झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पर्सा, ३ फागुन । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँले इसीटीएस लागू भएपछि नेपाली आयातकर्ताको समय र खर्च दुवै जोगिने दावी गर्नुभयो । इसीटीएस प्रणालीले कागजी प्रक्रियालाई न्यून गर्नुका साथै बन्दरगाहमा लाग्ने एजेन्ट खर्चलाई समेत समाप्त गर्ने अरुण कुमारको भनाइ छ । उहाँले इसीटीएस लागू भएपछि बन्दरगाहको झन्झटिलो भन्सार प्रक्रियाका कारण तिर्दै…

Read More

उर्लाबारी, ३ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा चालक मोरङ, लेटाङ नगरपालिका–८ का ४५ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको हो । दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका–१ कै ४५ वर्षीय तिलबहादुर राई र मिक्लाजुङ गाउँपालिका–५ का २० वर्षीय सुधीर नेपाल घाइते भएका छन् । घाइते दुवैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पिकअप भ्यान दुर्घटनास्थलमै रहेको छ भने मृतकको शवलाई परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका…

Read More

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ भएको ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ लाई सम्बोधन गर्दै उहाँले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानी मैत्री कानून बनाएको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै उद्यमशीलतालाई प्रोत्साहन गर्न के गर्नुपर्छ त्यसका लागि सरकार तयार रहेको बताउनुभयो । सरकारले मुलुक समृद्धिका लागि मजबुत आधार तयार गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आर्थिक विकासका लागि स्पष्ट लक्ष्यका साथ हामी अघि…

Read More

मोरङ, २ फाल्गुन। मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीमा १ बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणीको प्रयास गर्ने सुनसरी दुहवी भलुवा–१ बस्ने २२ वर्षका सलमोदिन मियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान सवा ११ बजे को २ ह २०११ नम्बरको सिटी–सफारी चालक मियाले बालिकालाई ललाई फकाई सिटी सफारीमा हालेर नजिकै रहेको उखु बारीमा लगेर करणीको प्रयास गर्दा बालिका चिच्याए पश्चात स्थानीयले थाहा पाएर प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा तत्काल प्रहरी चौकी बरगाछीबाट प्रहरी टोली खटि गई सिटी सफारी सहित मियालाई पक्राउ गरेको हो । पक्राउ परेका मियालाई जिल्ला प्रहरी…

Read More

सुनसरी, २ फाल्गुन । सुनसरीको धरान उप–महानगरपालिका–१५ मा आज बिहान स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ । भित्री सडक खण्डमा निराजन बस्तीबाट भानुचौक तर्फ जाँदै गरेको को १६ प ९१०४ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई सडक छेउमा रहेको भित्तामा ठोक्किएर विहान साढे ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटरका चालक सोही स्थान बस्ने २५ वर्षका लक्ष्मण लामा गम्भीर घाईते भई उपचारको लागी वी.पी. कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा दिउँसो सवा १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Read More

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गर्नुभयो । कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरीद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै आफूले पहिलो शेयर लिने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले के कति परिमाणको शेयर खरीद गर्ने विषयमा जानकारी नदिनु भए पनि पहिलो शेयर किनेर सबै नेपालीलाई यस अभियानमा सहभागी हुन आग्रह गर्ने स्पष्ट पार्नुभयो…

Read More

काठमाडौँ, २ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ । अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराउनुभयो । झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीलगायत पाँच घाइते हुनुभएको उहाँले बताउनुभयो । अन्य घाइते हुनेमा केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडाँै भूगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल रहनुभएको छ । अनेरास्ववियुका सचिवालय सदस्य घर्तीले आफू सरकारद्वारा सञ्चालित क्याम्पसमा सङ्गठन विस्तार गर्न जाँदा प्रतिष्ठान प्रशासनले प्रहरी…

Read More

मोहम्मद सदरुल विराटनगर, २ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्न एक हदसम्म सफल भएका छौँ भन्नुभयो । एक वर्षको अवधिमा प्रदेशले दुई अधिवेशनबाट २४ ऐन पारित गरेको, कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण गर्दै यस प्रदेशको बलियो अर्थतन्त्रको आधार कृषिलाई बनाउने, कृषि, पर्यापर्यटन, वन तथा वातावरणका क्षेत्रमा योजनावद्ध रुपमा कार्यक्रम अगाडि बढाएको…

Read More

झापा, २ फाल्गुन। झापाको मेचीनगर नगरपालिका–५ मा एक बृद्धालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा १ युवकलाई पक्राउ गरिएको छ । बृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने सोही नगरपालिका बस्ने २३ वर्षका कुमार लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । मादक पदार्थ सेवन गरेका राईले बुधवार दिउँसो १२ बजे ७६ बर्षीया वृद्धालाई घरमा सुतीरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भनि निजको श्रीमानले दिएको उजुरीको आधारमा सिमा प्रहरी चौकी नकलबन्दबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

भद्रपुर, २ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले सदरमुकाम क्षेत्र चन्द्रगढीबाट बजार अनुगमा सुरू गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण अनुगमन टोली भद्रपुर १० ले चन्द्रगढी क्षेत्रमा गरेको अनुगमनका क्रममा अधिकाम्स होटलमा फोहोर तथा प्रदुषित खाना बिक्री वितरण भइरहेको, अखाद्य पदार्थ मिश्रण रहेको, किराना पसलले मूल्य सूचि नराखेको, म्याद गुज्रेका खाद्य पदार्थ बेचिरहेको लगायत जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी बेथिति पाइएको छ । डिभिजनका प्रमुख भरतबहादुर पुरीको नेतृत्वमा गएको टोलीले बजारमा नियम विपरित कार्य गर्ने होटल सञ्चालक तथा किराना पसल सञ्चालकलाई सुधार गर्न ७ दिने निर्देशन दिएको छ भने नसच्चिए दास्रो पटक आउँदा पनि…

Read More