झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ६ माघ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् । आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए । रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीले आफ्नो घर खानतलासी गरेको र कैयन्पटक बयान लिएको बताइन् । उनले बाहिर चर्चामा आएजस्तो प्रहरीले आफ्नो पक्ष नलिएको दाबी गरिन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ६ माघ । उखुको मूल्य निर्धारण भएपछि देशभरका चिनी उद्योग सञ्चालनमा आएका छन् । उखु उत्पादक महासंघले उखुको मूल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उिखु बिक्री गर्ने अडान राखेका थिए । पुसको अन्तिम सातामा महोत्तरीको बर्दीबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मूल्य निर्धारण सम्बन्धी सम्झौ भएपछि उद्योग सञ्चालनमा आएका हुन् । मध्य तराईका किसानले गरिरहेको उखु नगदे बालीको रुपमा चिनिए पनि बिस्तारै उधारो बालीमा परिणत भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

दमक, ६ माघ । तीर्थ भुजेल २०७२ सालमा झापाको गौरादह नगरपालिका, ४ स्थित कञ्चनजंघा प्राथामिक सरुवा भएर आए । त्यतिबेला सो विद्यालयमा विद्यार्थी संख्या १७ मात्रै थियो । विद्यालय मर्जर हुनबाट जोगाउने भन्दै माथिल्लो निकायमा पठाएको विवरणमा भने विद्यार्थीको संख्या ५१ उल्लेख गरे । २०७३ सालको शैक्षिक सत्रको सुरुवातसँगै उनी शिक्षकको टोली बनाएर विद्यार्थी जुटाउने अभियानमा जुटे । नभन्दै विद्यार्थी संख्या बढेर ४० पुग्यो । क्रमिक रुपमा विद्यार्थी संख्या बढ्दै जाँदा यतिखेर ८१ विद्यार्थी छन् । मिहिनेतको कदर गर्दै समुदायले भुजेललाई प्रधानध्यापकको जिम्मेवारी दियो । तर, विद्यार्थीको चापसँगै निजी स्रोतबाट राखिएका शिक्षकलाई अढाई वर्षदेखि तलब दिन नसक्दा उनी चिन्तित छन्…

Read More

काठमाडौं, ६ माघ । सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूतनीतिक रुपमा असफल भएको सम्बद्ध क्षेत्रका बुद्धिजिवीले टिप्पणी गरेका छन् । कूटनीतिक असफलताले नै लिपुलेकमा भारत चीनले एकलौटी सम्झौता गरेको उनीहरुले बताए । कुनै पूर्व जानकारी नदिई भारत र चीनले नेपाली भूभागबारे सम्झौता गर्दा पनि मौन बस्नु नेपालको कूटनीतिक असफलता रहेको उनीहरुको ठम्याई छ । पहिले भएको सम्झौतासमेत सरकार कार्यान्वयन नसकेको उनीहरुको आरोप छ । अन्तर्राष्ट्रिय कानुन विज्ञ वरिष्ठ अधिवक्ता डा। सूर्य ढुङ्गेलले राष्ट्रियता र अखण्डतामा सरकार हिचकिचाउनु कूटनीतिक असफलता भएको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ६ माघ । सरकारले डा। गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफरिस गरे बमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो । तर, निजी कलेजले मन्त्रिपरिषदको निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन् । त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले मन्त्रिपरिष्दको निर्णयलाई चुनौती दिँदै चर्को शुल्क असुले पनि सरकार मुकदर्शक बनेको छ । मेडिकल कलेजहरुल सरकारसँगकै मिलेमतोमा विद्यार्थीमाथि ठगी गरिरहेको सरोकारवालाको भनाई छ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा। गोविन्द केसीले सर्वसुलभ रुपमा चिकित्सा शिक्षा पाउनु पर्ने आवाज उठाउँदै आएका छन् । आजको नागरिक पत्रिकामा खबर छ ।

Read More

काठमाडौँ, ५ माघ । साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ । भुँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचन गर्नुभयो । सङ्ग्रहमा नेपालको राजनीतिलगायतका विषयलाई व्यङ्ग्य गरिएका दुई दर्जन निबन्ध समावेश गरिएका छन् । सो अवसरमा मन्त्री ज्ञवालीले देशमा लामो सङ्घर्षपछि राजनीतिक परिवर्तन प्राप्त भएको सन्दर्भमा सांस्कृतिक परिवर्तनका लागि अझै केही समय लाग्ने बताउनुभयो । उहाँले व्यङ्ग्यलाई जबर्जस्ती ढङ्गभन्दा पनि शालिन ढङ्गबाट प्रस्तुत गर्न आग्रह गर्नुभयो । ‘बोकाको मन’ का लेखक ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्ने माग गर्नुभयो । रुरु–५ सुन्डाँडा,…

Read More

दमक, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धितर्फ अगाडि लैजान कृषि र पर्यटनको प्रवद्र्धन आवश्यक रहेको औँल्याउनुभएको छ । झापाको दमकस्थित हिमशिखर मिडिया ग्रुपको आज नवौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देशको विकास र समृद्धिको यात्रामा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण साथ चाहिने धारणा व्यक्त गर्नुभयो । देशको विकास र समृद्धिका लागि कृषि तथा पर्यटन क्षेत्रको व्यावसायीकरण गर्न खाँचो रहेकामा जोड दिँदै उहाँले देशलाई समृद्धिमा रुपान्तरण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई बलियो बनाउन प्रदेश सरकार प्रयत्नशील भएकोसमेत जानकारी दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न प्रदेशको अवस्था अत्यन्तै उपयोगी छ…

Read More

सान नेपाल गौरादह, ५ माघ । फर्निचर एण्ड फर्निसिङ्ग व्यवसायी संघ गौरादह नगर समितिको प्रथम चुनावी साधारण सभा सम्पन्न भएको छ । प्रकाश फर्निचर गौरादहका प्रवन्ध निर्देशक प्रकाश बास्कोटाको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति गठन गर्दै साधारण सभा सम्पन्न गरिएको हो । साधारण सभाले संघको उपाध्यक्षमा सन्तकुमार साह, सचिवमा कृष्ण शर्मा, कोषाध्यक्षमा सरण अधिकारीलाई चयन गरेको छ भनें सदस्यहरुमा लक्ष्मी प्रसाई, उमेश थापा, रमेश दाहाल, इन्दिरा कार्की, उमेश पराजुली, सुरेश शर्मा र गन बहादुर कार्की निर्वाचित भएका छन् । साधारण सभाले ४ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ । संघका पूर्व अध्यक्ष कृष्ण ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा साधारण सभाको उद्घाटन…

Read More

हेटौँडा, ५ माघ । पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटौँडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । अभियुक्तद्धयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  गत पुस २५…

Read More

भद्रपुर, ५ माघ । चन्द्रगढी टोल विकास संस्था भद्रपुर १० को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले दुर्गाप्रसाद दाहालको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा पुष्प पोखरेल, सचिव डम्बर कुँवर, सह–सचिव प्रमेश राजवंशी, कोषाध्यक्ष मुना रोक्का चयन भएका हुन् । यसै गरी सदस्यहरुमा विष्णु सापकोटा, नारायण नेपाली, भारती राजवंशी, पर्वत राजवंशी लगायत रहेका छन् । लोकबहादुर कुँवरको अध्यक्षता तथा भद्रपुर १० नं. वडा अध्यक्ष टेक बहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सभामा अध्यक्ष कुँवरले टोल विकासको वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । त्यस्तै राजवंशी समाज कल्याण समिति भद्रपुरको प्रथम सभाले जगेनलाल…

Read More