियो । किच्चक बध ऐतिहासिक तथा धार्मिक…
विराटनगर, १ फागुन । प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र महासङ्घका अध्यक्ष भवानी राणाले मंगलबार सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी पत्रमा कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको सङ्ख्या वृद्धि गर्ने, हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्थापनका माध्यमबाट विस्तारै कम गर्दै लैजाने, ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाइ स्थानीयस्तरमै आयआर्जन र रोजगारी सिर्जना गर्ने, आगामी पाँच वर्षभित्रमा स्थानीय तहमा एक उद्योग स्थापना गर्न परियोजना बंैकको…
काठमाडौँ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताउनुभयो । उहाँले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताउनुभयो । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी…
गङ्गा पराजुली पशुपतिनगर, १ फागुन । भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि इलामको पूर्वी सीमावर्ती गाउँका किसानले व्यावसायिक तरकारी खेतीबाट आम्दानी राम्रो गर्न थालेका छन् । भारतीय व्यापारी गाडी लिएरै तरकारी बारीसम्म आउन थालेपछि किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरेका हुन् । भारतको पर्यटकीय शहर दार्जिलिङमा तरकारीको माग बढ्दै गएपछि सूर्योदय नगरपालिकाको पशुपतिनगर, गोर्खे, फिक्कल बरबोटे, अन्तु, समाल्बुङ क्षेत्रमा व्यावसायिक तरकारी खेती फष्टाएको हो । अहिले फिक्कल, पशुपतिनगर, आइतबारेलगायत गाउँमा भारतीय व्यापारी आएर तरकारी खरीद गरी दार्जिलिङ पु¥याउने गरेका हुन् । उनीहरूले इस्कुस, मूला, आलु, साग, काँक्रा, बिटलगायत तरकारी लोड गरी लैजान गरेका छन् । सूर्योदय नगरपालिका–९ गहिरिगाउँका किसान…