
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पाँचथर, ४ फाल्गुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसिरहेका १७ वर्षका भगेन्द्र तामाङ र निजकै भाई ११ वर्षका मन कुमार तामाङलाई आज दिउँसो पौने ४ बजेको समयमा अचानक परेको चट्याङको झड्काले लागेर दुवैजना गम्भीर घाईते भएका थिए । घाईते दुबैजनालाई जिल्ला अस्पताल पाँचथर पुर्याउनासाथ भगेन्द्र तामाङलाई डाक्टरले मृत घोषणा गरेका थिए भने मन कुमार तामाङको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
झापा, ४ फाल्गुन । झापाको दमक नगरपालिका–७ निलकण्ठ टोल स्थितमामा घरमा कोही नभएको मौकामा धनमाल चोरी भएको छ । बिगत १ वर्ष अगाडिदेखि राकेश दाहालको घरमा १ तल्ले घरको फ्लाईट भाडामा लिएर बस्दै आएका रंजित शर्माको कोठाबाट शुक्रबार राती चोरी भएको हो । आज दिउँसो १ बजेको समयमा राजेश दाहाल कोठामा आएपछी चोरी भएको थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । कोठामा रहेको सामानहरु छरपस्ट पारिनुका साथै अन्दाजी ३ तोला सुन, चाँदी २५ तोला, नगद रू २२,००० गरी अन्दाजी २ लाख ३७,००० बराबरको धनमाला चोरी भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ भने चोरी गर्ने व्यक्तिहरुको खोजतलाश कार्य भईरहेको…
काठमाडौँ, ४ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले एक वर्षको अवधिमा सरकारले विकासका काम गर्न नसकेको स्पष्ट पार्नुभएको छ । राजधानीमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “दुई तिहाइको बलियो सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा जनताले गरेका थिए । यो सरकारले त्यो जिम्मेवारी पूरा गरेन ।” नेकपा ९माले०का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले वर्तमान सरकारले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले भ्रष्टाचारको इपिसेन्टर सिंहदरबारबाट स्थानीय निकायमा सरेको आरोप लगाउनुभयो । नेकपा ९क्रान्तिकारी माओवादी०का वरिष्ठ नेता सीपी गजुरेलले सरकारले महङ्गी बढाएको, सुन तस्करलाई उन्मुक्ति दिएको र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा माफियाकरण गरेको आरोप…
सुनसरी, ४ फागुन । सुनसरी ईटहरी उप(महानगरपालिका -१६ सरस्वति निम्न माध्यमिक बियालय बालग्राम नजिक फुटबल खेल्ने क्रममा बिबाद भई चक्कु प्रहार गर्दा २ जना घाईते भएका छन । शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने बर्ष १६ को हिमाल बस्नेत लगायत ४ जना र ईटहरी (१० बस्ने बर्ष १६ को अनिस राई लगायत अ। ४र५ जना बिच फुडबल को निहुमा बिबाद भई चक्कु प्रहार गर्दा हिमाल बस्नेत को दाहिने हात को औला चोट लाग्नुका साथै अनिस राई को दाहिने पेटमा चक्कुले लागेको थियो । हिमाल बस्नेत लाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ भने अनिसको वी।पी। कोइराला स्वस्थ्य…
बनियानी, ४ फागुन । झापाको शिवसताक्षी नगरपालिकामा एक वनजात शिशुको शव फेला परेको छ । शिवसताक्षी–१० स्थित माइखोलाको पुलमुनी शुक्रबार कार्टुनभित्र राखिएको अवस्थामा नवजात शिशुको (पुरुष लिंग भएको) शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले भर्खर जन्मिएको जस्तो देखिने शिशुको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी माइधारबाट प्रहरीको टोली खटिनुका साथै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट समेत प्रहरीको टोली खटिएको तथा घटनाबारे विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, ४ फागुन । रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखिएको हो । अलपत्र पर्नेमा अधिकांश महिला छन्। नेपाली पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल हुन सकेको छैन। परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरीद्वारा उनीहरूलाई स्वदेश ल्याउने प्रयास भइरहेको छ। सरकारले उनीहरूलाई उद्धार तथा राहतका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन नियन्त्रण शाखा प्रमुखको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरेको छ । आजको राजधानी दैनिकमा…
काठमाडौँ, ४ फागुन । नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य सेवामा कार्यरत अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीको सरुवा, पदस्थापन सङ्घीय सरकारबाट गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै सात वटै प्रदेशका सामाजिक विकासमन्त्रीमार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट दशौँ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको थियो । सङ्घका महासचिव महेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लोकसेवा आयोगको प्रक्रियामार्फत प्रवेश गरेका अधिकृतस्तरदेखि माथिका कर्मचारीलाई सङ्घीय सरकारबाट नै खटनपटनमा रहने गरी सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउने प्रावधान सुनिश्चित गर्न आग्रह गरिएको छ । हालको स्वास्थ्य सेवाका कर्मचारी समायोजन प्रक्रियामा कर्मचारीको वृत्तिविकासका अवसरहरुमा एकरुपता नभएको, सरुवा तथा बढुवाको अवसर साँधुरो भएको र कर्मचारीको…
काठमाडौं, ४ फागुन । मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल गरेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ । त्यसपछि प्रहरीले लक्ष्मण तिवारीसहित सो गाडीको खोजतलासी गर्न थाल्यो । पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पा¥यो र उजुरीकर्ता भारतीय व्यापारीलाई…
काठमाडौं, ४ फागुन । नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएको हो । जापानमा रहेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनीलबाबु श्रेष्ठलाई भू–उपग्रह तयार भएको जनाएका छन् । ‘आज क्यूटेक र वडर््स प्राजेक्टका पदाधिकारीको उपस्थितिमा उपग्रह निर्माण कार्य सम्पन्न भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । यो दिन हाम्रा लागि ऐतिहासिक दिन हो ।’ शुक्रबार नै क्युटेकका अध्यक्ष यूजी ओईएले उपकुलपति श्रेष्ठलाई भू उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए । आजको कान्तिपुर दैनिकमा…
काठमाडौँ, ४ फागुन । भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यानमाका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमाले थप दुई गोल ग¥यो । खेलको ५३औँ मिनेटमा वीन तुन तथा ६३औँ मिनेटमा पुनः यी यी ले गोल गरेकी हुन् । नेपाल र म्यानमा चार महिनायता तेस्रो पल्ट भिडेका हुन् । गत नोभेम्बरमा…