झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २ माघ । नेपाल प्रेस युनियनले बिएण्डसी अस्पताल बिर्तामोड, झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायत जिल्लामा कार्यरत अन्य सञ्चारकर्मीलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाममा अनशनरत डा गोविन्द केसीलाई भेट्न चैतन्य मैनाली इलाम आएको बारेमा सञ्चालक प्रसाईंसँग बुझ्न खोज्दा ‘जे गर्छौ गर, तिमीहरूले गर्दा केही बिग्रिँदैन’ भनी प्रतिउत्तर दिनु प्रेसमाथिकै अपमान भएको युनियनको ठहर रहेको महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । समाचारप्रति असन्तुष्टि रहे कानूनी उपचारको बाटो हुँदाहुँदै प्रसाईंको अभिव्यक्ति सिङ्गो प्रेसमाथिको धावा हो…

Read More

भद्रपुर, २ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बलियो जनमत पाएको कमजोर सरकार र निरीह प्रतिपक्षका कारण देश र जनताले परिवर्तित राजनीतिक संरचनाबाट निराश हुनु पर्ने अवस्था आएको बताएका छन् । संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित सरकारले प्राप्त गरेको बलियो जनमतको सम्मान हुने उल्लेखनीय काम गर्न नसरकेर नेकपा सरकार कमजोर हुँदा जनता निराश भएको आरोप लगाउँदै नेता सिटौलाले भने काँग्रेसले पनि तीन तहको राज्य संयन्त्रमा पाएको प्रतिपक्षी भूमिकामा निरीहता प्रकट गर्दा परिवर्तित राजनीतिक संरचनाले देश र जनताको हित हुन नसकेको प्रष्ट पारेका हुन् । गृहनगर भद्रपुरमा रहेका नेता सिटौलाले प्रेस युनियन सम्बद्ध पत्रकारहरूसित आफ्नै निवास चन्द्रगढीमा कुराकानी…

Read More

सुर्खेत, २ माघ । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा महतले विकासको जग काङ्ग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गर्नुभयो । “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा काङ्ग्रेस थियो”, उहाँले भन्नुभयो, “काङ्ग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरीत परिस्थितिमा पनि मुलुकमा विकास भयो ।” उहाँले अगाडि भन्नुभयो, “बहुलवादमा विश्वास गर्ने पार्टी काङ्ग्रेस नै हो । समाजवादको मर्मबमोजिम पार्टी अघि बढेको छ ।” मुलुकमा पक्की, कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, रु १२ अर्ब…

Read More

३ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालककै आमा र उनी सँगै कारमा यात्रा गर्ने एक युवक छन्। २५ बर्षीय युवक एड्रिन होयर र उनकी आमा २३ बर्षीया स्टफन वाटरसन पक्राउ परेका हुन्। कारको सिटमा बसेका बालक अफ्ठेरो भएपछि चिच्चाएका थिए। सोहि कारमा सवार आमाका ब्वायफ्रेण्डले कुटपिट गरेपछि उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ। बालक रोएपछि उनले धेरै झापट हानेका थिए र बालकलाई सिटमै फालेको प्रहरी समक्ष बयान दिएका छन्। एजेन्सी

Read More

आमिर खानका भाइ फैजन खान १९ वर्षपछि फेरि चलचित्रमा कमब्याक गर्दै छन्। उनी सन् २००० मा फिल्म मेलाबाट बलिउड क्षेत्रमा प्रवेश गरेका थिए। अब उनी फैक्ट्री नामको फिल्मबाट बलिउड क्षेत्रमा कमब्याक गर्न लागेका हुन्। यस चलचित्रबाट उनी कम ब्याक मात्र गर्न लागेका हैनन् गीत पनि गाउने छन्। उनले इश्क तेरा बोलको गीत गाइरहेका छन्। एक अन्तवार्तामा कुरा गर्दै फैजलले भनेका छन्, फैक्ट्री मेरो ड्रिम प्रोजेक्ट हो। यो मेरो लागि अचम्मित गर्ने थियो की जब निर्देशक शिरीक मिनहाजले मलाई गीत गाउनु पर्यो भने। उनले यस गीतका लागि मेरो आवाज निकै सुटेबल रहेको बताएका छन्। त्यसपछि आफूले उक्त प्रस्ताव स्वीकार गरेको फैजलले…

Read More

काठमाडौँ, २ माघ । काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत शुरु गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ । यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति…

Read More

विराटनगर, २ माघ । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिनुभयो । प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदेशको राजधानी तथा नाम पनि तोकिने प्रस्ताव प्रदेशसभाको बैठकमा आउने अनुमान गरिएको छ ।

Read More

बिराटनगर, २ माघ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ८ बर्षीय बालक सहित २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो १५.१५ बजेको समयमा मोरङको केरावारी–८ चोक बजारमा उतरबाट दक्षिण तर्फ आउँदै गरेको को २ च १९३५ नम्बरको पिकअपले सोही स्थान बस्ने होम बहादुर भण्डारीको ८ बर्षीय छोरा समिर भण्डारीलाई ठक्कर दिँदा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक सुन्दरहरैचा नगरपलिका–६ का मनिष श्रेष्ठलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलवारी पठाएको उक्त कार्यालयले जनाएको छ । यसैगरी झापाको मेचीनगर नगरपालिका–७ पालिया…

Read More

ईलाम, २ माघ । ईलामको रोङ गाउँपालिका–१ बडहरेका हस्त बहादुर राईको घरमा आगलागी हुँदा ३ लाख १० हजार रुपैया बराबरको क्षति भएको छ । हिजो बिहान ७ बजे निजको घरको चुलोबाट अचानक आगलागी ‍शुरु भई टिनको छाना र खम्बाले बनेको १ तले कच्ची घर आगलागी हुँदा घर भित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाडावर्तन र नगद समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहानै पूर्ण रुपमा नियन्त्रणमा आएको छ भने आगलागीबाट कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, २ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३।३ ओभरमा पूरा ग¥यो । नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो । थाइल्याण्डलाई…

Read More