
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुर्खेत, १६ माघ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज जनार्दन शर्माले बलियो कम्युनिष्ट पार्टी (नेकपा)ले मात्र कर्णाली समृद्ध बनाउन सक्ने बताउनुभएको छ । आज यहाँ आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा बोल्दै प्रदेश इञ्चार्ज शर्माले विगतको गुटगत मानसिकतालाई भत्काएर अघि बढ्न पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । “बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ”, इञ्चार्ज शर्माले भन्नुभयो, “समाजवादमा लैजान नयाँ कम्युनिष्ट पार्टी निर्माण भएको हो ।” उहाँले जनतालाई व्यवस्थित, भरपर्दो र प्रभावकारी सेवा दिएर नेकपालाई जनताको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने धारणा व्यक्त गर्नुभयो । प्रदेश सहइञ्जार्च यामलाल कँडेलले विधि र विधानमा चल्ने पार्टीको…
काठमाडौँ, १६ माघ । डेनिस रेडक्रसका सद्भावनादूत विश्वयात्री सी पेडर्सन थोर विश्वयात्राका क्रममा नेपाल आइपुग्नुभएको छ । उहाँको नेपाल भ्रमण १७९ औँ मुलुक हो । हालसम्म कुनै उडान नगरी स्थल र जलमार्गको प्रयोग गरी उहाँ विश्व भ्रमणमा नयाँ कीर्तिमान कायम गर्ने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल सोमबार आइपुग्नु भएको हो । यस क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीद्वारा बालकुमारीमा सञ्चालित राष्ट्रिय रक्त सञ्चार केन्द्रमा मङ्गलबार पुगी रक्तदान गर्नुभएको सोसाइटीले जनाएको छ । “मानवीय सेवाको महान कार्य रक्तदान हो, सेवा, सहयोग र आत्म सन्तुष्टिका लागि रक्तदान राम्रो माध्यम हो, सबै मानवका शरीररमा उस्तै प्रकारका रगत चलायमान भइरहेको हुन्छ ।” रक्तदान…
मोरङ, १६ माघ । मोरङको सुनवर्षी नगरपालिका–६ खिर्कीडाँगीमा मंगलवार सिटी सफारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ ह ६८४६ नम्बरको सिटी सफारी आँफै अनियन्त्रित दुर्घटना हुँदा सफारीमा सवार सुनवर्षी नगरपालिका–९ खुनियावारीका २५ वर्षीय सूर्यनारायण पासवान घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका पासवानलाई उपचारको लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । सफारीका चालक फरार रहेकोले खोजीकार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।
अञ्जु भण्डारी लावालस्कार शानसँग मुन्टिदैछ्न मालिकहरु सहिद दिवस फुलमालाले सजिँदैछ्न शालिकहरु सहिदको सालिक मात्र उनका लागि खास भए वषौर्ंदेखि सहिद सपना बेवारिसे लास भए महादेवको धन देख्दा तेस्रो आँखा खुल्छ अरे फुलमालाले सालिक पुज्दा सहिद सपना फुल्छ अरे ? सहिद सपना उनका लागि चुनावलाई नारा भए माखो केही मानेर् होइनन् देखाउनलाई दाह्रा भए मातृभूमिको बलिबेदिमा जीवन होम्ने वीरहरु रुँदै होलान् झुक्दै गर्दा यी नेपाली शिरहरु फगत् सालिक पुज्नु मात्रै सहिदको उपहास हो विरतामा पवित्रता पो नेपालीको इतिहास हो ।
हेटौँडा, १६ माघ । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ । प्रदेश सरकारको आयोजनामा आज प्रदेश राजधानी हेटौँडाको शहीद स्मारकमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले निरङ्कुश व्यवस्था स्वीकार गरेर माफी माग्नुभन्दा प्रजातन्त्रका लागि हाँसीहाँसी जीवन त्याग गर्ने शहीदको योगदान अमूल्य भएकाले सम्मान गरिनुपर्ने उल्लेख गर्नुभयो । हेटौँडाको चर्चित शहीद स्मारकका संस्थापकसमेत रहनुभएका पौडेलले नेपाल निर्माण अभियान तथा नेपाल अङ्ग्रेज युद्धमा योगदान दिने भक्ति थापा एवं विभिन्न समयमा शहीद भएकाप्रति सम्मान व्यक्त गर्न स्मारक स्थापना गरिएको स्मरण गर्दै आज आफू मुख्यमन्त्री हुँदासमेत स्मारक व्यवस्थापनको जिम्मेवारी छाड्न मन नलागेको बताउनुभयो । कार्यक्रममा आन्तरिक…
पूर्णप्रसाद मिश्र काठमाडौँ, १६ माघ । यही माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा…
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताउनुभएको छ । प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर…
तनहुँ, १५ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले लोकतन्त्र खतरामा पर्दै गएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तनहुँले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता पौडेलले भन्नुभयो, “भ्रष्टाचार मौलाउँदै गएकाले यसको न्यूनीकरण समयमै गर्न नसके लोकतन्त्र नै खतरामा पर्ने देखिएको छ ।” “गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तनहुँको खैरेनीटारमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र हटाउने सरकारको निर्णयविरुद्ध बृहत् विरोध कार्यक्रमको आयोजना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “यो सरकारलाई बेलैमा झक्झकाउन सकिएन भने लोकतन्त्र खतरामा पर्ने सङ्केत देखिएको छ ।” “काङ्ग्रेस कार्यकर्ताको व्यवहारमा परिवर्तन गर्न सके पुनः काङ्ग्रेस जनताको मन जित्दै अघि बढ्न सक्छ,” उहाँले भन्नुभयो, “नेकाले समाजमा…
काठमाडौँ, १५ माघ . पाकिस्तानको लाहोरमा आजदेखि शुरु भएको न्यूनदृष्टियुक्त महिला क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई हराउँदै १० विकेटले जितेको छ । पाकिस्तानले दिएको ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा विनिता पुनले अविजित २८ रन जोड्दा मनाक्षी चौधरीले अविजित १९ रन जोडिन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ११ ओभर ३ बलमा अलआउट हुँदै ५३ रन जोडेको थियो । पाकिस्तानकी किरनले सर्वाधिक नौ तथा निम्राले अविजित छ रन जोडिन् । खेलमा प्लेयर अफ दि म्याच नेपालकी विनिता पुन र भ्यालुएबल प्लेयर अफ दि म्याच सरिता घिमिरे घोषित भइन्…
पर्वत, १५ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाउनुभएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको सूर्यप्रकाश माविको वार्षिकोत्सव समारोहमा उहाँले प्रा डा गोविन्द केसीले राखेका माग अक्षरश पूरा गर्नुपर्ने बताउँदै स्वार्थमा भन्दा पनि जनपक्षीय कामहरु गर्नुपर्ने बताउनुभयो । उहाँले केसीको जीवन रक्षाका लागि छिटो पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो । अर्को प्रसङ्गमा नेता थापाले जतिसुकै विद्यालय भवन विस्तार भए पनि गुणस्तरीय जनशक्ति उत्पादन नभएसम्म शिक्षा लिनुको अर्थ नहुने बताउँदै गुणस्तरीय र प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।